Dictionary

All Word

75951 रमणीयता ना. सुन्दरता; मनोहरपना; रमाइलोपन।
75952 रमता वि. हे. रमन्ता।
75953 रमन ना. १. सुरक्षाका निम्ति सिपाही, प्रहरीहरू राति वा जतिसुकै बेला घुम्ने काम; गस्ती लगाउने काम।
75954 रमन ना. २. गस्तीमा जाने प्रहरी।
75955 रमन्ता वि. फिरन्ता; डुलन्ता।
75956 रमरम ना. १. हल्का किसिमले हुने पिरो; अलिअलि पर्पऱ्याउने स्वाद (टिम्मुर आदिको झैँ )।
75957 रमरम ना. क्रि.वि. २. हल्का किसिमको पिरो भएर; अलिकति मात्र परपर्‍याउने किसिमले।
75958 रमरमती क्रि.वि. अझै रमरम हुने भावले।
75959 रमरमाइ ना. रमरमाउने भाव, क्रिया वा प्रक्रिया।
75960 रमरमाइनु अ.क्रि. १. रमरम पिरो हुनु; अलिअलि पिरो हुनु।
75961 रमरमाइनु अ.क्रि. २. परपऱ्याउनु।
75962 रमरमाहट ना. रमरमाइ।
75963 रमरमिता ना. रमाइलोका निम्ति आयोजना गरिएको कार्यक्रम; रमिता; रामरमिता; आमोदप्रमोद; मनोरञ्जन।
75964 रमरमिनु अ.क्रि. रमरम हुनु; रमरममा परिणत हुनु।
75965 रमरमी क्रि.वि. १. रमरमती, ना. २. रमरम।
75966 रमल ना. पासा हानेर शुभाशुभ, सफल असफल आदिको भविष्य विचार गर्ने ज्योतिषशास्त्रीय एक पद्धति।
75967 रमा ना. १. विष्णुकी शक्ति; लक्ष्मी।
75968 रमा ना. २. धर्मपत्नी; गृहिणी।
75969 रमा ना. ३. नारी; महिला।
75970 रमा ना. ४. शोभा; सुन्दरता।
75971 रमा ना. ५. धनदौलत; श्रीसम्पत्ति।
75972 रमाइ ना. १. रमाउने किसिम, क्रिया वा भाव [ राम्+आइ] २. गाईगोरु कराउने क्रिया वा प्रक्रिया।
75973 रमाइनु अ.क्रि. १. रमाउने हुनु।
75974 रमाइनु अ.क्रि. क. क्रि. २. राम्ने तुल्याइनु।
75975 रमाइलो वि. १. मनोरञ्जनपूर्ण; एकदमै रमझम भएको; रमितायुक्।
75976 रमाइलो वि. २. रमणीय; अत्यन्त मनपर्दो ना. ३. रमिता; रमझम; मनबहलाउ।
75977 रमाउनु अ.क्रि. १. रमाउने काम हुनु; खुसी र आनन्दले प्रफुल्ल हुनु।
75978 रमाउनु अ.क्रि. २. विषयवासना र स्वार्थ आदिमा मक्ख पर्नु।
75979 रमाउनु अ.क्रि. ३. गाईबस्तुका पाडाबाछाहरू खुसाउनु।
75980 रमाउनु अ.क्रि. प्रे. क्रि. ४. राम्ने पार्नु; राम्न लगाउनु।
75981 रमाना ना. १. कुनै ठाउँबाट गरिने प्रस्थान; भ्रमण वा यात्रा वि. २. हिंडेको; भ्रमणशील; प्रस्थि।
75982 रमाना पुर्जी ना. यात्राको अधिकारपत्र; रवानापुर्जी।
75983 रमापति ना. रमाका पति; लक्ष्मीपति; विष्णु।
75984 रमिता ना. मनलाई आनन्द दिई रमाउने पार्ने उत्सव आदि; रमाइलोका निम्ति हुने खेल, तमासा आदि।
75985 रमितारु / रमितालु वि. १. रमिते ना. २. रमिता हेर्न आउने व्यक्ति।
75986 रमिते वि. १. तमासा हेर्ने काममा सामेल हुने; रमिता हेर्ने।
75987 रमिते वि. ना. २. रमिताको दर्शक।
75988 रमिनु अ.क्रि. १. रमाउने हुनु।
75989 रमिनु अ.क्रि. [√ राम्+इनु] २. राम्ने हुनु।
75990 रमेज ना. ऊनलाई निलो रङमा रँगाउने एक प्राकृतिक पदार्।
75991 रम्घा ना. नेपाली साहित्यको प्राथमिककालका प्रसिद्ध भक्तिवादी कवि भानुभक्त आचार्यको जन्मस्थान; गण्डकी अञ्चलको तनहुँ जिल्लामा पर्ने एक गाउँ।
75992 रम्पर ना. अन्डरबियर छाँटको, काछदेखि स्तनसम्म छोपिने, टाँक भएको वा नभएको र पौडी खेल्दा स्त्रीहरूले लगाउने नाइलनको लुगा विशेष।
75993 रम्बाँस ना. हात्तीबार; रामबाँस।
75994 रम्भा ना. १. केराको बोट; कदली।
75995 रम्भा ना. २. शिवकी शक्ति; गौरी।
75996 रम्भा ना. ३. स्वर्गका अप्सराहरूमध्येकी एक अप्सरा।
75997 रम्भोरु वि. १.केराको थामको आकारका पुष्ट र गोरो वर्णका तिघ्रा भएकी (स्त्री)।
75998 रम्भोरु वि. ना. २. त्यस्ती तरुनी स्त्री।
75999 रम्य वि. १.अत्यन्त सुन्दर; मनोहर।
76000 रम्य वि. २. रमणीय।