Dictionary

All Word

75801 रत्नौलो ना. रत्नाउलो।
75802 रत्याइ ना. १. रतिने भाव, क्रिया वा प्रक्रिया।
75803 रत्याइ ना. [रत्याउ + आइ] २. रत्याउने भाव, क्रिया वा प्रक्रिया।
75804 रत्याइनु क.क्रि. रतिने तुल्याउनु।
75805 रत्याउनु स.क्रि. / प्रे. क्रि. रतिने तुल्याइनु; अनुरक्त पार्नु; लहस्याउनु।
75806 रत्याहट ना. रत्याइ।
75807 रत्याहा वि. १. रत्याउने।
75808 रत्याहा वि. २. रतिने।
75809 रत्यौली ना. रतेउली; रतेली।
75810 रथ ना. १. प्राचीन कालमा घोडाले तानेर हिँडाउने चारपाङ्ग्रे सवारीसाधन वा वाहन।
75811 रथ ना. २. अचेल देउ - देउताको यात्रामा प्रयोग गरिने, मान्छेबाट तानिने त्यस्तै साधन।
75812 रथ ना. ३. झाँकी आदिमा हिँडाउनका लागि सिँगारेर घर वा मन्दिरजस्तो रूपमा परिणत गरिएको मोटर, ट्रक आदि।
75813 रथ ना. ४. अचेलका आधुनिक वाहनमध्ये गोरुगाडा, बग्गी, टाँगा आदि।
75814 रथ ना. ५. शरीर; देह।
75815 रथ ना. ६. गोडा; खुट्टा।
75816 रथधूली ना. १. रथ, टाँगा, एक्का आदिका पाङ्ग्राले उडाएको धुलाको कण।
75817 रथधूली ना. २. परमाणुको आठ गुना बराबरको नापो।
75818 रथयात्रा ना. देवदेवीका प्रतिमा वा मान्य व्यक्तिलाई रथमा राखी टोल, नगर वा निर्दिष्ट ठाउँमा घुमाई मनाइने उत्सव।
75819 रथवान् ना. रथचालक।
75820 रथाङ्ग ना. १. रथ, मोटर गाडा, एक्का आदि यानसाधनको चक्का;पाङ्ग्रो।
75821 रथाङ्ग ना. २. चक्र।
75822 रथाङ्ग ना. ३. चक्रवाक पक्षी; चखेवा (जस्तै- चखेवाचखेवीका जोडी रथाङ्गदम्पती हुन् )।
75823 रथी वि. १. रथमा चढ्ने; रथारोही।
75824 रथी वि. ना. २. युद्धमा ठुलो वीरताको प्रदर्शन गर्ने वीर; योद्धा।
75825 रथी वि. ३ . लेफ्टनेन्ट जनरल।
75826 रथोद्धता ना. छन्दशास्त्रका लक्षणअनुसार प्रत्येक चरणमा क्रमशः रगण, नगण, रगण र लघु तथा गुरु मात्रा हुने, एधार अक्षरको एक वार्णिक छन्द।
75827 रथ्या ना. यान चल्न सक्ने सडक;मोटर दोहोरो आवतजावत गर्न सक्ने बाटो; राजमार्ग।
75828 रद ना. १. दन्त; दाँ।
75829 रद ना. २. ज्योतिषशास्त्रमा ३२ को अङ्कलाई बुझाउने शब्द।
75830 रदच्छद ना. दाँतबाहिर आवरणका रूपमा रहने अङ्ग; ओष्ठ; ओठ।
75831 रदपट ना. ओठ; रदच्छद।
75832 रदलबदल ना. कसैलाई पूरै रद्द गर्ने र कसैलाई केही परिवर्तन गरी मिलाउने काम; केही हेरफेरका साथ मिलाउने काम; अदलबदल।
75833 रद्द वि. १. आनन्द वा खुसीले मस्त; उन्मादले मत्त; मुग्ध; मक्ख।
75834 रद्द वि. २. प्रसन्न; हर्षित;प्रफुल्ल।
75835 रद्द वि. ३. अनुरक्त; आसक्।
75836 रद्द वि. ४. आश्चर्यले युक्त भएको; विस्मित; चकि।
75837 रद्द वि. १. बिकम्मा; काम नलाग्ने।
75838 रद्द वि. २. खारेज गरिएको।
75839 रद्द वि. ना.३. खारिज गर्ने काम; डिसमिस; खारेजी।
75840 रद्दी वि. काम नदिने अवस्थाक; बिकामे; गएगुज्रेको।
75841 रद्दीको टोकरी ना. घर, कार्यालय वा कतै पनि फोहोरमैला जतासुकै नछरियोस् र एकै ठाउँमा जम्मा होस् भनी राखिएको, बेत, बाँस, टिन आदिको टोकरी; काम नलाग्ने कागत तथा कसिङ्गर हाल्ने टोकरी।
75842 रनक ना. १. कुनै कुरा वा कारणबाट मनमा उठ्ने उत्तेजना; रिस, झोक; झ्वाँक; झनक।
75843 रनक ना. २. सनक।
75844 रनक ना. ३. रन्को; रन्काइ।
75845 रनक्क क्रि.वि. १. एकैपल्ट उत्तेजनामा पुगेर रिसाउने गरी; रिसले रन्किने, सन्किने वा झन्किने गरी; झनक्क।
75846 रनक्क क्रि.वि. २. तात्ने किसिमले;निकै जोसिएर।
75847 रनध्वाँक वि. १. बडेमाको; अजङको;घ्वाँके।
75848 रनध्वाँक वि. २. हलक्क बढेर मोटाएको।
75849 रनबन क्रि.वि. वनैभरि; सारा जङ्गलमा।
75850 रनभुल्ल ना. १. के कसो गर्ने भन्ने निर्णय लिन नसकी रल्लिएर भुलभुलैयामा पर्ने स्थिति।