Dictionary

All Word

75651 रज्जुमार्ग ना. २. ट्रलीसेवाको गाडी हिँड्ने बाटो।
75652 रञ्जक वि. १. रङसम्बन्धी काम गर्ने; रँगाउने; रङरोगन लगाउने।
75653 रञ्जक वि. २. मनोरञ्जनको काम गर्ने मन बहलाउने।
75654 रञ्जक वि. ना. ३. रङरोगनको काम गर्ने; शिल्पी ; छिपा।
75655 रञ्जक वि. ४. रँगाउने गुण भएको वस्तु; रङ।
75656 रञ्जक वि. ५. रातो चन्दन; रक्त चन्दन।
75657 रञ्जक वि. ६. सिँदुर।
75658 रञ्जक वि. ७. माहुर; हातपाउमा लगाउने रङ; मेहँदी।
75659 रञ्जन ना. १. रँगाउने काम; रङरोगन गर्ने काम।
75660 रञ्जन ना. २. खुसी तुल्याउने काम; मन बहलाउने काम।
75661 रञ्जन ना. ३. रातो चन्दन; रक्त चन्दन।
75662 रञ्जना ना. १. रञ्जन गराउने स्त्री।
75663 रञ्जना ना. २. रञ्जनाशैलीको एक प्राचीन लिपि; रञ्जनालिपि ( नेपालमा बाह्रौँदेखि पन्ध्रौँ शताब्दीसम्म प्रचलित)।
75664 रञ्जनी ना. १. हलेदो।
75665 रञ्जनी ना. २. पान।
75666 रञ्जनी ना. ३. नागबेली; नागवल्ली।
75667 रञ्जनीय वि. १. आनन्ददायी; आनन्द दिने खालको।
75668 रञ्जनीय वि. २. रँगाउन लायक।
75669 रञ्जित वि. १. प्रसन्न; आनन्दि।
75670 रञ्जित वि. २. बढाई-चढाई बोलेको।
75671 रञ्जित वि. ३. रङ लगाइएको।
75672 रञ्जितकार ना. सेतो कपडामा ढाका आदिको छिपाइको काम गर्ने नेवारजातिको एक भेद।
75673 रट्नु स.क्रि. १. पाठ, मन्त्र आदि कण्ठस्थ पार्ने उद्देश्यले घोक्नु; कण्ठ हुने गरी पढ्नु।
75674 रट्नु स.क्रि. २. कुनै कुरो बारबार आवृत्ति गर्नु; धेरै बाजि भनिरहनु।
75675 रट्नु स.क्रि. ३. अभ्यास गर्नु; चिन्तनमननमा तल्लीन हुनु।
75676 रटन ना. रट्ने काम; रटाइ।
75677 रटना ना. १. कुनै शब्द, वाक्य वा पाठलाई एकदमै घोक्ने काम;कण्ठस्थ गराउने उद्देश्यले रटिरहने काम।
75678 रटना ना. २. एउटै कुरो दोहोऱ्याई-तेहऱ्याई उच्चारण गरिरहने काम।
75679 रटना ना. ३. एकाग्र ध्यान; एकोहोरो लगन।
75680 रटना ना. ४. फिक्री ; चिन्ता।
75681 रटन्त ना. १. रट्ने काम; रटाइ; रटना।
75682 रटन्त ना. वि. २. रट्ने बानी भएको; रटुवा।
75683 रटन्ताम् ना. १. रटिरहने काम; बारम्बार घोकिरहने काम; घोकन्ताम्।
75684 रटन्ताम् ना. वि. २. रटुवा; घोकुवा।
75685 रटन्ते वि. १. खुब रट्ने वा घोक्ने; घोकन्ते।
75686 रटन्ते वि. २. खुब घुम्नुपर्ने; फिरन्ते।
75687 रटाइ ना. रट्ने भाव, क्रिया वा प्रक्रिया।
75688 रटाइनु क.क्रि. रट्ने काम गराइनु; रट्न लाइनु।
75689 रटाउनु प्रे.क्रि. रट्न लाउनु; रट्ने काम गराउनु।
75690 रटिनु क.क्रि. रट्ने काम गरिनु; घोकिनु।
75691 रड ना. घर आदि बनाउन प्रयोगमा ल्याइने फलामको डन्डी; छड।
75692 रडाको ना. १. परस्परमा हुने झैझगडा; वैमनस्य; भैझमेला।
75693 रडाको ना. २. ठुलो हुलदङ्गा; होहल्ला; राडो।
75694 रडी ना. १. अड्डी लिने काम; धृष्टता।
75695 रडी ना. २. झगडा गर्ने काम; रोऱ्याइँ।
75696 रड्कनु अ.क्रि. १. टेकेको वा भर गरेको ठाउँबाट खुट्टा, हात आदि कुनै अङ्ग खुस्किन; चिप्लिनु।
75697 रड्कनु अ.क्रि. २. ठिक समय र ठाउँमा बुद्धि नपुग्नाले काम बिग्रनु; चुक्नु; भुल्नु।
75698 रड्कनु अ.क्रि. ३. पतन हुनु; च्युत हुनु।
75699 रड्काइ ना. रड्किने भाव, क्रिया वा प्रक्रिया।
75700 रड्काइनु क.क्रि. रड्कने काम गराइनु; रड्कने पारिनु।