Dictionary

All Word

75551 रचनी ना. राम्रो डालको; दुधालु र साधु आनीबानी भएको गाई।
75552 रचयिता वि. १. रचना गर्ने; रचनाकार; निर्माता।
75553 रचयिता वि. ना. २. लेख वा ग्रन्थ तयार गर्ने व्यक्ति; ग्रन्थकार।
75554 रचाइ ना. रच्ने वा निर्माण गर्ने भाव, क्रिया वा प्रक्रिया।
75555 रचाइनु क.क्रि. रच्ने काम गराइनु; निर्माण गराइनु।
75556 रचाउनु प्रे.क्रि. रच्ने काम गराउनु; निर्माण गर्न लगाउनु।
75557 रचित वि. निर्माण गरिएको; रचना गरिएको; निर्मि।
75558 रचिनु क.क्रि. रच्ने काम गरिनु; निर्माण गरिनु।
75559 रछान ना. १. घरनजिकै फोहोरमैला फ्याँक्न बनाइएको मलखाल्डो; रछानघुरान; जुठेल्नु।
75560 रछान ना. २. फोहोर जाने नाली; नाल।
75561 रछाने वि. १. रछान जस्तै फोहोरमैला भएको; अत्यन्त दुर्गन्धि।
75562 रछाने वि. ना. २. फोहोरमैलाबाट उछ्रने खटिरो; फोहोर खटिरो।
75563 रछाने खटिरो ना. फोहोरका कारणबाट जिउमा निस्कने खटिरो; फोहोर खटिरो।
75564 रछायाँ/रछायो वि. १. धुस्रोफुस्रो देखिने खालको रातो; खैरोमा रातो मिसिएको।
75565 रछायाँ/रछायो वि. ना. २. त्यस्तो रङ।
75566 रज ना. १. नारीहरू रजस्वला हुँदा निस्कने रगत; ऋतु।
75567 रज ना. २. फूलमा हुने केशर;पुष्पराग; पुष्पपराग।
75568 रज ना. ३. धुलो; छारो।
75569 रज ना. ४. सत्त्व, रज, तममध्ये सिर्जनाशक्तिको मुहान मानिने गुण; जोगुण।
75570 रजक ना. धोबी।
75571 रजगज ना. १. ठाँटबाँट; तडकभडक।
75572 रजगज ना. २. मोजमज्जा; ढलीमली; ठसमस।
75573 रजगज ना. ३. रजाइँ ;सुखसयल।
75574 रजत ना. १. चाँदी, धातुको एक जाति।
75575 रजत ना. २. सेतो रङ।
75576 रजत ना. वि. ३. सेतो; शुभ्र वर्णको; सुकिलो।
75577 रजत जयन्ती ना. संस्था, उद्योग, व्यक्ति, ऐतिहासिक घटना आदि पच्चिसौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने उत्सव।
75578 रजतमय वि. १. चाँदीबाट बनेको; चाँदी चाँदी भएको; चाँदीले ढाकिएको।
75579 रजतमय वि. २. सेतो; शुभ्र वर्णको।
75580 रजनी ना. १. सूर्यास्तपछिको सन्ध्याबाट सुरु भई सूर्योदयपूर्वको उषासम्मको समय; रात्रि; रा।
75581 रजनी ना. २. निलो रङ बनाउने काममा आउने एक जातको वृक्ष।
75582 रजनी ना. ३. हलेदो।
75583 रजनीकर ना. १. चन्द्रमा।
75584 रजनीकर ना. २. कपुर।
75585 रजनीगन्धा ना. रातमा मगमग बास्ना चल्ने एक फूलको जात; हसिना।
75586 रजनीमुख ना. रातको मुख वा आरम्भबिन्दु; साँझ।
75587 रजनीरमण ना. रातमा हिँडडुल गर्ने ग्रह; चन्द्रमा।
75588 रजपुत ना. १. राजामहाराजाका सन्तान; राजाका छोरानाति; राजाको वंशपरम्परा।
75589 रजपुत ना. २. क्षत्रियहरूको कुलघरान एवं उच्चता जाहेर गर्ने वंशलाई बुझाउने संज्ञा।
75590 रजपुत ना. ३. भारतको राजपुताना प्रान्तका क्षत्रिय वंश; राजपूतखलक; भारतीय ठकुरी।
75591 रजबन्धकी वि. राजा वा राज्यले बन्धक राखेको; सरकारबाट बन्धक वा धितोमा परेको।
75592 रजबाधा ना. राज्य वा सरकारले ऋण लिएबापत धितो राखेको जमिन वा वस्तु; सरकारले धरौटी राखेको वस्तु।
75593 रजबाम ना. टाउको ठुलो हुने एक खालको बाम माछो; ठुलो बाम माछाको एक जा।
75594 रजबार ना. १. सानातिना राज्यको राजा; बाइसे- चौबिसेजस्ता राज्यका राजा; रजौटा।
75595 रजबार ना. २. राजघराना; राजखानदान।
75596 रजबार ना. ३. रजबाडा।
75597 रजवती ना. रजोवती।
75598 रजवाडा ना. १. सानोतिनो क्षेत्र वा अधिकार भएको राजा; रजौटो।
75599 रजवाडा ना. २. राजाका अधीनका सानातिना राज्य; करद राज्य; उपराज्य।
75600 रजस्थल ना. १. रजस्राव हुने स्थल, नारीको मासिक धर्ममा रगत निस्कने ठाउँ; पाठेघर।