Dictionary

All Word

75701 रड्काउनु स.क्रि. / प्रे.क्रि. १. रड्कन लाउनु; रड्कने काम गराउनु।
75702 रड्काउनु स.क्रि. / प्रे.क्रि. २. कलमलाई दुरुपयोग गरी केही गलत रकम लिखतमा चढाउनु।
75703 रड्किनु अ.क्रि. रड्कनु।
75704 रड्को ना. रड्कने काम; चिप्लिने वा चुक्ने काम; रड्काइ।
75705 रड्क्याइ ना. रड्किने भाव, क्रिया वा प्रक्रिया।
75706 रण ना. परस्परमा पक्षविपक्ष भई गरिने लडाइँ; युद्ध; सङ्ग्राम।
75707 रणक्षेत्र ना. १. लडाइँको ठाउँ; विवाद उठ्नाले लडाइँ परेको ठाउँ।
75708 रणक्षेत्र ना. २. युद्धभूमि; रण छेडिएको भूमि।
75709 रणघ्वाँक वि. साधारण सीमाभन्दा ठुलो; अजङको; बडेमाको; रनघ्वाँक; घ्वाँक।
75710 रणचण्डी ना. १. रणक्षेत्रकी देवी; रणक्षेत्रको रगत पिएर मत्त हुने देवी; उग्रचण्डी।
75711 रणचण्डी ना. वि. २. पूरै रिसाएकी (स्त्री)।
75712 रणजित मल्ल ना. एकीकरणभन्दा पहिलेका भक्तपुरे राजाहरूमध्ये सबैभन्दा पछिल्लाचाहिँ राजा।
75713 रणझोक ना. ठुलो झोक; कडा खालको रिस; तातो रिस।
75714 रणत्कार ना. धनुको ताँदो फट्कार्दा झनझनाएर आउने आवाज; झणत्कार।
75715 रणधीर वि. युद्ध गर्नुपरेको बेलाको धीर।
75716 रणन ना. १. कुनै सुमधुर ध्वनियुक्त गीत; सङ्गीत आदिको नाद वा तरङ्ग।
75717 रणन ना. २. बाजा आदि बज्दाको ध्वनि; रन्को।
75718 रणनाद ना. रणक्षेत्रमा उत्तेजित वीरहरू कराउँदाको गर्जना ; रणध्वनि।
75719 रणबहादुर शाह ना. पृथ्वीनारायण शाहका नाति, प्रतापसिंह शाहका छोरा र गीर्वाणयुद्धका पिता शाहवंशका तेसा राजा श्री ५ रणबहादुर शाह; स्वामी महाराज; निर्वाणानन्द।
75720 रणभूमि ना. युद्ध भएको ठाउँ; लडाइँको मैदान; युद्धस्थल; युद्धभूमि।
75721 रणलक्ष्मी ना. युद्धकी अधिष्ठात्री देवी; विजयलक्ष्मी।
75722 रणवीर/रणशूर ना. वीरतापूर्वक युद्ध गर्ने योद्धा; लडाइँमा साहसपूर्वक लड्ने जवान; युद्धवीर।
75723 रणसङ्ग्राम ना. १. परस्परका दुई शक्तिका बिचमा चलेको युद्ध; लडाइँ।
75724 रणसङ्ग्राम ना. २. घम्साघम्सी; मारामार।
75725 रणसङ्ग्राम ना. ३. ठुलो झगडा।
75726 रणस्तम्भ ना. युद्धमा जितेबापत जित्ने पक्षले उभ्याएको ढुङ्गा;धातुको खाँबो; विजयस्तम्भ; विजयखम्बा।
75727 रणस्थल ना. युद्धको मैदान; लडाइँको अखडा; युद्धक्षेत्र।
75728 रणाङ्गण ना. युद्धभूमि; रणस्थल।
75729 रण्डी ना. लोग्ने मरेकी आइमाई; विधवा; राँडी।
75730 रत वि. १. कुनै विषय वा काममा एकोहोरो किसिमले लागेको; अनुरक्त; आसक्।
75731 रत वि. २. दिलदेखि नै लागेको; तल्लीन भएको; दत्तचित्त; लिप्।
75732 रत वि. ना. ३. एकअर्कामा हुने आकर्षण; प्रेम।
75733 रत वि. ४. रतिक्रीडा; स्त्रीसमागम; मैथुनकार्य।
75734 रतङ्गे ना. सागपात, बोटबिरुवा आदिका पात, डाँठ आदिमा रातो भएर लाग्ने एक प्रकारको रोग; राँके;राते।
75735 रतन ना. रत्न।
75736 रतनजोत ना. सैजन वृक्ष; शोभाञ्जन।
75737 रतननाथ ना. १. सिद्ध गोरखनाथका एक प्रसिद्ध सिद्ध वा योगी।
75738 रतननाथ ना. २. दाङको चौघेरामा रहेको तिनैको मठ।
75739 रतन्धे वि. रात परेपछि आकाशका तारासमेत नदेख्ने गरी अन्धो हुने रोग लागेको; रतौँधीको रोगी।
75740 रतन्धो ना. १. राती आँखा अन्धो हुने रोग; रतौँधी।
75741 रतन्धो ना. वि. २. रातीको अन्धो (व्यक्ति)।
75742 रतिनु अ.क्रि. १. कुनै विषय वा व्यक्तिसित झ्याम्मिनुः लहसिनु।
75743 रतिनु अ.क्रि. २. प्रेममा फँस्नु; अनुरक्त हुनु।
75744 रतिनु अ.क्रि. ३. कसैका वशमा बस्न रमाउनु; सधिनु।
75745 रतिनु अ.क्रि. ४. कसैसित आत्मीय हुनु।
75746 रति ना. १. शिवका नेत्रबाट उत्पन्न अग्निले नष्ट भएका मदन वा कामदेवकी अर्धाङ्गिनी; पुराण आदिमा वर्णित मदनकी पत्नी।
75747 रति ना. २. मैथुन; सम्भोग।
75748 रति ना. ३. प्रेम; प्रीति।
75749 रति ना. ४. रससिद्धान्तअनुसार शृङ्गाररसको स्थायीभाव।
75750 रति ना. ५. आकर्षण; झुकाउ।