Dictionary

All Word

75601 रजस्थल ना. २. रगत निस्कने ठाउँ; घाउ।
75602 रजस्थल ना. ३. फूलको केशर रहने ठाउँ; पुष्पपराग बन्ने ठाउँ।
75603 रजस्थल ना. राजदरबार रहेको ठाउँ।
75604 रजस्वला ना. १. नारी तरुनी भएपछि प्रत्येक महिनामा पर सर्ने काम; ऋतुधर्म; मासिक धर्म।
75605 रजस्वला ना. २. पर सरेकी आइमाई; रजस्राव भएकी स्त्री; नछुने।
75606 रजस्वला ना. ३. गर्भधारण गर्ने तत्त्वले युक्त भएकी आइमाई; उमेर पुगेकी नारी।
75607 रजहाँस ना. सेतो रङ, लामो घिच्रो र अग्ला खुट्टा भएको हाँस; राजहाँस।
75608 रजाइँ ना. १. राज्य गर्ने काम; राज्यको शासन वा सञ्चालन।
75609 रजाइँ ना. २. अख्तियारको एकलौटी उपयोग; रजगज ; हैकम।
75610 रजाइँ ना. ३. मैमत्तापन; ढलीमली; ठसमस।
75611 रजाइँ ना. ४. सहीसही - बिसहीबिसही।
75612 रजिया ना. भरेर हिसाब निकाल्नुपर्ने वस्तुको चार माना बराबरको नापो; नाली।
75613 रजिस्टर ना. १. सिलसिला मिल्ने हिसाबले कुनै नगद वा जिन्सीको आयव्ययको लगत दर्ता गर्ने पुस्तक वा खाता।
75614 रजिस्टर ना. २. आएगएका पत्र, वस्तु आदिको विवरण उल्लेख गर्ने पुस्तिका; दर्ता वा चलानी कापी।
75615 रजिस्टर ना. ३. विद्यार्थी, कर्मचारी, मजदुर आदिको उपस्थिति जनाउने खाता ; हाजिरकापी।
75616 रजिस्टरी ना. १. कानुनमा उल्लेख भएअनुसारको रित पूरा गरी सरकारी तहमा दर्ता गर्ने काम; जग्गा, उद्योग वा कुनै वस्तु विधिपूर्वक सरकारी कार्यालयको प्रतिज्ञापत्र भरी दर्ता गर्ने काम।
75617 रजिस्टरी ना. २. जुनसुकै वस्तुको लगतविवरण रजिस्टरमा दर्ता गर्ने काम।
75618 रजिस्टरी ना. ३. हुलाक नियमअनुसार अतिरिक्त शुल्क तिरी एक ठाउँबाट अर्को ठाउँमा चिठीपत्र, सामानको पार्सल आदि पठाउने काम।
75619 रजिस्टरी ना. ४. हुलाकमहसुल दरमा छुट सुविधा मिल्ने गरी दर्ता गरिएका चिठीपत्र, पुस्तकपत्रिका, पुलिन्दा, सङ्घसंस्थाका बुलेटिन आदि।
75620 रजिस्टरी ना. वि. ५. रजिस्टरमा दर्ता गरिएको; रजिस्टरमा जनाइएको।
75621 रजिस्टर्ड वि. १. रजिस्टरी भएको; दर्ता गरिएको।
75622 रजिस्टर्ड वि. २. दर्तावाल।
75623 रजिस्टर्ड एजेन्ट ना. कुनै कार्यालय, उद्योग, वाणिज्य आदि संस्थाको प्रतिनिधिका रूपमा दर्ता भएको व्यक्ति वा संस्था।
75624 रजिस्टर्ड बुक ना. दर्ता गरिएको किताब; दर्ताको अभिलेख राख्ने गरेको खाता; दर्ता जनाएको कापी; दर्तापुस्तक; दर्ताबही।
75625 रजिस्टर्ड संस्था ना. सङ्घसंस्था गठन गर्ने ऐनको नियमअनुसार प्रमाणित एवं दर्ता भएको संस्था; सरकारबाट मान्यता प्राप्त भएको र कानुनी तहबाट मान्य भएको संस्था।
75626 रजिस्टार ना. १. विश्वविद्यालयको गठनमा प्रशासनिक उच्चतहको पदमा रही सचिवले गर्ने प्रकारका सम्पूर्ण प्रशासनिक काम गर्नेगराउने अधिकारी; कुलसचिव; प्रस्तोता।
75627 रजिस्टार ना. २. नगरसभा, गृहमन्त्रालय, उच्च अदालत आदि संस्थाको प्रशासनिक कार्य रेखदेख गर्ने सचिवसरहको पदाधिकारी।
75628 रजिस्ट्रेसन ना. जग्गा, घर, सङ्घ-संस्था, उद्योग, प्रकाशन आदिलाई कानुनी तहबाट दर्ता गर्ने काम।
75629 रजिस्ट्रेसन ना. २. कुनै वस्तुको लगत दर्ता गरी विवरणको अभिलेख राख्ने काम।
75630 रजिस्ट्रेसन अड्डा ना. घरजग्गा, उद्योग, सङ्घसंस्था, हातहतियार आदिको लेनदेन गर्दा नामसारी गर्ने र दाखिलखारेजको अभिलेख दुरुस्त राख्ने अड्डा; पास अड्डा।
75631 रजैया वि. १. सरकारसित सरोकार भएको; सरकारी सम्बन्ध भएको; सरकारी।
75632 रजैया वि. २. राजाको; राजासित सम्बन्धि।
75633 रजैया सडक ना. सवारीका सबै प्रकारका साधन आवतजावत गर्न सक्ने फराकिलो सडक; राजपथ; राजमार्ग।
75634 रजोगुण ना. मनमा काम, प्रेम, स्नेह, मोह, राग, चञ्चलता आदि उत्पन्न गराउने एक गुण; सत्त्व, रज र तममध्ये सृष्टिसँग सम्बन्धित एक गुण।
75635 रजोगुणी वि. १. रजोगुणले युक्त; रजोगुण भएको।
75636 रजोगुणी वि. २. रजोगुणसम्बन्धी।
75637 रजोदर्शन ना. १. नारीको रजस्वलाको प्रथम उदय।
75638 रजोदर्शन ना. २. योनिद्वारबाट प्रत्येक महिना हुने रजको निर्गमन।
75639 रजोधर्म ना. नारीको नछुने हुने स्वाभाविक गुण; रजोदर्शन; नछुने।
75640 रजोवती वि. रजस्वला भएकी; पर सरेकी; नछुने भएकी,टक्रिएकी; पन्छिएकी (स्त्री)।
75641 रजोहीनता ना. १. मासिक धर्मबाट भएको निवृत्ति; रजस्वला हुन छोडेपछिको अवस्था।
75642 रजोहीनता ना. २. गर्भधारणका निम्ति अनुकूल रजस्वला हुने गुणको अभाव।
75643 रजोहीनता ना. ३. नारीको बाँझोपन।
75644 रजौटे वि . रजौटासम्बन्धी; रजौटाको।
75645 रजौटो ना. सानातिना क्षेत्रको राज्यसञ्चालन गर्ने राजा; रजबार।
75646 रज्जु ना. १. डोरी।
75647 रज्जु ना. २. घोडाको मुखमा लगाउने डोरी; लगामडोरी।
75648 रज्जु ना. ३. नियन्त्रण गर्ने सम्पूर्ण अधिकार; बागडोर।
75649 रज्जु ना. ४. वास्तु तथा मूर्तिकलामा चौसट्ठी हात लम्बाइको नापोलाई बुझाउने शब्द।
75650 रज्जुमार्ग ना. १. बिजुलीबाट चल्ने डोरी वा तारको बाटो;रोपलाइन; घिर्लिङ।