Dictionary

All Word

75501 रङ्गभेद नीति ना. रङ्गभेदका आधारमा गरिने पक्षपातपूर्ण नियम;काला र गोराका आधारमा गरिने भेदभावको नीति।
75502 रङ्गमञ्च ना. नाचगानको प्रदर्शन गरिने, नाटक अभिनय गरिने, खेलकुद आदिको आयोजना गरिने मञ्च; रङ्गशाला।
75503 रङ्गमञ्चन ना. खेलकुद, नाटक, नाचगान आदि प्रस्तुत गर्ने काम;रङ्गशालामा कुनै पनि कार्यक्रम प्रदर्शन गर्ने काम।
75504 रङ्गमण्डप ना. रङ्गभूमि।
75505 रङ्गमन्डली ना. रङ्गशालामा उपस्थित भएर कार्यक्रम प्रस्तुत गर्ने जमात; नाटक, खेलकुद आदिका सहयोगी र सहभागीसमेत मिलेर बनेको समूह; कलाकारहरूको डफ्फा (ट्रुप)।
75506 रङ्गमहल ना. १. राजामहाराजाका दरबार; राजप्रासाद; राजदरबार।
75507 रङ्गमहल ना. २. भोगविलास र मोजमज्जा गर्ने घर; विलासको व्यवस्था मिलाएको भवन।
75508 रङ्गमहल ना. ३. अन्तपुर; दरबारका चौगिर्दाभित्रको ठाउँ।
75509 रङ्गमहल ना. ४. रङ्गशाला; रङ्गगृह।
75510 रङ्गरस ना. १. आमोदप्रमोदको प्रसङ्ग; आनन्दोत्सव; मोजमजा।
75511 रङ्गरस ना. २. हास्यव्यङ्ग्य; रसरङ्ग।
75512 रङ्गरुट ना. हे. रँगरुट।
75513 रङ्गवाद ना. वर्णवादी नीति; रङ्गभेदनीति।
75514 रङ्गवादी वि. रङ्गवादको अनुयायी।
75515 रङ्गशाला ना. नाटक, नाचगान, खेलकुद आदि कार्यको प्रदर्शन गरिने ठाउँ; रङ्गमञ्च; रङ्गभूमि।
75516 रङ्गाइ ना. रँगाइ।
75517 रङ्गाइनु क.क्रि. रँगाइनु।
75518 रङ्गाउनु स.क्रि. / प्रे.क्रि. रँगाउनु।
75519 रङ्गाधिवेता ना. भरतको नाट्यशास्त्रअनुसार नाटक प्रदर्शन गरिने मञ्चमा मङ्गलपूर्वक नाटकको प्रदर्शन हुन सकोस् भन्ने उद्देश्यले पूजा गरिने देवदेवता।
75520 रङ्गिनु अ.क्रि. १. रङ लागेको हुनु; रङ्गिन बन्नु।
75521 रङ्गिनु अ.क्रि. २. रङद्वारा प्रभावित हुनु।
75522 रङ्गिनु अ.क्रि. ३. लसपस भएर आफू पनि अर्को जस्तै हुनु।
75523 रङ्गित वि. रङमा रङ्गिएको; रङ्गीबिरङ्गी भएको।
75524 रङ्गित ना. सिक्किम र दार्जिलिङको सीमा निर्धारण गर्ने नदी; टिस्टा नदीको एक सहायक नदी।
75525 रङ्गिन वि. रँगाइएको; रङ लागेको; रङगीचङ्गी ; रङबिरङ।
75526 रङ्गिलो वि. १. उज्जर रङ भएको; उत्ताउलो रङ भएको; चर्को रङको।
75527 रङ्गिलो वि. २. हँसिलो किसिमको; पुक्खली।
75528 रङ्गी वि. १. रङदार; रङवाला; रङ्गिन।
75529 रङ्गी वि. २. व्यसनी;मोजमज्जा गर्ने, आमोदप्रमोद गर्ने।
75530 रङ्गी वि. ना ३. रङ्गमञ्चको कलाकार।
75531 रङ्गीचङ्गी वि. अनेक किसिमका रङ्गहरू मिश्रित भएको; रङ्गीबिरङ्गी; झिलिमिली।
75532 रङ्गीबिरङ्गी वि. नाना रङद्वारा सिँगारिएको।
75533 रङ्गोपजीवी वि. १. रङ्गजीवी; रङगजीवक; रङ्गी।
75534 रङ्गोपजीवी वि. २. ना. अभिनेता; रङ्गमञ्चको कलाकार।
75535 रङ्रुट ना. हे. रँगरुट।
75536 रच्नु स.क्रि. १. रचना गर्नु; बनाउनु; निर्माण गर्नु।
75537 रच्नु स.क्रि. २. कल्पना गर्नु; उप्जाउनु; कथन गर्नु।
75538 रच्नु स.क्रि. ३. सजाएर पस्कनु।
75539 रचन ना. रचना; निर्माण; गढाइ।
75540 रचना ना. १. बनाउने काम; निर्माण गर्ने काम।
75541 रचना ना. २. बनाउने कुशलता वा प्रविधि; निर्माणकला।
75542 रचना ना. ३. निर्माण भएको वास्तु, मूर्ति, ग्रन्थ आदि।
75543 रचना ना. ४. कल्पना; तर्जुमा; अजमाइस।
75544 रचना ना. ५. व्यवस्था; प्रबन्ध।
75545 रचना ना. ६. फूल, खरानी, हलेदो आदि मिलाई पिसेर बनाइएको, टीका लगाउने काममा प्रयोग गरिने रातो धुलो; रोरी; रोचना।
75546 रचनाकार वि. १. रचना गर्ने; सर्जक।
75547 रचनाकार वि. ना. २. रचयिता; रचना गर्ने व्यक्ति।
75548 रचनात्मक वि. १. कुनै प्रकारको रचना वा निर्माणमा मौलिकता थपिएको; सृजनात्मक; निर्माणात्मक।
75549 रचनात्मक वि. २. कुनै देश वा समाजको उन्नतिमा सहायक हुने;सृजनामूलक।
75550 रचनात्मकता ना. रचनात्मक हुने भाव, गुण वा विशेषता।