Dictionary

All Word

75351 रखालो ना. २. रुङ्ने मान्छे; कुरुवा।
75352 रखुवा वि. १. राखेको; स्थापना गरेको।
75353 रखुवा वि. २. रखवाला; धरालोको काम गर्ने।
75354 रखुवा वि. ना. ३. कुरुवा काम गर्ने व्यक्ति; पाले।
75355 रखेल्नी/रखौटी वि. १. गुप्त रूपले यौन सम्पर्क राखेर ल्याइएकी; ल्याइते।
75356 रखेल्नी/रखौटी वि. ना. २. बिहे नगरी त्यसै ल्याइएकी स्वास्नी।
75357 रखौटे वि. १. गुप्त रूपले सम्बन्ध राखेको (नाठो,लोग्ने )।
75358 रखौटे वि. २. ल्याइते; रखौटी ( स्वास्नी)।
75359 रखौटे वि. ना. ३. दलाल; अह्रौटे; नोकर।
75360 रग ना. ऊनीको ओढ्ने कपडा; सिरकको सट्टा ओढिने बाक्लो वस्त्र; कम्बल।
75361 रगड्नु स.क्रि. १. कुनै वस्तुलाई केही साधनमा प्रशस्त घोट्नु; घिसोटेर दल्नु; रगेड्नु।
75362 रगड्नु स.क्रि. २. खल,सिलौटो, जाँतो आदिमा हालेर खुब पिँध्नु; खल गर्नु।
75363 रगड्नु स.क्रि. ३. काममा बेसरी जोत्नु; रगेड्नु।
75364 रगड ना. रगड्ने क्रिया वा प्रक्रिया।
75365 रगडा ना. १. परस्परको झैझमेला; झगडा।
75366 रगडा ना. २. कामको लठिबज्र; सँभालिनसक्नु अवस्था; लठारो; चटारो।
75367 रगडा ना. ३. सङ्घर्ष; द्वन्द्व।
75368 रगडाइ ना. रगड्ने वा घोट्ने क्रिया वा प्रक्रिया।
75369 रगडाइनु क.क्रि. १. रगड्न वा घोट्न लाइनु।
75370 रगडाइनु क.क्रि. २. काममा जोताइनु।
75371 रगडाउनु प्रे.क्रि. १. रगड्ने काम गराउनु; रगड्न लाउनु।
75372 रगडाउनु प्रे.क्रि. २. काममा खुब जोताउनु; धेरै काम गराउनु।
75373 रगडाहट ना. रगड्ने भाव, स्थिति वा क्रिया-प्रक्रिया, रगडाइ।
75374 रगण ना. वार्णिक छन्दको नियमअनुसार माझमा लघुमात्रा र दायाँबायाँ गुरुमात्रा हुँदा पर्ने एक गण; SIS चिह्नद्वारा चिनिने गण।
75375 रगत ना. शरीरमा सिर्जना भएर खास प्रकारका सानाठुला नलीमार्फत सारा अङ्गमा चलायमान भएर दौडिरहने र मुटुमार्फत बेगिलो भइरहने रातो रङको तरल पदार्थ; रक्त; रुधिर।
75376 रगतको नाता ना. बाबुआमा र छोराछोरीको वा सहोदरको साहिनु।
75377 रगतपच्छे ना. १. कुटपिट आदिबाट चोट लागी शरीरबाट रगत झर्ने काम; रक्तपा।
75378 रगतपच्छे ना. २. युद्ध; लडाइँ; मारामार।
75379 रगतपच्छे ना. वि. ३. रक्ताम्मे।
75380 रगतमासी ना. पेटमा रोग भई मलद्वारबाट रगत र आउँ मिसिएको दिसा आउने रोग; उक्त रोग हुनेले झारेको दिसा।
75381 रगताम्मे/रगताम्य वि. रगत गिर्नाले सारा शरीर, घटनास्थल, परिवेश आदि रक्तमय भएको; रगतले व्याप्त; रक्तमय।
75382 रगती ना. खसी, बोका आदि काट्दा आएको रगत; रक्ती।
75383 रगते वि. १. रगतजस्तो।
75384 रगते वि. २. रगत भएको।
75385 रगतेझार ना. गहुँ छरेको ठाउँमा उम्रने; डाँठपात रातो हुने एक प्रकारको झार।
75386 रगरग क्रि.वि. १. मसिना कीटाणु, सर्प, खजुरा आदि हिँडे झैँ गरी।
75387 रगरग क्रि.वि. २. बालकहरूले चकचक गरेसरि; रगरगी; रगरगती।
75388 रगरग क्रि.वि. ना. ३. त्यस प्रकारको हिँडाइ वा चकचक।
75389 रगरगती क्रि.वि. अझै रगरगी।
75390 रगरगाइ ना. रगरग गर्ने क्रिया वा किसिम; किरा, केटाकेटी आदिको चकचक वा सकसक।
75391 रगरगाइनु अ.क्रि. रगरग गर्ने हुनु।
75392 रगरगाउनु अ.क्रि. रगरग गर्ने हिसाबले कीटाणु, केटाकेटी वा कुनै वस्तु हिँड्नु; सकसक हुनु; सगबगिनु।
75393 रगरगी क्रि.वि. १. रगरग; रगरगती।
75394 रगरगी क्रि.वि. ना. २. सुख, सफलता आदिको परिणामस्वरूप बढेको फुर्ती;ढाँचा; चकचकी।
75395 रगरगी क्रि.वि. ३. ढलीमली।
75396 रगरग्याइ ना. रगरगिने भाव, क्रिया वा किसिम; सकसक गर्ने ढङ्ग।
75397 रगरग्याइनु क.क्रि. रगरगिने तुल्याइनु; सकसक गर्ने पारिनु।
75398 रगरग्याउनु प्रे. क्रि. रगरगिने पार्नु; सकसक हुने बनाउनु; रगरग वा चकचक गर्न लगाउनु।
75399 रगरग्याहट ना. रगरग्याइ।
75400 रगेड्नु स.क्रि. कुनै वस्तुलाई घोट्नु; प्रशस्त दल्नु; रगड्नु।