Dictionary

All Word

75201 रकम ना. ६. राजस्वबापत लाग्ने कर; शुल्क।
75202 रकम ना. ७. विशेष अवसरमा सरकारले जनताबाट उठाउने श्रम; झार्लाङ्गी; झारा।
75203 रकम कलम ना. १. रकमको छुट्टाछुट्टै उल्लेख भएको फाँटवारी; विभिन्न शीर्षक उपशीर्षकमा उल्लेख भएका रकमको विवरण; रकमको हरहिसाब।
75204 रकम कलम ना. २. रैरकम।
75205 रकम बन्दोबस्त ना. ठेक्कापट्टा, पोत आदि तोक्ने काम; रकम तोक्ने काम।
75206 रकम बन्दोबस्त अड्डा ना. त्यस्तो काम गर्ने अड्डा।
75207 रकमान्तर ना. एक शीर्षकअन्तर्गत निकासा भएको रकमलाई अर्को शीर्षकमा सार्ने काम; रकमको उल्टापाल्टी।
75208 रकमी वि. १. रकमकलमका कुरामा ज्यादै सतर्क रहने; स्याहास्रेस्ताका सम्बन्धमा ज्यादै पोख्।
75209 रकमी वि. २. अड्डाअदालतको मरमामिलामा प्रशस्त अनुभवी।
75210 रकार ना. र'अक्षर; अन्तस्थ वर्णको दोस्रो अक्षर; 'य'- भन्दा पछि र 'ल भन्दा अघिको एक व्यञ्जन; खाँबे र।
75211 रकारीभवन ना. अन्य ध्वनिले परिवर्तन भई 'र' हुने काम, रेफीभवन (जस्तै - घोडा = घोरा, छडी = छरी, घडी = घरी आदि)।
75212 रकेट ना. १. अन्तरिक्षमा प्रक्षेपण गरिने मानवरहित वा मानवसहित यान; उपग्रहका रूपमा छोडिने यान।
75213 रकेट ना. २. युद्धमा वा अत्यन्त छिटो काममा प्रयोग हुने एक वायुयान।
75214 रकेट ना. ३. युद्ध आदिमा हुऱ्याएर प्रहार गरिने विस्फोटक क्षेप्यास्त्र।
75215 रकेट ना. वि. ४. छिटो ; बेगिलो।
75216 रक्खे ना. हे. रक्षा; रच्छे।
75217 रक्खे माला ना. हे. रक्षामाला।
75218 रक्त ना. १. रुधिर; रग।
75219 रक्त ना. २. रातो रङ; लाल रङ।
75220 रक्त ना. ३. तामो धातु।
75221 रक्त ना. ४. रातो चन्दन; रातो रङ देखिने चन्दन।
75222 रक्त ना. ५. केशर; रातो केशर।
75223 रक्त ना. ६. कमल; पङ्कज।
75224 रक्त ना. ७. सिँदुर।
75225 रक्त ना. वि. ८. रातो; लाल।
75226 रक्त ना. ९. हृदयमा कुनै विषय रङ्गिएको; अनुरक्।
75227 रक्तअल्पक ना. रगतको चापलाई कम गराउने वस्तु; रक्तचापनियन्त्रक।
75228 रक्तकमल ना. रक्तपित्।
75229 रक्तकोष ना. रगतमा रहने मसिना कोष; रक्तकण।
75230 रक्तकोषिका ना. रगतमा हुने एकदमै मसिना कणहरू; रक्तकोष।
75231 रक्तचन्दन ना. घोटेर निकाल्दा रातो रङको चन्दन आउने एक वृक्षविशेष; रातो चन्दन।
75232 रक्तचाप ना. शरीरमा सञ्चार हुने रगतको तीव्र वा अल्प चाप; रक्तसञ्चारको वेग वा गति।
75233 रक्तचाप मापक ना. रक्तचापको गतिलाई नाप्ने काममा प्रयोग हुने साधन; रक्तचाप नाप्ने यन्त्र।
75234 रक्तदान ना. अर्काको प्राणरक्षाका निम्ति रगत दिने काम।
75235 रक्तद्रव ना. रगतमा हुने एकदमै मसिना कण; रगतका तरल कण।
75236 रक्तधातु ना. १. गेरु।
75237 रक्तधातु ना. २. तामो।
75238 रक्तपला ना. केराका पातका टुप्पा जस्तै देखिने पात हुने; टुप्पामा फुल्ने; आयुर्वेदले विषका रूपमा स्वीकार गरेको एक वनस्पति।
75239 रक्तपात ना. १. रगत गिर्ने वा गिराउने काम; रगतपच्छे।
75240 रक्तपात ना. २. लडाइँ चर्कने वा चर्काउने काम; परस्परको काटमार।
75241 रक्तपित्त ना. मुख, नाक, कान, मलमूत्रद्वारबाट रगत जाने रोग; रक्तस्राव।
75242 रक्तपिपासु वि. १. रगत पिउन चाहने।
75243 रक्तपिपासु वि. २. राक्षसको जस्तो स्वभाव भएको; रगत चुस्ने दैत्यजस्तो।
75244 रक्तपुष्ट ना. लामा खालका पात हुने, बोट भाँच्दा पहेँलो चोप आउने, टुप्पामा फुल्ने, आयुर्वेदका अनुसार चोप निद्राका लागि र पात तागत र ज्वरनाशका लागि सेवन गरिने एक बोट।
75245 रक्तप्रदर ना. स्त्रीहरूका योनिबाट निरन्तर रगत बहिरहने एक रोग; रक्तस्राव।
75246 रक्तप्रमेह ना. पुरुषका पिसाबबाट दुर्गन्धयुक्त रगत बग्ने एक रोग।
75247 रक्तवर्द्धक ना. १. रगत बढाउने शक्ति भएको औषधी; रगतवृद्धि गर्ने वस्तु।
75248 रक्तवर्द्धक ना. वि. २. खाँदा रगत बढाउने।
75249 रक्तमत्स्य ना. रातो रङको माछा।
75250 रक्तवर्ण वि. १. रातो रङको; लाल वर्णको।