Dictionary

All Word

75151 संयो. क्रि.वि. ३. त्यसपछि; अनि (उदा.- र मैले उसलाई निकै गाली गरें।
75152 संयो. निपा. ४. वाक्यान्तमा आई प्रश्नको आशय बुझाउने निपात (उदा. मैले भनेको थिएँ र?)।
75153 रँक्याइ ना. राँकिने भाव, क्रिया वा प्रक्रिया।
75154 रँक्याइनु क.क्रि. राँकिने तुल्याइनु।
75155 रँक्याउनु प्रे. क्रि. राँकिने तुल्याउनु।
75156 रँक्याहट ना. रँक्याइ।
75157 रँग्नु स.क्रि. १. रङ लगाउने काम गर्नु; रङ भर्नु; रङ्नु;रँगाउनु।
75158 रँग्नु स.क्रि. २. भएनभएका कुरा गरेर होलाई होइन र होइनलाई हो पार्नु।
75159 रँग ना. हे. रङ; रङ्ग।
75160 रँगरुट ना. १. सेना, पुलिस आदि सुरक्षासेवामा हुने नयाँ व्यक्ति; सैनिक वा पल्टनमा गएको मान्छे।
75161 रँगरुट ना. २. जुनसुकै कामको अभ्यासमा लागेको व्यक्ति; सिकारु मान्छे।
75162 रँगाइ ना. १. रँग्ने भाव, क्रिया वा प्रक्रिया।
75163 रँगाइ ना. [ रँगाउ + आइ] २. रँगाउने भाव, क्रिया वा प्रक्रिया।
75164 रँगाइनु क.क्रि. रङ लगाउने काम गरिनु; रङ भरिनु।
75165 रँगाउनु स.क्रि. रङ लगाउने काम गर्नु; रङ्ग लाउनु; रङ भर्नु वा पोल्नु; रङ्गिन तुल्याउनु;रङाउनु।
75166 रँगिनु अ.क्रि. १. रङ लाग्ने काम हुनु; रङ चढ्नु; रङ पोतिनु।
75167 रँगिनु अ.क्रि. २. मादक पदार्थले लट्ठ पर्नु; नशा लाग्नु।
75168 रँगिनु अ.क्रि. ३. अरू समाजमा मिल्नु; बोरिनु।
75169 रँगिनु अ.क्रि. ४. संसर्ग वा परिस्थितिबाट आफू पनि प्रभावित हुनु।
75170 रँगिलो वि. हे. रङ्गिलो।
75171 रँगेटो ना. १. कामको चटारो; काम धेरै पर्नाले हुने झमेला।
75172 रँगेटो ना. २.रिँगटा; रिङटा; चक्कर।
75173 रँगेल्नु स.क्रि. १. अनेक किसिमका कामका झमेलामा फसाउनु; कामकाजमा अलमल्याउनु।
75174 रँगेल्नु स.क्रि. २. पिरोल्नु; हुँडल्नु।
75175 रँगेल्नु स.क्रि. ३. बिथोल्नु; भाँड्नु।
75176 रँगेलाइ ना. रँगेल्ने भाव, क्रिया वा प्रक्रिया।
75177 रँगेलाइनु क.क्रि. रँगेल्ने काम गरिनु; रँगेलो बनाइनु।
75178 रँगेलाउनु प्रे.क्रि. रँगेल्न लगाउनु; रँगेल्ने काम गराउनु।
75179 रँगेलाहट ना. रँगेलाइ।
75180 रँगेलाहा वि. रँगेल्ने खालको; रँगेलाइमा पार्ने।
75181 रँगेलिनु अ.क्रि. रँगेल्ने काम हुनु; रुमलिनु।
75182 रँगेलिनु अ.क्रि. क.क्रि. २. रँगेल्ने काम गरिनु।
75183 रँगेलो ना. धेरै कामको अव्यवस्थित झमेला; अनेक कामकुराको बोझ; झैझमेला; चटारो; लठारो।
75184 रँगेल्याइ ना. रँगेलिने भाव, क्रिया वा प्रक्रिया।
75185 रँधाइ ना. राँध्ने वा पकाउने क्रिया-प्रक्रिया।
75186 रँधाइनु क.क्रि. राँध्ने काम गराइनु।
75187 रँधाउनु प्रे. क्रि. राँध्ने काम गराउनु; राँध्न लाउनु।
75188 रँधिनु क.क्रि. राँध्ने काम गरिनु; राँधिनु।
75189 रइस ना. १. सुखसयल गर्न पर्याप्त सम्पत्ति भएको व्यक्ति; साहुकार; सम्पन्न मान्छे; धनीमानी।
75190 रइस ना. २. ठुलोबडो मान्छे; बडादमी।
75191 रउँ ना. शरीरमा उम्रने वस्तु उमेर र जातिअनुसार कालो, सेतो, कैलो, सुनौलो आदि रङका मसिना केश; रौँ; भुत्ला।
75192 रउतेलो ना. १. रौतेलो; राजकुमार।
75193 रउतेलो ना. २. ठकुरी; बाबुसाहेब।
75194 रउस ना. रौस; उत्सुकता।
75195 रउसे वि. रउस गर्ने; रसिलो स्वभावको; रौसे।
75196 रकम ना. १. धन; सम्पत्ति; पैसा।
75197 रकम ना. २. कागजी औपचारिकता मिलाउने काम;व्यवहारको बन्दोबस्त; स्याहास्रेस्ता।
75198 रकम ना. ३. प्रकार; भाँती; तरिका।
75199 रकम ना. ४. जग्गा, पसल, उद्योग, ठेक्कापट्टा आदिको दैदस्तुर; कर, शुल्क।
75200 रकम ना. ५. घरायसी कामका निमित्त जागिरदारले पाउने बिदा; कर्मचारीले पाउने घरबिदा।