Dictionary

All Word

75051 योगीराज ना. योगीका निम्ति सम्मानजनक सम्बोधन; योगिराज।
75052 योगीश्वर ना. १. श्रेष्ठ योगी ; योगीहरूमा सर्वश्रेष्ठ महात्मा; योगेश्वर।
75053 योगीश्वर ना. २. महादेव; शिव।
75054 योगीश्वर ना. ३. कृष्ण भगवान्।
75055 योगेश्वर ना. १. योगसाधन गरेको पुरुष; सिद्ध पुरुष।
75056 योगेश्वर ना. २. कृष्ण भगवान्।
75057 योगेश्वर ना. ३. महादेव; शिव।
75058 योग्य वि. १. काम सफलतापूर्वक गर्ने शक्ति, सिप, गुण आदि भएको; लायक; जान्ने; सिपालु।
75059 योग्य वि. २. कुनै पद, काम, जिम्मेदारी आदिका लागि ठिक मानिने; उपयुक्।
75060 योग्य वि. ३. विद्या, गुण, बल, विवेक आदिका दृष्टिले उच्चस्तरको।
75061 योग्य वि. ४. न्यायसङ्गत; मुनासिब; उचि।
75062 योग्यता ना. १. व्यवहार, कार्य वा शिल्पका लागि आवश्यक ज्ञान, अनुभव र शक्ति; ल्याकत; सामर्थ्य; क्षमता; दक्षता।
75063 योग्यता ना. २. कुनै विषयको आवश्यक ज्ञान; जानकारी।
75064 योग्यता ना. ३. व्यावहारिक अनुभव।
75065 योग्यताक्रम ना. ज्ञान, गुण, शिक्षा आदिमा प्राप्त गरेको स्तरका आधारमा निर्धारित हुने क्रम; योग्यताका आधारमा तोकिने क्रम।
75066 योग्यतासार ना. योग्यताको सारभूत तत्त्व; योग्यताको निर्धारण गर्ने मूलभूत तत्त्व।
75067 योग्यता परीक्षा ना. १. प्रवेशिका, परीक्षामा सामेल हुन योग्य भएनभएको छान्नका निम्ति माध्यमिक तहका विद्यालयहरूबाट लिइने परीक्षा; ल्याकत जाँच (टेस्ट परीक्षण)।
75068 योग्यता परीक्षा ना. २. योग्यता जाँच्ने कुनै पनि परीक्षा।
75069 योजक वि. १. एकभन्दा बढ्ता चिज वा विषयलाई एकै ठाउँ मिलाउने; जोड्ने।
75070 योजक वि. २. योजना गर्ने; आयोजना मिलाउने।
75071 योजक वि. ३. व्यवस्थापन गर्ने; प्रबन्धक।
75072 योजन ना. १. परस्परको मेलमिलाप।
75073 योजन ना. २. जोड्ने काम; एकीकरण।
75074 योजन ना. ३. वास्तुकलामा व्यापक अर्थमा प्रयोग हुने 'कोस' को चार गुना बराबरको नापो; चार कोस लमाइको नापो।
75075 योजनगन्धा ना. १. महर्षि पराशरका वीर्यबाट व्यास जन्माउने नारी; सत्यवती; मत्स्यगन्धा।
75076 योजनगन्धा ना. २. कस्तूरी।
75077 योजना ना. १. कुनै पनि कार्य व्यवस्थित रूपमा सञ्चालित गर्नका निम्ति पहिले नै निर्धारित गरिने कार्यक्रम वा रूपरेखा; काम सिद्ध गर्न चाहिने साधन, उपाय, व्यवस्था आदिको पूर्वनिश्चित तयारी।
75078 योजना ना. २. जुनसुकै कार्यको व्यवस्था मिलाउने वा आयोजना गर्ने काम; समायोजना।
75079 योजना ना. ३. कार्यक्रम।
75080 योजना ना. ४. व्यवस्था; प्रबन्ध।
75081 योजना ना. ५. प्रयोग; व्यवहार।
75082 योजना ना. ६. जोड्ने काम; जोडाइ; मिलान।
75083 योजना आयोग ना. सरकारले तयार पार्ने योजनासम्बन्धी कार्यका निम्ति गठित आयोग; राष्ट्रिय योजना आयोग।
75084 योजनाकार ना. योजनाको विस्तृत रूपरेखा तयार गर्ने व्यक्ति।
75085 योजना प्रमुख ना. योजना सञ्चालन गर्ने कर्मचारीसमूहको प्रमुख व्यक्ति; योजनाको मुख्य व्यक्ति।
75086 योजनाबद्ध वि. पूर्वनिर्धारित योजनामा आधारित; सुनियोजि।
75087 योजना मन्त्रालय ना. देशका योजनासम्बन्धी सम्पूर्ण कार्यसञ्चालन गरिने हिसाबले गठित मन्त्रालय; योजना हेर्ने मन्त्रीको कार्यालय।
75088 योजनाविद् वि. १. योजनाका बारेमा पर्याप्त ज्ञान भएको; योजनातर्जुमा गर्न आवश्यक पर्ने ज्ञान भएको।
75089 योजनाविद् वि. ना. २. योजना तर्जुमा गर्न जान्ने व्यक्ति।
75090 योजनाविद् वि. ३. योजना आयोगको सदस्य।
75091 योजनास्थल ना. १. योजना सञ्चालनका निम्ति छानिएको वा उपयुक्त ठाउँ।
75092 योजनास्थल ना. २. योजना चल्दै गरेको ठाउँ; योजनाक्षेत्र।
75093 योजनीय वि. जोड्न लायक; जोड्नुपर्ने।
75094 योजित वि. १. जोडिएको।
75095 योजित वि. २. योजना गरिएको; योजनाका रूपमा ल्याइएको।
75096 योज्य वि. जोड्न लायक; योजनीय।
75097 योद्धा ना. १. युद्ध गर्ने व्यक्ति।
75098 योद्धा ना. २. वीर; युद्धवीर।
75099 योद्धा ना. ३. सैनिक व्यक्ति।
75100 योद्धा ना. वि. ४. युद्ध गर्ने।