Dictionary

All Word

74951 युरिलो ना. अग्लो बोट हुने साधारण आकारका भुवादार पात हुने, पहेँलामा काला टीका टीका परेका फूल फुल्ने क्याप्सुलका आकारका फल फल्ने हिमाली भेकमा हुने एक वनौषधी।
74952 युरेसिया ना. १. युरोप र एसियाको साझे नाम।
74953 युरेसिया ना. २. युरोप र एसियालाई एकै महादेश ठानी राखिएको एक नाम।
74954 युरोप ना. संसारका छवटा महादेशमध्येको एक महादेश; अफ्रिकाको उत्तरमा र एसियाको पश्चिममा पर्ने महादेश।
74955 युरोपियन वि. युरोपीय।
74956 युरोपीय वि. युरोपसँग सम्बन्ध भएको; युरोपसम्बन्धी; युरोपमा हुने; युरोपको; युरोपेली।
74957 युरोपीय साझा बजार ना. पश्चिमी युरोपका केही देशहरूले भन्सार आदि मिनाहा गरी आपसमा खुला रूपले लेनदेन गर्न मिल्ने गरी स्थापना गरेको साझा बजार।
74958 युरोपेली वि. युरोपसँग सम्बन्धित; युरोपको; युरोपीय।
74959 युवक ना. सामान्य रूपमा सोह्र वर्षमाथि र चालिस वर्षमुनिको पुरुष; तरुण; युवा; तन्नेरी।
74960 युवकत्व ना. तन्नेरीपना।
74961 युवक सङ्गठन ना. १. युवकहरूको उन्नति, हित र कल्याण गर्ने एवं युवाशक्तिलाई रचनात्मक कार्यमा संलग्न गराउने उद्देश्ले बनाइएको सङ्गठन।
74962 युवक सङ्गठन ना. २. युवकहरूको सङ्गठन।
74963 युवति / युवती ना. १. जवान स्त्री; पट्ठी आइमाई; तरुनी।
74964 युवति / युवती ना. वि. २. पट्ठो उमेरकी; जवान (स्त्री)।
74965 युवराज ना. गद्दीनसिन राजाका उत्तराधिकारी।
74966 युवराजाधिराज ना. हे. युवराज।
74967 युवराज्ञी ना. १. युवराजकी विवाहिता रानी; युवरानी।
74968 युवराज्ञी ना. २. युवराजाधिराजकी पत्नी।
74969 युवा ना. तरुण; जवानीले नछाडेको र बुढ्याइँले नछोएको व्यक्ति।
74970 युवा पिँढी ना. १. कुनै समयको सीमाभित्र बाल, युवा, वृद्ध मानिने पुस्तामध्ये सबैभन्दा तन्नेरी पुस्ता।
74971 युवा पिँढी ना. २. तन्नेरीहरू मिली नेपाली साहित्यको उन्नतिका लागि चलाएको एक अभियान।
74972 युवा वर्ग ना. तन्नेरीहरूको समुदाय।
74973 यूका ना. १. वास्तु तथा मूर्तिकलामा प्रयोग हुने एक जुम्रा बराबरको नापो।
74974 यूका ना. २. जुम्रो; जम्रो।
74975 यूथ ना. १. एकै जातका जीवहरूको समूह; बथान; जमात; बगाल।
74976 यूथ ना. २. सेना; शस्त्रास्त्रले सज्जित फौज।
74977 यूथचर वि. बगालका बगाल भएर हिँड्ने (जीव ); हुल बाँधेर हिँड्ने।
74978 यूथविवाह ना. १. दुईभन्दा धेरै पुरुषले एउटी आइमाई साझे स्वास्नी बनाउने गरी गर्ने विवाह।
74979 यूथविवाह ना. २. पशुमा र केही पक्षीका बिचमा पाइने सामूहिक यौनाचार।
74980 यूथिका ना. जुही (फूल)।
74981 यूप ना. १. बलिका निम्ति पशु ल्याएर यज्ञवेदीका वरिपरि बाँधिने खम्बा; मौलो।
74982 यूप ना. २. विजयको स्मारकका रूपमा उभ्याइएको चिह्न; विजयस्तम्भ।
74983 यूपग्राम ना. लिच्छविकालको एक प्रसिद्ध बस्ती ( ललितपुरको पूर्वनाम )।
74984 येन ना. जापानको मुद्रा।
74985 येनकेन क्रि.वि. जुनसुकै प्रकारले; कुनै न कुनै प्रकारले; येनकेन प्रकारेण।
74986 येनकेन प्रकारेण क्रि.वि. कुनै न कुनै प्रकारले ; जुनसुकै प्रकारले।
74987 यै सर्व. यो नै; यही।
74988 यो सर्व. १. प्रथम पुरुष, एकवचनमा उभय लिङ्गका निम्ति प्रयोग हुने सार्वनामिक शब्द; विभक्ति लाग्दा 'यस' हुने सर्वनामको सरल रूप।
74989 यो सर्व. वि. २. नजिक रहेको वस्तुलाई देखाउने सार्वनामिक विशेषण; यहाँनेरको; यतातिरको (जस्तै- यो घर, यो रूख, यो मानिस इ.)।
74990 योग ना. १. कुनै दुई वस्तु परस्परमा मिल्ने वा जोडिने काम; मिलाइ; जोडाइ; संयोग।
74991 योग ना. २. सम्बन्ध, सम्पर्क।
74992 योग ना. ३. आपसी हेलमेल; मेलपिलाप।
74993 योग ना. ४. गणितमा जोड्ने काम वा क्रिया; जोड, जम्मा।
74994 योग ना. ५. कुनै पनि काम वा कुराको उपयुक्तता वा अनुकूलता।
74995 योग ना. ६. त्यस्तो राम्रो समय वा साइ।
74996 योग ना. ७. यम, नियम आसन, प्राणायाम, प्रत्याहार धारणा, ध्यान र समाधिको अष्टाङ्ग योग।
74997 योग ना. ८. चित्तलाई ईश्वरमा लीन गराउनका लागि एकाग्र हुने कार्य; मोक्षको उपाय।
74998 योग ना. ८. चित्तको चञ्चल वृत्तिलाई रोक्ने काम; वैराग्य।
74999 योग ना. १०. फलित ज्योतिषका अनुसार ग्रहहरू विशेष स्थितिमा जुट्नाले पर्न आउने शुभ वा अशुभ योग।
75000 योग ना. ११. ज्योतिषशास्त्रका मतमा तिथि, वार, नक्षत्र, योग र करणसमेत मिलेर बन्ने पाँच अङ्गमध्येको एक; विष्कम्भ, प्रीति, आयुष्मान् आदि सत्ताइसवटा योगको साझे नाम।