Dictionary

All Word

74851 यावत् क्रि.वि. वि. ४. जति; जुन परिमाणको।
74852 यावत् क्रि.वि. ५. सबै नै; तमाम; भएभरिको।
74853 यावन्त वि. भएभरको सबै; सम्पूर्ण; यावत्।
74854 यासोक्यानी ना. लिम्बू जातिकी एक प्रसिद्ध देवी; पाँचथरको यासोक भन्ने ठाउँमा अवतार लिएकी भनी प्रसिद्ध भएकी लिम्बू संस्कृतिकी एक देवी।
74855 यिन सर्व. यिनी' सर्वनामको तिर्यक् रूप (जस्तै- यिनलाई, यिनले, यिनको आदि। )।
74856 यिन ताक क्रि.वि. अचेलभरि; आजकल।
74857 यिनी सर्व. १. 'यो सर्वनामको बहुवचनको रूप।
74858 यिनी सर्व. २. सम्मान, आदर, श्रद्धा आदि बुझाउने तृतीयपुरुष सर्वनाम; यी महानुभाव।
74859 यी सर्व. यो' सर्वनामको बहुवचन वा आदरार्थमा प्रयोग हुने रूप; यिनी।
74860 युँ १ ना. कुनै गहनाहरूका बिचमा जड्ने काममा प्रयोग गरिने प्रायः हरियोमिश्रित रङको निलो हिमाली वा भोटेली पत्थर।
74861 युँ २ वि. १. याँमानको।
74862 युँ २ वि. क्रि.वि. २. याँ।
74863 युक्त वि. १. दुई वा दुईभन्दा बढी वस्तु अथवा तत्त्वहरू जोरिएको; मिलेको; संयुक्।
74864 युक्त वि. २ युक्तिसङ्गत; समुचित; उचि।
74865 युक्त वि. ३. साथैमा रहेको; सहितको; पूर्ण (स्नेहयुक्त, भावयुक्त इ.)।
74866 युक्त वि. ना. ४. योगाभ्यास गरेको योगी।
74867 युक्तरूप ना. संयुक्त अवस्थाको रूप; मिश्रित रूप।
74868 युक्ति ना. १. कुनै पनि समस्याको समाधान गर्ने उपाय; जुक्ती।
74869 युक्ति ना. २. कौशल; चातुर्य।
74870 युक्ति ना. ३. कुनै विषय प्रस्तुत गर्न आवश्यक पर्ने बठ्याइँ; तर्क।
74871 युक्ति ना. ४. एकभन्दा बढ्ता तत्त्वहरूको संयुक्त रूप; योग; मिलन।
74872 युक्ति ना. ५. चालढाल; तौरतरिका।
74873 युक्ति ना. ६. अलङ्कारशास्त्रका अनुसार कुनै तरिकाले रहस्यमय चेष्टालाई लुकाउने प्रसङ्गको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
74874 युक्ति ना. ७. औचित्य।
74875 युक्तिपूर्णता ना. युक्तियुक्त अवस्था; उपाय प्राप्त भएको अवस्था।
74876 युक्तिमूलक वि. युक्ति वा तर्कले उचित ठहरिने; बुद्धिसङ्ग।
74877 युक्तियुक्त वि. तर्कपूर्ण; युक्तिसङ्ग।
74878 युक्तिसङ्गत वि. युक्ति वा तर्कहरू पूरै मिलेको; युक्तिपूर्ण; युक्तियुक्।
74879 युक्तिसम्मत वि. उपायसहितको; तर्कसम्मत; तथ्यमा आधारि।
74880 युक्त्याभास ना. बाहिरबाट हेर्दा बुद्धिमत्तापूर्ण लाग्ने तर वास्तवमा तथ्यहीन कुरो झुक्किएर सही देखिने गरी पर्ने भान; आभास मात्रमा आधारित उपयुक्तता।
74881 युक्लिप्टस ना. सेता र चिल्ला परेका फेद वा हाँगा हुने, मसिना लाम्चा र हल्का हरिया पात हुने एक वृक्षविशेष; मसलाको वृक्ष।
74882 युग ना. १. जुनसुकै दुईवटा वस्तुको समूह; जोडा; युग्म।
74883 युग ना. २. लोकसंस्कारअनुसार बाह्र वर्षको समयावधि।
74884 युग ना. ३. रथ, हलो, गाडी आदिमा नारिने गोरुका काँधमा लगाइने जुवा।
74885 युग ना. ४. पौराणिक कालविभाजनअनुसार सत्य, त्रेता, द्वापर र कलिमध्ये कुनै एक ५. समय; बेलाबखत; जमाना।
74886 युग ना. ६. इतिहासमा कुनै महत्त्वपूर्ण घटना, कार्य, व्यक्ति आदिद्वारा प्रभावित एवं संज्ञित कालावधि (जस्तै- पौराणिक युग, पाषाणयुग, शाहयुग इ.)।
74887 युग ना. ७. वास्तु तथा मूर्तिकलामा चार इन्च बराबरको नापो।
74888 युगचेतना ना. युगअनुकूलको चेतना; युगसुहाउँदो वा युगअनुसारको ज्ञान; युगबोध।
74889 युगधर्म ना. कुनै पनि समयमा अनुकूल ठानिई चल्दै गरेको धर्म; युगअनुसारको धर्म।
74890 युगनायक ना. युगलाई उचित मार्गमा हाँक्ने प्रतिभा; कुनै निश्चित समयका लागि प्रमुख मानिने व्यक्तित्व।
74891 युगपुरुष ना. कुनै निश्चित समयका सीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल भएको व्यक्ति; युगनायक।
74892 युगप्रवर्तक वि. नयाँ मान्यता र मूल्य स्थापित गरी युगलाई नै नयाँ मोडमा हिँडाउने; युगलाई नयाँ दिशा दिने; नयाँ युगको प्रवर्तन गराउने।
74893 युगभाग ना. सारा युगहरूको कुनै एक चरण।
74894 युगल वि. १. जोडिएको; जोल्टिएको; जोडा।
74895 युगल वि. २. जुम्ल्याहा; युग्म; यमल।
74896 युगलगीत ना. प्रेमी-प्रेमिका मिलेर गाइने गीत; जुहारी।
74897 युगसापेक्ष वि. युगसित सम्बन्धित; युगानुकूल।
74898 युगसापेक्षता ना. युगानुकूल हुने गुण वा विशेषता।
74899 युगादि ना. १. युग वा विश्वसृष्टिको प्रारम्भ; सृष्टिको थालनी।
74900 युगादि ना. २. युगको पहिलो दिन; सृष्टि सुरु भएको दिन।