Dictionary

All Word

74701 यसो क्रि.वि. वि. ४. यस्तो।
74702 यसो क्रि.वि. (उदा.- यसो नभन्।)।
74703 यसोउसो क्रि.वि. १. जस्तोसुकै प्रकारले ; अल्याङमल्याङ गरेर; जस्तोसुकै भए पनि।
74704 यसोउसो क्रि.वि. ना. २. अलमल; अल्याङमल्याङ।
74705 यसोउसो क्रि.वि. ३. हाहो; हाटहुट।
74706 यसोउसो क्रि.वि. ४. आवश्यक साधारण वस्तुहरू; जेतेमेते।
74707 यसोउसो क्रि.वि. ५. सामान्य कामहरू; अगडमबगडम।
74708 यसोत्यसो क्रि.वि. / ना. यसोउसो।
74709 यसोरी क्रि.वि. यसो गरेर; यसरी।
74710 यस्तरी क्रि.वि. १. यस्तो किसिमले; यस्तो गरी; यसरी; यसोरी।
74711 यस्तरी क्रि.वि. २. यति धेरै; औधी ; यति विधि।
74712 यस्तै वि. १. यो जस्तो छ त्यस्तै; यसै किसिमको।
74713 यस्तै वि. क्रि.वि. २. यस्तै गरी; यही तरिकाले।
74714 यस्तो वि. योजस्तो; यसै किसिमको; यहीजस्तो।
74715 यस्तोउस्तो वि. १. योजस्तो र ऊजस्तो; यस्तो र उस्तो।
74716 यस्तोउस्तो वि. २. साधारण किसिमको; मामुली खालको; चानचुने।
74717 यस्तोउस्तो वि. ३. जथाभाबी; अव्यवस्थि।
74718 यहाँ क्रि.वि. १. नजिकको कुनै निश्चित र निर्दिष्ट ठाउँमा ; यसै ठाउँमा।
74719 यहाँ क्रि.वि. २. यता; यहाँनिर; वरतिर।
74720 यहाँ क्रि.वि. सर्व. ३. तपाईं; हजुर; आफू।
74721 यहाँ क्रि.वि. ४. यी महानुभाव; उहाँ; वहाँ।
74722 यहीँ क्रि.वि. १. यसै ठाउँमा; यहाँ नै।
74723 यहीँ क्रि.वि. सर्व. २. यहाँ स्वयम्; तपाईं नै।
74724 यही वि./सर्व. धेरैवटा वस्तु वा विषयमध्ये यो नै; यहीचाहिँ।
74725 याँ १ वि.बो. १. बालक वा हुर्केका मानिस रुँदाको ध्वनिको अनुकरण।
74726 याँ १ वि.बो. ना. २. त्यस्तो ध्वनि; याँहाँर; च्याँ; प्याँ।
74727 याँ २ क्रि.वि. १. यति थोरै वा धेरै मात्रै; यस हदसम्म मात्रै।
74728 याँ २ क्रि.वि. (उदा.- त्यसको सम्पत्ति भन्छौ याँ त होइन तर जताततै फैलिएको पाएँ।)।
74729 याँ २ क्रि.वि. वि. २. थोरै; कम्ती त; अलिकति।
74730 याँ २ क्रि.वि. (उदा.- त्यसको धन भन्छौ, याँ त होइन त, जति खर्च गरे पनि नरित्तिने रहेछ)।
74731 याँ २ क्रि.वि. ३. फुलेको; ठुलो (उदा.- ऊ रिसाएर याँ भएको रहेछ)।
74732 याँ २ क्रि.वि. \।
74733 याँ मानको वि. १. यत्ति ठुलो; युँ।
74734 याँ मानको वि. २. धेरै ठुलो।
74735 या संयो. १. दुई र दुईभन्दा धेरै विकल्पमा एउटा रोज्नुपर्दा प्रयोग गरिने शब्द; वा; यद्वा; अथवा ( तिमी या म, राम्रो या नराम्रो इ.)।
74736 या संयो. २. र (उदा.- धर्म भनेको दान या पुण्य हो )।
74737 या संयो. क्रि.वि. ३. सम्भव छ (या त्यो गयो, या ऊ छैन इ.)।
74738 याक ना. १. चौँरीगाईको भालेलाई बुझाउने शब्द; चौँरी गोरु।
74739 याक ना. २. आजका लिम्बू र तिनको भाषासँग मिल्ने भाषा (बान्तावा, याखा इ.) बोल्ने राईजातिका साझे पूर्वज।
74740 याकथुम ना. १. याकजातिको थलो।
74741 याकथुम ना. २. लिम्बूहरूको इलाका।
74742 याकथुम्बा ना. १. लिम्बू।
74743 याकथुम्बा ना. २. लिम्बूजातिको एक थर।
74744 याकथुम्बी ना. लिम्बू भाषा; लिम्ब्वानी।
74745 याकबभुचा ना. सानो, छोटो र डोलो काठको ढुङ्गामा एकातिर खाली नै छाडी अर्कातिर छालाका पाताले मोडी, झाँजरबाट लामो धागो बाहिर निकाली बनाइएको, ठोकेर बजाइने एकमात्रिक तालबाजा।
74746 याक्खा ना. अरूणपूर्व बसोबास गर्ने आदिवासी जनजाति।
74747 याखाली ना. याखाजातिहरूको भाषा; लिम्ब्वानी भाषासँग मिल्ने एक खम्ब्वानी भाषा।
74748 याक्सा / याक्सो ना. खेतीपाती रुङ्न बस्ने गरी बनाइएको खर वा स्याउलाको अस्थायी छाप्रो; खोरिया; ब्याँसीतिर बनाइने अस्थायी घर।
74749 याग ना. यज्ञ।
74750 याचक वि. १. अरूसँग अन्न आदि मागेर गुजारा गर्ने; मगन्ते; भिखारी।