Dictionary

All Word

74751 याचक वि. २. दरिद्र; गरिब।
74752 याचकता ना. १. मगन्तेपन; भिखारीपन।
74753 याचकता ना. २. दरिद्रता।
74754 याचन ना. याचना।
74755 याचना ना. १. माग्ने काम; याचन।
74756 याचना ना. २. विनययुक्त भई प्रार्थना गर्ने काम; अनुरोध।
74757 याचनीय वि. याचना गर्न लायक; याचना गर्ने खालको।
74758 याचिका ना. १. कुनै उच्च तहमा प्रस्तुत गरिने आवेदनपत्र; प्रार्थनापत्र।
74759 याचिका ना. २. न्यायालयमा प्रस्तुत गरिने अर्जीपत्र।
74760 याचित वि. १. माग गरिएको; याचना भएको।
74761 याचित वि. २. प्रार्थना गरिएको।
74762 याजक वि. / ना. यज्ञ गर्ने वा गराउने (व्यक्ति); यष्टा।
74763 याज्ञवल्क्य ना. महर्षि वैशम्पायनका शिष्यमध्ये शुक्ल यजुर्वेदको माध्यन्दिनीय शाखाको प्रवर्तन गर्ने ऋषि; एक स्मृतिकार।
74764 याज्ञिक ना. १. यज्ञ गर्ने वा गराउने व्यक्ति; विधिपूर्वक यजमानी कार्य गर्न जान्ने व्यक्ति।
74765 याज्ञिक ना. वि. २. यज्ञ गर्ने; अग्निहोत्री।
74766 याज्य वि. १. यज्ञका निम्ति उपयुक्त; यज्ञलायक।
74767 याज्य वि. २. कुनै प्रकारले यज्ञसँग सम्बन्धि।
74768 यातना ना. १. रोगव्याधबाट वा कुटपिटबाट हुने पीडा; सास्ती।
74769 यातना ना. २. पापात्मालाई यमलोकमा दिइने ताडना; दण्ड।
74770 यातनापूर्ण वि. यातनामय।
74771 यातनामय वि. कष्टले भरिपूर्ण।
74772 यातायात ना. १. आवागमन; आउनेजाने काम; आवतजाव।
74773 यातायात ना. २. आवागमनका जल, स्थल र वायुमार्गमध्ये कुनै पनि साधन; बाटोघाटो।
74774 यातायात मन्त्रालय ना. यातायातसम्बन्धी कार्यको जिम्मेदारी वहन गर्ने मन्त्रीका मातहतमा रहने मन्त्रालय।
74775 यातायात विभाग ना. उक्त मन्त्रालयअन्तर्गत यातायातसम्बन्धी कार्यको रेखदेख गर्ने विभाग।
74776 यातायात समिति ना. यातायातलाई सुव्यवस्थित राख्न गठन हुने वा यातायातसम्बन्धी कार्यको रेखदेख गर्ने समिति।
74777 यात्रा ना. १. एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारीसाधनद्वारा जाने काम; भ्रमण; पर्यटन।
74778 यात्रा ना. २. धार्मिक उद्देश्यले तीर्थस्थलमा जाने काम; तीर्थाटन।
74779 यात्रा ना. ३. देवदेवीको उत्सवमा गरिने मेला; जात्रा।
74780 यात्रा ना. ४. परदेश जाने साइत; प्रस्थान।
74781 यात्राखर्च ना. कार्यालयबाट अन्यत्र खटिएका कर्मचारीले पाउने यात्रा तथा सवारी-साधनसम्बन्धी खर्च; भ्रमणभत्ता।
74782 यात्री ना. १. यात्रा गर्दै रहेको व्यक्ति; पर्यटक; बटुवा।
74783 यात्री ना. २. परदेशी।
74784 यात्री ना. ३. तीर्थाटनमा निस्किएको मान्छे; तीर्थयात्री।
74785 यात्री ना. वि. ४. यात्रा गर्ने; भ्रमणशील।
74786 यात्रु ना. / वि. यात्री।
74787 याद ना. १. मथिङ्गल वा मनमा हुने, बितेका कुराका सम्झना; झझल्को; स्मृति; सम्झाइ, हेक्का; सौँराइ।
74788 याद ना. २. कुनै कुराको अर्थसाथको परिचय; अर्थबोध, बोध, ज्ञान; थाहा।
74789 यादगार / यादगारी ना. बिदा हुने वा मरेर जाने आत्मीयलाई बारम्बार सम्झाउने कुनै साधन; सम्झौटो।
74790 यादव ना. १. महाभारतमा वर्णित राजा ययातिका जेठा छोरा यदुका सम्पूर्ण सन्तान; यदुवंश।
74791 यादव ना. २. श्रीकृष्ण।
74792 यादव ना. 3. बिहार, उत्तरप्रदेश, मध्यप्रदेश र नेपाल तराईमा पाइने एक जाति; जादब; ग्वार; अहिर; जाट।
74793 यान ना. १. मान्छे एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा वा माल एक ठाउँबाट अर्को ठाउँ पठाउनुपर्दा लाने साधन; सवारीको साधन; इन्जनद्वारा भारी बोक्ने साधन।
74794 यान ना. २. पुराणकालमा प्रयुक्त विमान; र।
74795 यान ना. ३. बौद्ध धर्मका महायान, वज्रयान र हीनयानमध्येको कुनै यान वा पन्।
74796 यानाधिदेव ना. कुनै कर्मचारीलाई सवारी राख्दा दिनुपर्ने तेल आदिको खर्च; मोटर, मोटरसाइकल आदि राख्दा मर्मत, पेट्रोल आदिका निम्ति दिनुपर्ने भत्ता।
74797 यानि/याने क्रि.वि. १. वास्तवमा; यथार्थमा; अर्थात्।
74798 यानि/याने क्रि.वि. वि.बो. २. कुनै कुरा बुझ्न नसकेको स्थितिमा फेरि बुझाउने सन्दर्भमा व्यक्त गरिने शब्द ( उदा. यानि / याने कुरा चाहिँ अलिक उल्टै छ)।
74799 यान्त्रिक वि. १. यन्त्रका सहायताले काम गरिने; यन्त्रसम्बन्धी; कलपुर्जाका भरमा काम गर्ने।
74800 यान्त्रिक वि. २. कृत्रिम; स्वाङे; बनावटी।