Dictionary

All Word

74651 यमपाश ना. २. ठुलो सास्ती; कठोर यातना।
74652 यमपाश ना. ३. मृत्यु; काल।
74653 यमपुरी ना. १. धर्मराज यमको लोक; यमराजको नगरी।
74654 यमपुरी ना. २. नरक; रौरव आदि अनेक नरकलोक।
74655 यमयातना ना. नारकीय यातना; नरकको कठोर सास्ती।
74656 यमराज ना. मान्छे मरेपछि उसका शुभाशुभ कर्मको छानबिन गरी उपयुक्त फल प्रदान गर्ने देवता; पितृलोकका अधिदेवता; धर्मराज; यम।
74657 यमल वि. एउटै गर्भबाट एकै बेतमा जन्मिएका; जुम्ल्याहा।
74658 यमल वि. २. युगल; जोडा; जोर।
74659 यमलोक ना. १. मरिसकेपछि जीवले जानुपर्ने भनिएका लोकहरूमध्ये एक लोक; यमपुरी; धर्मनगर।
74660 यमलोक ना. २. नरक।
74661 यमुना ना. १. यमराजकी बहिनी; सूर्यकी छोरी।
74662 यमुना ना. २. पश्चिमोत्तर भारतबाट बहेर प्रयागमा आई गङ्गाजीमा मिल्ने एक प्रसिद्ध नदी; जमुना।
74663 यमुनोत्तरी ना. बदरिकाश्रमको उत्तरतिर पर्ने हिमाल; यमुना नदीको उद्‍गमस्थल।
74664 ययाति ना. नहुष राजाका छ भाइ छोरामध्ये माहिला छोरा; यदु, पुरु, अनु आदिका पिता; चन्द्रवंशका एक प्रसिद्ध राजा; शर्मिष्ठा र देवयानीका पति; शुक्राचार्य र वृषपर्वाका जुवाइँ।
74665 यर्सी ना. उखु पेल्ने लामो काठको खम्बा।
74666 यव ना. १. देवपितृकार्यका लागि पवित्र मानिने अन्नमध्ये एक; जौ।
74667 यव ना. २. वास्तु तथा मूर्तिकलामा प्रयुक्त, एक जौ बराबरको नापो वा तौल।
74668 यव ना. 3. हस्तरेखा - विज्ञानअनुसार हत्केला वा पैतालाका जा आकारका रेखा।
74669 यवक्षार ना. औषधीका लागि प्रयोग हुने, जौको बोट पोलेको खरानी; जवाखार।
74670 यवद्वीप ना. जाभाद्वीपको पुरानो नाम।
74671 यवन ना. १. युनान देशको आयोनिया प्रान्त वा त्यसैको निवासी।
74672 यवन ना. २. युनानी जाति।
74673 यवन ना. ३. पछि गएर मुसलमान, क्रिस्तानजस्ता विधर्मी विदेशीहरूका लागि प्रयोगमा आउन थालेक शब्द।
74674 यवन ना. ४. शीघ्र गति; छिटो चाल।
74675 यवन ना. ५. घोडा।
74676 यवनिका ना. नाटक प्रदर्शन गरिने मञ्चमा दृश्य परिवर्तन वा नाटक समापन गर्दा लगाइने पर्दा; जवनिका।
74677 यश ना. १. राम्रो काम गर्नेले पाउने इज्जत; सुकीर्ति; राम्रो ख्याति।
74678 यश ना. २. प्रशंसा; तारिफ।
74679 यशस्कर वि. राम्रो कीर्ति वा प्रसिद्धि हुने; नाम चल्ने।
74680 यशस्वान् वि. राम्रो यश भएको; यशशाली।
74681 यशस्वी वि. ठुलो यश प्राप्त गरेको; कीर्तिमान कायम गरेको; प्रसिद्धि पाएको।
74682 यशोगाथा ना. कसैको सत्कार्यको गुणगान गर्ने काम; यशको महिमावर्णन।
74683 यशोधरा ना. गौतम बुद्धकी धर्मपत्नी; राहुलकी आमा ; गोपा।
74684 यष्टि / यष्टी ना. १. लट्ठी।
74685 यष्टि / यष्टी ना. २. लाठो; लौरो।
74686 यष्टि / यष्टी ना. ३. रूखहरूको हाँगो; शाखा।
74687 यष्टि / यष्टी ना. ४. वास्तु तथा मूर्तिकलामा सत्तरी अमल बराबरको नापोलाई बुझाउने शब्द; सत्तरी इन्चको नापो।
74688 यष्टि / यष्टी ना. ५. जेठीमधु।
74689 यस सर्व. यो' सर्वनाम तिर्यक् रूपमा परिणत हुँदा बन्ने रूप; 'जो' बाट 'जस', 'त्यो' बाट 'त्यस' बने झैँ 'यो' बाट बन्ने रूप (यसले, यसमा, यसको, यसबाट आदि)।
74690 यस उसले क्रि.वि. यसकारण; यसो हुनाले; यसनिम्ति।
74691 यसरी क्रि.वि. यस प्रकारले; यसो गरेर; यस किसिमले।
74692 यसै क्रि.वि. १. यसो नै; यस प्रकारले नै।
74693 यसै क्रि.वि. २. यस किसिमले; यही तरिकाले।
74694 यसै क्रि.वि. ३. खास कारण नभई; उसै।
74695 यसै क्रि.वि. ४. मोल नलिईकनै; सित्तैँ।
74696 यसो क्रि.वि. १. यस किसिमले; यसरी।
74697 यसो क्रि.वि. (उदा.- यसो नचल भनेको उसले मानेन )।
74698 यसो क्रि.वि. २. यता।
74699 यसो क्रि.वि. (उदा.- त्यस खोलादेखि यसो मेरो हक छ।) ३. खरखरी; कामचलाउ किसिमले।
74700 यसो क्रि.वि. (उदा.- मैले उसलाई चिनेको छैन, यसो बाटामा देखेको मात्रै हुँ। )।