Dictionary

All Word

74501 यति भङ्ग ना. वार्णिक छन्दमा निश्चित ठाउँको अडानलाई पालन नगर्दा पर्न आउने छन्ददोष; आवश्यक ठाउँमा विश्रान्ति नपर्दा हुने दोष; यतिभङ्ग हुँदा हुने एक काव्यदोष।
74502 यती ना. १. हिमालमा रहने, मनुष्यको जस्तै आकारको मानिएको एक प्रसिद्ध प्राणी; हिममानव; सोक्पा।
74503 यती ना. २. वनझाँक्री।
74504 यत्किञ्चित् क्रि.वि. कुनै पनि वस्तुको थोरै मात्रामा; थोरबहुत; अलिकति।
74505 यत्ति वि. १. यति।
74506 यत्ति वि. २. यति नै।
74507 यत्तिका वि. / क्रि.वि. यतिका।
74508 यत्तिको वि. १. योजत्तिको; यस बराबरको; यतिले भेटेसम्मको।
74509 यत्तिको वि. २. यति धेरै; प्रशस्त; यत्रो।
74510 यत्तिको वि. ३. यति थोरै ; कम्ती।
74511 यत्तिखेर क्रि.वि. यति नै समयमा; यतिखेर।
74512 यत्न ना. १. कुनै पनि उद्देश्य पूरा गरिने कार्य; प्रयास; चेष्टा; उद्योग; कोसिस; जमर्को।
74513 यत्न ना. २. बिग्रिन, नासिन नपाओस् भनी गरिएको हिफाजत; जतन।
74514 यत्न ना. ३. फारोतिनो गर्नका लागि गरिएको सञ्चय; बचोट; सङ्ग्रह।
74515 यत्नतः क्रि.वि. प्रयासका साथमा।
74516 यत्नवान् वि. यत्न गर्ने; यत्नशील।
74517 यत्नशील वि. मिहिनेत गर्ने स्वभावको; यत्नवान्; मिहिनेती।
74518 यत्निखेर क्रि.वि. १. ठिक यसै समयमा; यति नै बेला।
74519 यत्निखेर क्रि.वि. २. अहिले।
74520 यत्र क्रि.वि. यहाँ (समासको आरम्भमा 'तत्र' सँग जोडिएर मात्रै प्रयोग हुने, जस्तै- यत्रतत्र)।
74521 यत्रतत्र क्रि.वि. १. जहाँसुकै पनि जताततै सबैतिर।
74522 यत्रतत्र क्रि.वि. २. विभिन्न ठाउँमा।
74523 यत्रतत्र क्रि.वि. ३. जथाभावी; छरपुस्ट।
74524 यत्रतत्र सर्वत्र क्रि.वि. १. यहाँ र वहाँ मात्र नभई जतासुकै पनि; जताततै।
74525 यत्रतत्र सर्वत्र क्रि.वि. २. सबैतिर।
74526 यत्रैसित / यत्रैसिति वि.बो. केही पर्बाह छैन; केको मतलब; भुत्रैसित; कन्डैसि।
74527 यत्रो वि. १. यस परिमाणभरिको; योजत्रो।
74528 यत्रो वि. सर्व. . यो ( अश्लील अर्थमा, जस्तै- यत्रो खा!)।
74529 यत्रो वि. वि.बो. ३. खेद, पछुतो, असफलता आदि जनाउँदा प्रायः वाक्यको अन्तमा प्रयोग गरिने शब्द।
74530 यत्रो वि. (उदा.- कति चेष्टा गरे पनि सकिएन, यत्रो ! )।
74531 यथा क्रि.वि. १. जस्तै; जुन प्रकारको।
74532 यथा क्रि.वि. २. जसरी; जहाँसम्म; जतिसम्म।
74533 यथाकथित वि. १. भनेजति; भनिएबमोजिम।
74534 यथाकथित वि. क्रि.वि. २. भनिएबमोजिम गरी।
74535 यथाक्रम क्रि.वि. क्रमबद्ध ढङ्गले; सिलसिला मिलाएर; क्रमानुसार।
74536 यथातथा क्रि.वि. १. जथाभावी; जथानाम।
74537 यथातथा क्रि.वि. २. जसरीतसरी।
74538 यथातथ्य क्रि.वि. सही किसिमले; सत्यतापूर्वक।
74539 यथापूर्व वि. १. परम्परादेखि चलेअनुसारको।
74540 यथापूर्व वि. २. पहिले जस्तै; जस्तो थियो त्यस्तै।
74541 यथापूर्व वि. क्रि.वि. ३. पहिले जस्तै गरेर।
74542 यथा भाग क्रि.वि. १. भागअनुसार ; भागशान्तिले भेटेसम्म; भाग लगाएमुताबिक।
74543 यथा भाग क्रि.वि. वि. २. भागअनुसारको।
74544 यथायोग्य क्रि.वि. १. जसो उचित ठहर्छ उसै।
74545 यथायोग्य क्रि.वि. वि. २. जसलाई जे ठिक सुहाउँछ उसलाई त्यस्तै; यथोचि।
74546 यथार्थ वि. १. जस्तो हुनुपर्थ्यो त्यस्तै; जस्ताको तस्तै।
74547 यथार्थ वि. २. ठिक; उचि।
74548 यथार्थ वि. ३. सही; साँचो; सत्य; खास।
74549 यथार्थ वि. ना. ४. वास्तविकता; साँचोपन।
74550 यथार्थत: क्रि.वि. साँच्चै भन्ने हो भने; वास्तवमा।