Dictionary

All Word

74351 मौवा ना. २. महुवा।
74352 मौसम ना. १. उपयुक्त वा अनुकूल समय।
74353 मौसम ना. २. सर्दी, गर्मी आदिका दृष्टिले विभाजित समय; ऋतु, याम।
74354 मौसम ना. ३. बालीनाली लाउने वा पाक्ने खास समय।
74355 मौसमी वि. मौसमसम्बन्धी; मौसमको; ऋतु-ऋतुमा हुने।
74356 मौसमी रिपोट/विवरण ना. जलवायु मापक यन्त्रद्वारा पहिल्याइने मौसमसम्बन्धी विवरण वा तथ्य।
74357 मौसमी हावा ना. मनसुन।
74358 मौसुफ वि. १. प्रशंसा गरिएको; तारिफ गरिएको।
74359 मौसुफ वि. सर्व. २. राजा तथा राजपरिवारका अन्य सदस्यहरूलाई निज वा मजकुरका अर्थमा प्रयोग गरिने सम्मानवाची शब्द; मौसूफ।
74360 मौसूफ वि./सर्व. हे. मौसुफ।
74361 मौहूर्तिक ना. १. ज्योतिषी; गणक।
74362 मौहूर्तिक ना. वि. २. मुहूर्तसम्बन्धी।
74363 म्याँ क्रि.वि. १. भेडा, बाख्रा, पाठा आदि कराउँदाको आवाज आउने गरी।
74364 म्याँ क्रि.वि. ना. २. त्यसरी कराउँदाको आवाज वा ध्वनि।
74365 म्याउँ ना. १. बिरालो (बालबोलीमा)।
74366 म्याउँ ना. क्रि.वि. २. बिरालो कराएको आवाज आउने गरी।
74367 म्याउँचे वि. म्याउँम्याउँ गर्ने खालको; म्याउँम्याउँ गरी बोल्ने (मानिस)।
74368 म्याउँचे वि. स्त्री. माउँची।
74369 म्याउँम्याउँ ना. १. डराएर थुरथुर हुने चाल वा बिस्तारै बोल्ने काम।
74370 म्याउँम्याउँ ना. क्रि.वि. २. लगातार म्याउँको आवाज निकालेर।
74371 म्याक्सी ना. गलादेखि गोडासम्म छोप्ने खालको एउटै जनाना पोसाक।
74372 म्याग्दी ना. नेपालको धवलागिरि अञ्चलअन्तर्गत रहेको एक जिल्ला।
74373 म्याग्मा ना. पृथ्वीभित्र रहेको वा जमिनमुनिको पग्लेको चट्टान।
74374 म्याङ्लुङ ना. १. नेपालको कोसी अञ्चलअन्तर्गत तेह्रथुम जिल्लामा पर्ने एक प्रसिद्ध सिंहवाहिनी देवी।
74375 म्याङ्लुङ ना. २. सोही देवीको स्थान रहेको ठाउँ।
74376 म्याच ना. १. फुटबल, भलिबल आदिको प्रतियोगितात्मक खेल।
74377 म्याच ना. २. सलाई।
74378 म्याच फ्याक्टरी ना. सलाई बनाउने कारखाना (जस्तो- जुद्ध म्याच फ्याक्टरी) |
74379 म्याट्रिक वि. १. दशमलव प्रणालीले नाप्ने वा जोख्ने (प्रणाली)।
74380 म्याट्रिक वि. ना. २. प्रवेशिका परीक्षा; एस. एल. सी.; म्याट्रिकुलेसन।
74381 म्याट्रिकुलेसन ना. विश्वविद्यालयमा प्रवेश पाउनका निम्ति उत्तीर्ण गर्नुपर्ने परीक्षा; एस.एल.सी.।
74382 म्याद ना. १. कुनै कामकुराका निम्ति तोकिएको समयावधि; अन्तिम मिति; हद वा सीमा।
74383 म्याद ना. २. प्रतिवादीलाई तोकिएको समयभित्र प्रतिउत्तर लिई हाजिर हुन आउनू भनी पठाइने पुर्जी; समन; इतलायनामा।
74384 म्यादी वि. म्याद भएको; अस्थायी।
74385 म्यादीजरो ना. आँठेजरो (टाइफाइड)।
74386 म्यादीमलाहा ना. वर्षायामका लागि मात्र हुलाक वस्तु नदीमा वारपार गराउन व्यवस्था गरिएको माझी।
74387 म्यान ना. तरबार राख्ने दाप वा खोल।
74388 म्याना ना. प्रायः चार जनाले बोक्ने, ठुलो सन्दुकका आकारको सवारी साधन; उलिन्काठ; तामदान; पालकी।
74389 म्यानेजर ना. कुनै संस्थान, निगम, भोजनालय आदिका मुख्य व्यक्ति वा पदाधिकारी; प्रबन्धक; व्यवस्थापक।
74390 म्यानेजिङ वि. कामको प्रबन्ध गर्ने; कामको व्यवस्थासम्बन्धी।
74391 म्यानेजिङ एजेन्ट ना. सम्बन्धित ठाउँहरूमा गई प्रबन्ध मिलाउने व्यक्ति; प्रबन्ध मिलाउने गुमस्ता।
74392 म्यानेजिङ डाइरेक्टर ना. महाप्रबन्धक; प्रमुख व्यवस्थापक।
74393 म्यान्जो ना. लामो बसिबियाँलो।
74394 म्यारिड प्रिन्ट ना. चलचित्रकलामा दृश्य र ध्वनिको सम्मिश्रण गरिएको रिल।
74395 म्युजियम ना. १. ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा सार्वजनिक महत्त्वका मूर्ति, कला आदिको सङ्ग्रहालय; अजायबघर।
74396 म्युजियम ना. २. राष्ट्रिय सङ्ग्रहालय |
74397 म्युनिसिपल वि. नगरपालिकासम्बन्धी।
74398 म्युनिसिपलिटी ना. नगरपालिका।
74399 म्रियमाण वि. मर्न लागेको; मरणोन्मुख।
74400 म्लान वि. १. ओइलाएको; सेलाएको; थाकेको।