Dictionary

All Word

74301 मौद्रिक आचार संहिता ना. सीमित क्षेत्रभित्र रहेर बैङ्कहरूले सञ्चालन गर्नुपर्ने कारोबार आदि।
74302 मौद्रिक नीति ना. मुद्राको विनिमय, स्थिरता, प्रचलन आदिका सम्बन्धमा अँगालिने नीति वा नियम |
74303 मौद्रिक विनिमय ना. विभिन्न देशका मुद्राको पारस्परिक विनिमय वा सटही।
74304 मौद्रिक तरलता ना. मुद्रालाई तुरुन्तै वस्तुमा बदल्न सकिने अवस्था; नगदलाई वस्तुमा परिवर्तन गर्ने क्रिया।
74305 मौन ना. १. मौनीहरूको व्रत वा नियम।
74306 मौन ना. २. नबोल्ने नियम वा क्रिया; चुप।
74307 मौन जुलुस ना. कुनै कुराको विरोध प्रदर्शन गर्दा नाराबाजी नगरी शान्तिपूर्ण तरिकाले निकालिने जुलुस।
74308 मौनधारण ना. चुप लागेर बस्ने काम।
74309 मौनपठन/पाठ ना. लिखित सामग्रीलाई श्रवणीय उच्चारणविना ओठ, जिभ्रो नचलाई पढ्ने काम; मनमनैको पढाइ।
74310 मौनवाचन ना. आवाज ननिकाली मनमनै पढ्ने काम; मौनपाठ।
74311 मौनव्रत ना. नबोल्ने व्रत; चुप रहने व्र।
74312 मौनव्रती वि. मौनव्रत लिएको; नबोल्ने भएर बस्ने; मौनी।
74313 मौनी वि. १. मौनव्रत धारण गर्ने; मौनव्रती; अबोला।
74314 मौनी वि. ना. २. माघ महिनाको अमावास्या।
74315 मौनी वि. ३. मुनि।
74316 मौरी १ ना. धापिलो जग्गामा उम्रने, झन्डै उन्युका जस्ता पात हुने एक किसिमको झार।
74317 मौरी २ ना. माहुरी; माउरी।
74318 मौरीको गोलो ना. १. मौरी बस्ने र मौरीले मह काढ्ने थलो।
74319 मौरीको गोलो ना. २. टुङ्गो नलागेको स्थिति।
74320 मौरीपालन ना. महका निम्ति वैज्ञानिक ढङ्गले मौरी पाल्ने उद्योग।
74321 मौरो ना. धापिलो जमिनमा हुने एक जातको घाँस।
74322 मौर्य ना. चन्द्रगुप्त मौर्यदेखि प्रारम्भ भएको, मगधको प्रसिद्ध एक प्राचीन राजवंश |
74323 मौर्वी ना. १. धनुषको डोरी; परिन्जो; प्रत्यञ्चा।
74324 मौर्वी ना. २. मूर्वी घाँसको डोरीबाट बनाइएको कन्धनी।
74325 मौलनु अ.क्रि. राम्ररी सप्रनु; सप्लाउनु; फस्टाउनु; खुब फैलिनु; मौलाउनु।
74326 मौलवी ना. १. इस्लामी धर्मशास्त्रका पुरोहि।
74327 मौलवी ना. २. अरबी, फारसी, उर्दू आदि भाषा पढाउने मुसलमान शिक्षक।
74328 मौलश्री ना. हे. मौलसिरी।
74329 मौलसिरी ना. ससाना सुगन्धी सेता फूल फुल्ने सदाबहार एक वृक्ष; सोही बोटको फूल; मौलश्री; बकुल।
74330 मौलाइ ना. मौलाउने भाव, क्रिया वा प्रक्रिया।
74331 मौलाइनु क.क्रि. बोटबिरुवा आदि सप्रने पारिनु।
74332 मौलाउनु अ.क्रि. १. बोटबिरुवा आदि लहलहाउनु; खुब सप्रनु; हरिलोभरिलो हुनु।
74333 मौलाउनु अ.क्रि. २. उन्नति हुँदै जानु; बढिबढाउ हुनु।
74334 मौलिक वि. १. मूल वा जडसित सम्बन्धित; मूलभू।
74335 मौलिक वि. २. मुख्य; प्रधान।
74336 मौलिक वि. ३. कसैको आधार नलिएको; नवीन वा सृजनात्मक।
74337 मौलिक अधिकार ना. कुनै पनि प्रजातान्त्रिक देशको संविधान वा कानुनी परम्पराले त्यस देशका नागरिकहरूलाई प्रदान गरेका मूलभूत अधिकार; मौलिक हक।
74338 मौलिक कर्तव्य ना. मौलिक हक पाएबापत नागरिकले राष्ट्रका प्रति गर्नुपर्ने कर्तव्य।
74339 मौलिकता ना. मौलिक हुनाको भाव वा अवस्था।
74340 मौलिक रचना ना. अरूको अनुवाद, नक्कल आदि नगरी आफ्नै सृजनात्मक प्रतिभाद्वारा तयार पारिएको कथा, कविता, निबन्ध आदि रचना।
74341 मौलिक हक ना. मौलिक अधिकार।
74342 मौलिनु अ.क्रि. सप्रिनु; झाँगिनु; लहलहाइनु।
74343 मौलिमणि ना. १. श्रीपेचमा जडिएको रत्न।
74344 मौलिमणि ना. २. मस्तकमा पहिरिने मणि।
74345 मौली ना. १. धरती; पृथ्वी।
74346 मौली ना. वि. २. शिरमा मुकुट भएको।
74347 मौलो ना. १. परम्परागत रूपले कोत आदिमा पशुको बलि दिइने किलो; पशुवध गरिने ठाउँ।
74348 मौलो ना. २. हात्ती बाँध्ने किलो; खमारी; खम्बा।
74349 मौलो ना. ३. दाइँ गर्ने खलाका बिचमा गाडेको खाँबो; मियो।
74350 मौवा ना. १. लाम्चालाम्चा पात हुने, भाले र पोथी अङ्ग भिन्नभिन्नै फूलमा हुने एक प्रकारको लेकाली वृक्ष।