Dictionary

All Word

74251 मोही लहरो ना. बाटुला बाक्ला पात हुने, सेतो रङको एक थरी लहरो।
74252 मोहेन्जोदाडो ना. सिन्धुसभ्यताका भग्नावशेष पाइएको, कला, संस्कृति र सभ्यताले पूर्ण भएको एक प्राचीन नगर।
74253 मोहोजी ना. पोसाकका छेउछाउमा गाँसिने लुगाको पेटी वा धरो; सेप्टी; सन्जाप।
74254 मोहोटिनु अ.क्रि. धेरै खानाले अमन हुनु; खान मन मर्नु।
74255 मोहोटो ना. अरुचि; अमन।
74256 मोहोट्याइ ना. मोहोटो हुने वा मोहोटिने क्रियाप्रक्रिया |
74257 मोहोट्याइनु क.क्रि. मोहोट्याउने पारिनु।
74258 मोहोट्याउनु स.क्रि. मोहोटिने पार्नु।
74259 मोहोट्याहट ना. मोहोटिने भाव वा अवस्था।
74260 मोहोतो ना. भोटो, दौरा, सुरुवाल आदि लगाउने कपडाको बाहुलाको मुख; हत्केला वा गोडा छिराएर बाहिर निकालिने सोही ठाउँ।
74261 मोहोर्नु स.क्रि. १. छाला, कपडा, कागत, धातुका पत्र आदिले बाँध्नु, आवरण वा जिल्द हाल्नु; मोहर्नु।
74262 मोहोर्नु स.क्रि. २. तह थपेर छोप्नु; मुख ढाकेर बन्द गर्नु।
74263 मोहोरङ्गे ना. पातको उल्टापट्टि बिझ्ने कुस हुने एक जातको झार।
74264 मोहोराइ ना. मोहोर्ने भाव, क्रिया वा प्रक्रिया।
74265 मोहोराइनु क.क्रि. मोहोर्न लाइनु।
74266 मोहोराउनु प्रे.क्रि. मोहोर्न लाउनु।
74267 मोहोरिनु क.क्रि. छाला, कपडा आदिले छोपिनु; मोहोर्ने काम गरिनु।
74268 मोहोरिया वि. मोहोर वा छाप लागेको; छापे; सनद भएको; मोहरिया।
74269 मोहोरी ना. तोप, बन्दुक आदिको गोली निस्कने मुख; मोहरी।
74270 मोहोलो ना. बालीनाली नखाओस् भनी बस्तुभाउका मुखमा लगाइदिने जालीदार पेरुङ्गो; मोहलो।
74271 मौका ना. १. काम गर्न सुहाउँदो समय; बेलाबख।
74272 मौका ना. २. अवसर; अनुकूलता; सन्जोग।
74273 मौका तहकिकात ना. मौका वा समयमै गरिने खोजतलास |
74274 मौका परीक्षा ना. असफल भएको पत्रमा पुनः दिन पाइने परीक्षा; पुनःपरीक्षा।
74275 मौक्तिक ना. मोती।
74276 मौखिक ना. १. मुखसँग सम्बन्धित; मुख, वाणी वा उच्चारणसम्बन्धी; मुखको।
74277 मौखिक ना. २. लिखित रूपमा नगरिएको।
74278 मौखिक ना. ३. मुखले भनेको।
74279 मौखिक ना. ४. वचन वा स्वीकृति दिइएको।
74280 मौज ना. हे. मोज |
74281 मौजा ना. १. गाउँ; ग्राम।
74282 मौजा ना. २. जग्गा जमिन।
74283 मौजा ना. ३. जिल्ला वा इलाकाको कुनै एक ठाउँ; मौजे।
74284 मौजी वि. हे. मोजी।
74285 मौजुद वि. १. उपस्थित; ठिकठाक; खडा; हाजिर।
74286 मौजुद वि. २. सामुन्ने वा अगिल्तिर रहेको।
74287 मौजुद वि. ३. तयार; प्रस्तु।
74288 मौजुदा क्रि.वि. यस वेला; वर्तमान समयमा; हाल।
74289 मौजे ना. मौजा।
74290 मौजेनी ना. १. मौजाहरूको फिहरिस्त; मौजाहरूको विवरण।
74291 मौजेनी ना. क्रि.वि. २. मौजापिच्छे; हरेक मौजामा।
74292 मौज्दात ना. १. कुल पुँजी; जम्मा भएको मूल धन; मौजा।
74293 मौज्दात ना. २. सञ्चित वा जम्माजम्मी धन।
74294 मौज्यानी ना. १. मौजासँग सम्बन्धि।
74295 मौज्यानी ना. २. मौजाको समुदाय, मौजेनी।
74296 मौञ्जी ना. ब्रह्मचर्य, तपस्या आदि साधना गर्नाका निम्ति लगाइने मुजका डोरीको कटिसूत्र; मेखला।
74297 मौञ्जीबन्धन ना. उपनयन संस्कार; व्रतबन्ध।
74298 मौद्गल्य ना. गोत्रप्रवर्तक एक ऋषि।
74299 मौद्गल्य गोत्र ना. मौद्गल्य ऋषिबाट चलेर आएको एक गोत्र; कोइराला, कुइँकेल, उप्रेती, तिमिल्सिना आदिको गोत्र।
74300 मौद्रिक वि. मुद्रासँग सम्बन्धित; मुद्राको।