Dictionary

All Word

74101 मोटाउनु अ.क्रि. २. धनी हुनु; सम्पन्न हुनु।
74102 मोटामोटी वि. १. राम्रोसँग नियाल्ने काम नभएको; गहिरिएर नहेरिएको (हिसाब आदि)।
74103 मोटामोटी वि. २. मामुली; साधारण; सामान्य।
74104 मोटामोटी वि. ३. पुग-नपुग; झन्डै।
74105 मोटित वि. मोटो भएको; थसुल्ले; मोटो।
74106 मोटो वि. १. जिउमा धेरै मासु भएको; पुस्टिएको; स्थूलकाय; थसुल्लो।
74107 मोटो वि. २. फैलिएको घेरो वा ठुलो चाङ भएको।
74108 मोटो वि. ३. मिहिन नभएको; खस्रो।
74109 मोटो वि. ४. धेरै सम्पत्ति भएको; सम्पन्न।
74110 मोटो वि. ५. धेरै खाँदिएको; बाक्लो।
74111 मोटो वि. ६. गढिलो नभएको; बोधो (बुद्धि, काम इ.)।
74112 मोटोघाटो ना. देख्दैमा रहरलाग्दो जिउ भएको; हृष्टपुष्ट; थाम्मरथुम्मर; तन्दुरुस्।
74113 मोट्टायित ना. काव्यशास्त्रका अनुसार प्रियतमको गुण आदिको प्रशंसा सुनेर मुग्ध भई अनुराग व्यक्त गर्ने एक प्रकारको भाव।
74114 मोट्याइलो वि. मोटो-मोटोजस्तो लागेको; लगभग मोटो।
74115 मोठ ना. १. जग्गैपिच्छेको कित्ता छुट्टिने गरी तयार पारिएको लगत दर्ताकिताब।
74116 मोठ ना. २. गुलेलीको माझमा समाउने ठाउँमा बाँधेको काठ।
74117 मोठ ना. ३. खुकुरी, तरबार, खुँडा आदिको मुठीले समाउने ठाउँ; मुठ; बिँड।
74118 मोठ ना. ४. सम्पत्तिको मूल हिसाब लेखिएको कागज।
74119 मोठ ना. क्रि.वि. ५. एकमुस्ट ; डक्क।
74120 मोठ तहबिल ना. मुख्य ढुकुटी; एकमुस्ट वा सम्पूर्ण रकम राखिने ढुकुटी |
74121 मोठबन्दी ना. किल्लाबन्दी; साँधसिमाना लगाउने काम।
74122 मोड्नु स.क्रि. १. बङ्ग्याउनु; टेढ्याउनु।
74123 मोड्नु स.क्रि. २. बाटो बदल्नु; दायाँ-बायाँ लाग्नु।
74124 मोड्नु स.क्रि. ३. पट्याउनु; दोबार्नु।
74125 मोड ना. १. सडक घुमेको वा मोडिएको ठाउँ; मोडिने ठाउँ; डेउढी; ड्यौढी; घुम्ती।
74126 मोड ना. २. मुहुडा।
74127 मोडदार वि. मोड भएको; घुम्ती भएको।
74128 मोडदार पर्वत ना. कुनै भाग माथि उठेको कुनै भाग तल धसिएको पहाड।
74129 मोडाइ ना. मोड्ने भाव, क्रिया वा प्रक्रिया |
74130 मोडाइनु क.क्रि. मोड्न लाइनु।
74131 मोडाउनु प्रे. क्रि. मोड्न लाउनु।
74132 मोडिनु अ.क्रि. १. बाटो बदलेर वा घुमेर जानु।
74133 मोडिनु अ.क्रि. २. टेढिनु; बाङ्गिनु।
74134 मोडिनु अ.क्रि. ३. दोब्रिनु।
74135 मोडिनु अ.क्रि. क.क्रि. ४. बङ्ग्याइनु।
74136 मोतिया ना. बाटुला किसिमका ससाना पात हुने र बास्नादार सेता फूल फुल्ने एक वृक्ष वा त्यसैको फूल।
74137 मोतियाबिन्दु ना. मोतीबिन्दु।
74138 मोती ना. समुद्री सिपीबाट निस्कने वा बन्ने एक प्रकारको बहुमूल्य सेतो रत्न; मुक्ताफल।
74139 मोतीचुर ना. जिलेबी झैँ घिउमा पकाई पागमा डुबाएर बनाइने दानादार मिठाई; मुगीको लड्डु।
74140 मोतीदाने वि. मोतीका दानाजस्ता राम्रा (अक्षर आदि); मोतीका दाना झैँ।
74141 मोतीबिन्दु ना. आँखाको नानीमा जालो पर्ने एक रोग; मोतियाबिन्दु।
74142 मोतीराम ना. नेपाली साहित्यको माध्यमिक कालमा शृङ्गारधाराका प्रवर्तक, सक्रिय कवि तथा प्रसिद्ध साहित्यसेवी।
74143 मोतीराम ना. ( पूरा नाम : मोतीराम भट्ट, जीवनकाल : वि. सं. १९२३ - १९५३)।
74144 मोथे ना. कसुरका जस्ता पात हुने, ज्वाने फूल झैँ फुल्ने (साइपरेसी समूहको) एक भुईंझार; नागरमोथे; नागरमुस्ता; भद्रमुस्ता।
74145 मोद ना. १. आनन्द; प्रसन्नता; हर्ष; खुसी।
74146 मोद ना. २. सुगन्ध; बास्ना।
74147 मोदक वि. १. मोद वा आनन्द गराउने; प्रसन्नतादायक; हर्षप्रद।
74148 मोदक वि. ना. २. लड्डु।
74149 मोदी ना. अन्नपूर्णा हिमालको पूर्वी भाग र माच्छापुच्छ्रे हिमालको पश्चिमी भागबाट उत्पन्न भई पर्वत जिल्लाको कुस्मादेखि आधा कोस दक्षिणमा पुगी कालीगण्डकीमा मिसिने एक नदी।
74150 मोदीबेनी ना. कालीगण्डकीको तीरमा स्थित, नृसिंहको मन्दिर रहेको एक प्रसिद्ध तीर्थस्थान।