Dictionary

All Word

74051 मैलिनु अ.क्रि. २. घसरपसर हुनु; काती हुनु; घिस्टिनु; दाग लाग्नु।
74052 मैलो वि. १. मयल भएको; मयल लागेको; मयलयुक्।
74053 मैलो वि. २. सफासुग्घर नभएको; फोहर।
74054 मैलो वि. ३. अँध्यारो; मलिन।
74055 मैल्याइ ना. १. मैलिने भाव, क्रिया वा प्रक्रिया।
74056 मैल्याइ ना. [मैल्याउ+आइ] २. मैल्याउने भाव, क्रिया वा प्रक्रिया।
74057 मैल्याइनु क.क्रि. मैलो पारिनु।
74058 मैल्याउनु स.क्रि. मैलो पार्नु; फोहोर गर्नु।
74059 मोक्तो ना. मोमोचा बनाउने भाँडाको एक खण्ड वा तह।
74060 मोक्ष ना. १. जन्ममृत्युको चक्रबाट जीवले छुटकारा पाउने काम; मुक्ति; कैवल्य; निर्वाण।
74061 मोक्ष ना. २. बन्धनबाट छुट्ने काम; छुटकारा।
74062 मोक्ष ना. ३. मरण; मृत्यु।
74063 मोक्ष ना. ४. उद्धार।
74064 मोक्ष ना. ५. वास्तुकला वा मूर्तिकलामा अङ्गुलवा मात्रा बराबरको नाप।
74065 मोक्षदा वि. १. मोक्ष दिने; मुक्त गर्ने।
74066 मोक्षदा वि. ना. २. मार्ग शुक्ल एकादशी।
74067 मोगलान ना. हे. मुगलान।
74068 मोघ वि. १. व्यर्थ हुने; खेर जाने; निरर्थक।
74069 मोघ वि. २. निरुद्देश्य; निष्प्रयोजन।
74070 मोच १ ना. १. झट्का वा धक्का लागेर शरीरका कुनै भागको जोर्नीको नसा यताउता हुने क्रिया।
74071 मोच १ ना. २. गर्भमा नै बालक मरेर जन्मने वा जन्मनासाथ मर्ने एक रोग।
74072 मोच १ ना. ३. बालक सुक्तै जाने एक रोग।
74073 मोच २ ना. बाबियोजस्तो पाट निकालिने एक थरी बोट।
74074 मोचन ना. १. कष्ट तथा बाधाबन्धन आदिबाट छुटाउने वा छुट्ने काम।
74075 मोचन ना. २. हटाउने काम; अपसारण।
74076 मोचामोची ना. सानातिना केटाकेटी।
74077 मोचो ना. १. केटो; ठिटो।
74078 मोचो ना. २. नोकर।
74079 मोच्याहा वि. मोच रोग भएको र हुनेगरेको (मानिस वा ठाउँ)।
74080 मोच्याहा वि. स्त्री. मोच्याही |
74081 मोज ना. १. सुख; आनन्द; सोख; मज्जा; चैन; मौज।
74082 मोज ना. २. मनको लहड; हौसला; उमङ्ग।
74083 मोजमज्जा ना. मनमोज; मोज र मज्जा; सुखचैन; आमोदप्रमोद।
74084 मोजरा ना. १. आंशिक छुट।
74085 मोजरा ना. २. धनीलाई गरिने अभिवादन।
74086 मोजरा ना. ३. रन्डीहरूले बसीबसी गाउने प्रक्रिया |
74087 मोजा ना. पैतालादेखि पिँडौलामनिसम्म ढाक्ने गरी गोडामा लगाइने वस्त्र वा पहिरन।
74088 मोजी वि. मोज गर्ने; आनन्दी; मस्त; मौजी |
74089 मोटक ना. श्राद्ध, तर्पण आदिमा प्रयोग गरिने, दोब्याएर पवित्र बनाइएको कुश।
74090 मोटर ना. १. पेट्रोल, डिजेल, विद्युत्शक्ति आदिबाट ऊर्जा पैदा भई चल्ने यन्त्र; इन्जिन चलाउने मुख्य पुर्जा।
74091 मोटर ना. २. त्यस्तो यन्त्रबाट सञ्चालित हुने सवारी साधन।
74092 मोटरकार ना. मोटरबाट सञ्चालित हुने सुविधायुक्त हल्का सवारी साधन; कार।
74093 मोटरखाना ना. मोटर राख्ने ठाउँ; ग्यारेज।
74094 मोटरगार्ड ना. मोटरगाडीहरूमा चक्काको ठिक माथि रहने फलामे ढकनी।
74095 मोटरसाइकल ना. मोटर इन्जिनबाट चल्ने दुईपाङ्ग्रे सवारी; मोटरब्याक, भ्याटभ्याटे।
74096 मोटाइ ना. १. मोटाउने भाव, क्रिया वा प्रक्रिया |
74097 मोटाइ ना. २. मोटोपन।
74098 मोटाइनु अ.क्रि. १. मोटो होइनु।
74099 मोटाइनु अ.क्रि. २. धनी बनिनु।
74100 मोटाउनु अ.क्रि. १. मोटो हुनु; पोटिलो हुनु; हृष्टपुष्ट हुनु; अथुलाउनु; मासु लाग्नु।