Dictionary

All Word

73901 मेरु ना. ४. पिङको डोरी अड्याउने काठ।
73902 मेरु ना. ५. मेरुदण्ड; ध्रुव।
73903 मेरुदण्ड ना. १. गर्धनदेखि गुदद्वारसम्म गएको पिठिउँका बिचको ठाडो हाड; पृष्ठवंश।
73904 मेरुदण्ड ना. २. भूगोलका अनुसार पृथ्वीको दक्षिणी ध्रुवदेखि उत्तरी ध्रुवसम्म गएको सोझो कल्पित रेखा।
73905 मेरुपृष्ठ ना. आकाश।
73906 मेरो वि. १. 'म' शब्दको षष्ठी विभक्तिको एकवचन |
73907 मेरो वि. २. आफ्नो।
73908 मेल १ ना. १. परस्पर भेट्ने काम; मिलाप; समागम।
73909 मेल १ ना. २. आपसको सद्भावना; मित्रता; मैत्री।
73910 मेल १ ना. ३. मिश्रण; मिलावट।
73911 मेल १ ना. ४. समाज; सभा।
73912 मेल १ ना. ५. ढङ्ग; छाँट।
73913 मेल १ ना. ६. प्रकार; तरिका।
73914 मेल १ ना. ७. प्रेम; प्रीति।
73915 मेल १ ना. ७. सङ्गीतशास्त्रमा एक प्रकारको थाट।
73916 मेल २ ना. १. हुलाकद्वारा वितरित गरिने चिठी, पार्सल आदि डाँक।
73917 मेल २ ना. २. हुलाकव्यवस्था; हुलाकी वस्तु ओसार्ने यातायातको साधन; डाँकगाडी।
73918 मेलगाडी ना. डाँकगाडी; मेल।
73919 मेलजोल ना. मेलमिलाप; मिलजुल।
73920 मेलन ना. १. मिलाउने वा मिसाउने काम; मिलावट; मिश्रण।
73921 मेलन ना. २. भेटघाट; मिलन।
73922 मेलब्याग ना. डाँकको थैली; चिठीपत्र आदि हाल्ने थैलो।
73923 मेलम्ची ना. हे. मेलौँची।
73924 मेलमिलाप ना. परस्परमा राम्रो सम्बन्ध वा मैत्री हुने काम; मिलजुल; मेलजोल।
73925 मेलशाखा ना. मेल वा डाँकसम्बन्धी काम गर्ने शाखा।
73926 मेला ना. १. आपसको समागम; भेट; मिलन।
73927 मेला ना. २. सभा; समाज।
73928 मेला ना. ३. यात्रा, उत्सव, तीर्थस्थल आदिमा हुने मानिसहरूको जमघट।
73929 मेला ना. ४. सुर्मा।
73930 मेला ना. ५. खेतीको काम; मेलो।
73931 मेला ना. ६. खास अवसरमा लाग्ने बजार; ठुलो हाट।
73932 मेला ना. ७. भिड; घुइँचो।
73933 मेला ना. ८. स्वरग्राम।
73934 मेला ना. ८. एक बोटविशेष।
73935 मेला ना. १०. गौचरन।
73936 मेला ना. ११. धेरै जना मिलेर गरिने आआफ्नो काम।
73937 मेलापक वि. मेल गराउने; मिलाउने।
73938 मेलापात ना. खेतबारीमा धेरै जना मिलेर गरिने कामकाज।
73939 मेलासन्जोग ना. बेला मौका; काकताली।
73940 मेलो ना. १. कामको सिलसिला; मेसो।
73941 मेलो ना. २. खेतीपातीको काम।
73942 मेलो ना. ३. एउटा कामदारले दिनभरमा गर्न सक्ने काम।
73943 मेलोमेसो ना. कामको सुर वा सिलसिला।
73944 मेलौँची ना. सिन्धुपाल्चोक जिल्लामा पर्ने इन्द्रावतीको एक मुख्य सहायक नदी; मेलम्ची।
73945 मेलौँची घ्याङ ना. सोही स्थानमा पर्ने बौद्धमार्गी लामाहरूको एक घ्याङ वा देवस्थल |
73946 मेलौँची खानेपानी योजना ना. काठमाडौँको पानीको माग पूर्ति गर्ने ठुलो योजना।
73947 मेवा ना. १. मसलाका रूपमा खाइने काजु, मुनक्का, बदाम आदि सुक्खा फल।
73948 मेवा ना. २. प्रायः हाँगा नलाग्ने बोटमा अँडिरका जस्ता पात हुने, काला बियाँ भएका ठुला र लाम्चा फल फल्ने एक बोट वा त्यसकै फल; पपिता।
73949 मेवा ना. ~।
73950 मिष्टान्न ना. फलफूल, मिठाई आदि परिकार।