Dictionary

All Word

73851 मेडिकल वि. औषधीसम्बन्धी; चिकित्सासम्बन्धी।
73852 मेडिकल काउन्सिल ना. चिकित्सकहरूको सङ्गठन; चिकित्सकसङ्घ।
73853 मेडुसा ना. समुद्री किनारको थलथलमा बस्ने माछो।
73854 मेढाशृङ्गी ना. बाटुला, ठुलठुला पात हुने, राता फूल फुल्ने र लामालामा फल हुने एक वृक्ष वा त्यसैको फल; मेषशृङ्गी।
73855 मेढो ना. बलि दिइने पशु; बलिका निम्ति छुट्ट्याइएको बोको आदि।
73856 मेथी ना. केराउका जस्ता पात हुने, सेता फूल फुल्ने, मसिना पहेँला दाना हुने तितो एक किसिमको साग वा त्यसका दाना; मेथिका।
73857 मेथी जाउलो ना. मेथीले झानेको जाउलो; मेथी हालेर बनाइएको पथ्य भा।
73858 मेद ना. १. बोसो।
73859 मेद ना. २. विशेष प्रकारको एक वर्णसङ्कर जाति।
73860 मेद ना. ३. एक नागराक्षस।
73861 मेद कोष ना. रगत र पित्ते थैलीमा पाइने बोसोको तरल तत्त्व (कोलेस्टेरल)।
73862 मेद सार ना. आफ्नै विशेष प्रणाली भएको पारदर्शक शारीरिक द्रव।
73863 मेदस्वी वि. १. मोटो; थसुल्लो; स्थूलकाय।
73864 मेदस्वी वि. २. हृष्टपुष्ट; हट्टाकट्टा।
73865 मेदा ना. अदुवाका जस्ता कन्द र पात हुने एक बुटी वा त्यसैको कन्द |
73866 मेदागिरि ना. पुनर्नवाका जस्ता तर ससाना पात हुने, मसिना निला फूल फुल्ने र जराचाहिँ राता हुने, आयुवर्द्धक मानिने एक बुटी; ब्राह्मी; घोडताप्रे।
73867 मेदिनी ना. १. पृथ्वी; धरती; धर्ती।
73868 मेदिनी ना. २. संस्कृत भाषाको एक शब्दकोश।
73869 मेदी ना. पुरानै जराबाट उम्रिएको चौथो सालको बाली।
73870 मेध ना. १. हवन; होम; यज्ञ।
73871 मेध ना. २. यज्ञमा बलि चढाइने पशु; यज्ञीय पशु।
73872 मेधा ना. १. कुरा बुझ्ने र सम्झिरहने शक्ति; धारणात्मक शक्ति।
73873 मेधा ना. २. तीव्र बुद्धि; प्रज्ञा।
73874 मेधा ना. ३. यज्ञ।
73875 मेधा ना. ४. सरस्वतीको एक रूप।
73876 मेधावान् वि. मेधा भएको; बुद्धिमान्; मेधावी।
73877 मेधावी वि. बुद्धि भएको; मेधावान्।
73878 मेधावी मानव ना. नृतत्त्वशास्त्रअनुसार प्राचीन समयको पहिलो बुद्धिमान् मानिस; मुस्तेर मानव; नियन्डरथल मानव।
73879 मेध्य वि. १. यज्ञका लागि उपयुक्।
73880 मेध्य वि. २. यज्ञसम्बन्धी; यज्ञीय।
73881 मेध्य वि. ३. मेधावर्द्धक; विशुद्ध; चोखो।
73882 मेध्य वि. ना. ४. बोको।
73883 मेध्य वि. ५. जौ।
73884 मेध्य वि. ६. खयरको रुख।
73885 मेध्य वानर ना. नृतत्त्वशास्त्रअनुसार चेतनायुक्त मानिसजस्तो बाँदर; नरवानरगणमध्ये एक; अपुच्छ्ख्यातचतुष्कमध्ये एक।
73886 मेनका ना. १. शकुन्तलालाई जन्म दिने एक अप्सरा।
73887 मेनका ना. २. हिमालयकी पत्नी |
73888 मेनु ना. रेस्टुराँ, होटल, क्याफे आदिमा खाद्य पदार्थका नाम र मूल्यको विवरण लेखिएको पत्र।
73889 मेनेजर ना. व्यवस्थापक; प्रबन्धक।
73890 मेनेजरी ना. मेनेजरको काम वा पद।
73891 मेन्डोलिन ना. चार वा पाँच जोडी तार हुने, गहिरो गोलो तुम्बा हुने र बाले बजाइने एक वाद्ययन्त्र।
73892 मेम ना. पाश्चात्य देशका सभ्य स्त्री; अङ्ग्रेज नारी; मेमसाहेब।
73893 मेमो ना. कुनै कामकुराका बारेमा भएका कारबाई स्पष्ट गर्नका निम्ति लेखिने सम्झनापत्र; स्मरणपत्र; ताकिता।
73894 मेम्बर ना. सङ्घ, संस्था आदिको सदस्य; सभासद्।
73895 मेयर ना. नगरपालिका वा महानगरपालिकाको निर्वाचित अध्यक्ष; नगरपिता।
73896 मेरी बास्सै वि.बो. मेरी आम्मै; आम्मै नि।
73897 मेरी बास्सै वि.बो. (उदा.- मैले त तिमीलाई पुल्टुङबाजी खाँदा म भन्ठानेको, मेरीबास्सै ! धन्य बाँच्यो ! )।
73898 मेरु ना. १. पुराणमा वर्णित एक पर्वत; सुमेरु पर्व।
73899 मेरु ना. २. जपमालाको दुई छेउ जोडी त्यसमा उनिएको दाना; सुमेरु।
73900 मेरु ना. ३. हारका बिचको मणि।