Dictionary

All Word

73751 मृत्युलोक ना. २. यमलोक।
73752 मृत्युशय्या ना. मर्ने अवस्थाको शय्या; मरणासन्न अवस्था; पथरा।
73753 मृत्युशुल्क ना. १. मुर्दा जलाउनका लागि लिइने शुल्क।
73754 मृत्युशुल्क ना. २. कुनै व्यक्ति मर्दा त्यसको सम्पत्तिमा लाग्ने सरकारी दस्तुर।
73755 मृत्सिकताश्म ना. भूगर्भशास्त्रअनुसार माटो र बालुवा जमेर बनेको ढुङ्गो।
73756 मृदङ्ग ना. १. छाला मोडेर बनाइएको ढोलकजस्तो एक प्रकारको तालबाजा।
73757 मृदङ्ग ना. २. बाँस।
73758 मृदङ्गी वि. मृदङ्ग बजाउने (व्यक्ति)।
73759 मृदु वि. १. कोमल; मुलायम; नरम; कमलो; सुकुमार।
73760 मृदु वि. २. मिठास भरिएको; मधुर (स्वर)।
73761 मृदु वि. ३. निर्धो ; कमजोर; दुर्बल।
73762 मृदु वि. ४. सुस्त; मन्द (गति)।
73763 मृदुता ना. मृदु हुनाको भाव वा अवस्था; कोमलता; मिठास।
73764 मृदुभाषी वि. मिठो बोल्ने; मिष्ठभाषी; मधुरभाषी।
73765 मृदुल वि. १. कोमल; मृदु।
73766 मृदुल वि. २. सुकुमार।
73767 मृदुल वि. ३. उदार; दयालु।
73768 मृदुलता ना. मृदुल हुनाको भाव वा अवस्था; सौकुमार्य; सरलता।
73769 मृद्वी ना. १. अङ्गुरको झुप्पा; द्राक्षा।
73770 मृद्वी ना. २. सुकुमार अङ्ग भएकी स्त्री।
73771 मृद्वीपाक ना. पहिले केही नीरस र पछि मधुर स्वाद भएको काव्यरचना |
73772 मृन्मय वि. १. माटो भएको; माटाको।
73773 मृन्मय वि. २. माटाले बनेको; मृण्मय।
73774 मृषा वि. १. असत्य; झुटो ; मिथ्या।
73775 मृषा वि. क्रि.वि. २. बिनसित्ति; व्यर्थमा विनाकारण।
73776 मे ना. ग्रेगोरी पात्रोअनुसार वर्षको पाँचौँ महिना; अप्रिल र जुनका बिचको महिना; मई।
73777 मेकअप ना. १. मुद्रणकलामा कम्पोज भएको म्याटरलाई निर्देशित आकारमा परिणत गरी मिलाउने काम।
73778 मेकअप ना. २. रङ्गमञ्च, प्रदर्शन र सौन्दर्यका लागि शरीरका अङ्ग अङ्गमा गरिने प्रसाधन वा श्रृङ्गार।
73779 मेख १ ना. घमन्ड; तुजुक; अभिमान।
73780 मेख २ ना. दुई निदालका बिचको जोर्नीमा ठोकिने किलो; किलो।
73781 मेखला ना. १. कम्मरमा बाँध्ने कन्धनी; काञ्ची।
73782 मेखला ना. २. पर्वतको मध्य भाग।
73783 मेखला ना. ३. कुनै वस्तुको मध्य भागलाई चारैतिरबाट बेर्ने डोरी; धागो; शृङ्ला; साङ्ली।
73784 मेखला ना. ४. नर्मदा नदी।
73785 मेखला ना. ५. साधुसन्न्यासीहरूले लगाउने घाँटीदेखि घुँडामनिसम्म आउने लामो एकसरो वस्त्र; अलखा।
73786 मेखली ना. १. राई जातिका स्त्रीहरूले लगाउने घाँटीदेखि घुँडासम्म ढाक्ने लामो एक प्रकारको सेतो वस्त्र।
73787 मेखली ना. वि. २. मेखला लाउने (व्यक्ति)।
73788 मेगजिन ना. १. तोप, बन्दुक, गोलीगट्ठा आदि लडाइँका सामानहरू बनाउने वा राख्ने ठाउँ।
73789 मेगजिन ना. २. जगेडाका रूपमा गोली भरी राख्न राइफलमा जडिएको बट्टाका आकारको अवयव।
73790 मेगजिन ना. २. पत्रपत्रिका।
73791 मेघ ना. १. आकाशमा जम्मा भएको जलकण; बादल; मेहरो।
73792 मेघ ना. २. कुहिरो।
73793 मेघ ना. ३. एक बास्नादार घाँस; मोथे।
73794 मेघ ना. ४. थुप्रो; समूह; रास।
73795 मेघ ना. ५. सङ्गीतशास्त्रका अनुसार गान्धार र धैवत स्वर वर्जित भई निषाद स्वर कोमल हुने र प्रायः रात्रिको चौथो प्रहर र वर्षायाममा हरसमय गाउन हुने औडव जातिको एक राग।
73796 मेघकाल ना. वर्षाऋतु।
73797 मेघनाद ना. १. बादलको गडगडाहट; मेघको गर्जन।
73798 मेघनाद ना. २. वरुण।
73799 मेघनाद ना. ३. रावणको छोरा इन्द्रजित्।
73800 मेघमाला ना. बादलको ताँती।