Dictionary

All Word

73801 मेघराज ना. इन्द्र।
73802 मेघागम ना. १. वर्षायामको थालनी।
73803 मेघागम ना. २. वर्षा ऋतु।
73804 मेघाच्छन्न वि. बादल डम्म लागेको; बादलले ढाकेको।
73805 मेघाडम्बर ना. मेघको गर्जन।
73806 मेघालय ना. पूर्वतिर रहेको भारतको एउटा राज्य।
73807 मेच ना. काठ वा धातुको चार खुट्टा र अडेसोसमेत भएको केही अग्लो बस्ने साधन; कुर्सी।
73808 मेचक वि. १. गाढा निलो; कृष्णवर्णको; श्यामल।
73809 मेचक वि. २. अन्धकार; अँध्यारो।
73810 मेचक वि. ना. ३. कालो वर्ण; श्यामल वर्ण।
73811 मेचक वि. ४. बादल।
73812 मेचक वि. ४. धुवाँ।
73813 मेचक ब्रीहि ना. कालो बडहरी धान |
73814 मेची ना. नेपालको पूर्वी सिमानामा बग्ने एक प्रसिद्ध नदी।
73815 मेची अञ्चल ना. मेची नदीको नामबाट नामकरण भएको ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्ला भएको एक अञ्चल।
73816 मेचे ना. मेची अञ्चलअन्तर्गत झापा जिल्लामा बस्ने एक जाति।
73817 मेचेकोचे ना. मेचे र त्यस्तै कोचे जातिको वर्ग।
73818 मेछे ना. जङ्गी पोसाकको बेल्टमा किरिच घुसारिने ठाउँ।
73819 मेजमान ना. १. पाहुनापाछाको स्वागतसत्कार गर्ने व्यक्ति।
73820 मेजमान ना. २. अतिथिका रूपमा विशिष्ट व्यक्तिलाई बोलाएर भोजन गराउने व्यक्ति; मेजबान।
73821 मेजमानी ना. १. मेजमानको काम।
73822 मेजमानी ना. २. कोसेली; सौगा।
73823 मेजमानी ना. ३. अतिथिहरूलाई खुवाउने विशिष्ट भोजको आयोजना।
73824 मेजर ना. १. मुख्य; प्रधान; जङ्गी वा सैनिक सेवातर्फ कप्तानभन्दा माथि र लेफ्टिनेन्ट कर्णेलभन्दा मुनिको बिचको सैनिक दर्जा; सेनानी।
73825 मेजर कप्तान ना. कप्तानमाथिको सैनिक दर्जा; मेजर; सेनानी।
73826 मेजर जनरल ना. ब्रिगेडियर जनरलभन्दा माथिको सैनिक अधिकारी; उपरथी।
73827 मेजर सुबेदार ना. सुबेदारभन्दा माथि र सेकेन्ड लेफ्टिनेन्टभन्दा तलको एक जङ्गी दर्जा; प्रमुख सुबेदार |
73828 मेजो ना. आमदानीखर्चको बराबरी |
73829 मेट्नु स.क्रि. १. दाग, चिह्न, अक्षर, चित्र आदि घोटेर वा पुछेर हटाउनु; नामेट पार्नु।
73830 मेट्नु स.क्रि. २. अक्षर वा चित्रलाई कलम वा कुचीले नदेखिने गरी पुछ्नु; केरमेट गर्नु; केर्नु।
73831 मेट्नु स.क्रि. ३. मिल्काउनु; फ्याँक्नु; फाल्नु।
73832 मेट्नु स.क्रि. ४. भोक, प्यास आदि हटाउनु; तृप्त गर्नु।
73833 मेट्नु स.क्रि. ५. अस्तित्वको लोप गर्नु; सखाप पार्नु।
73834 मेट ना. मेट्ने काम वा प्रक्रिया।
73835 मेटमाट ना. १. जे-जसरी भए पनि मेट्ने काम; पुछपाछ।
73836 मेटमाट ना. २. छिनाफाना।
73837 मेटाइ ना. मेट्ने भाव, क्रिया वा प्रक्रिया।
73838 मेटाइनु क.क्रि. मेट्न वा पुछ्न लाइनु।
73839 मेटाउनु प्रे.क्रि. मेट्न लाउनु; मेट्ने पार्नु।
73840 मेटामेट ना. परस्परमा एक-अर्काले मेट्ने काम।
73841 मेटिनु क.क्रि. मेट्ने काम गरिनु; पुछिनु; केरिनु।
73842 मेटी ना. समाप्ति; टुङ्ग्याइ (सीमित शब्दमा जोडिएर मात्र प्रयुक्त, जस्तो- मरिमेटी, मारीमेटी आदि)।
73843 मेटो ना. बाँकी रहेको कामको भाग।
73844 मेटो माराइ ना. बचेका कामलाई पूरा गर्ने क्रिया; बाँकी कामको तुराइ।
73845 मेठ १ ना. कामदार, ज्यामीहरूलाई काम लगाउने नाइके; ज्यामीको नाइके।
73846 मेठ २ ना. घरमा थाममाथि र निदालमनि रहने काठको ठेउको।
73847 मेठ ३ ना. मदेसका नयाँ फँडनी वा झोरामा जमिनदारसरहको मान वा दर्जा।
73848 मेठबन्दी ना. १. विभिन्न रकमका खर्चको फाँट।
73849 मेठबन्दी ना. २. मेठ जग्गाको साँध, सिमाना वा त्यस्तो जग्गाको किल्लाकोहला गरी लेखिएको मुचुल्का काग।
73850 मेठाङ्गी ना. मेठले गर्ने काम; मेठको काम वा पद।