Dictionary

All Word

73951 मेशिन ना. हे. मेसिन।
73952 मेष ना. १. भेडो।
73953 मेष ना. २. बाह्र राशिमध्ये एक; मेष राशि |
73954 मेषशृङ्ग ना. १. मेढाशृङ्गी।
73955 मेषशृङ्ग ना. २. भेडाको सिङ।
73956 मेष सङ्क्रान्ति ना. वैशाख महिनामा लाग्ने सङ्क्रान्ति; बैसाखे सग्राँती।
73957 मेसिन ना. १. यन्त्र; कल; मिसिन।
73958 मेसिन ना. २. लुगा सिउने साधन; मेशिन।
73959 मेसिन गन ना. यन्त्रजडित बन्दुक; छिटोछिटो गोली चल्ने बन्दुक |
73960 मेसिनरी ना. १. कुनै कलकारखानामा भएका यन्त्रहरूको समुदाय; कलपुर्जा।
73961 मेसिनरी ना. २. कार्यसञ्चालन गर्ने अङ्गप्रत्यङ्गको समूह।
73962 मेसु ना. बाँसको टुसो खाँदेर अमिल्याइएको अचार वा खाद्य पदार्थ; तामा।
73963 मेसो ना. १. कामको सिलसिला; कार्यक्रम।
73964 मेसो ना. २. रहस्य; भेउ।
73965 मेह ना. १. पिसाब; मु।
73966 मेह ना. २. प्रमेह।
73967 मेहत्तर ना. फोहोरमैला सफा गर्ने काम लिएको व्यक्ति; कुचिकार; पोडे; च्यामे; मेहतर।
73968 मेहदी ना. ससाना लाम्चा पात हुने, साना फूल फुल्ने र साना राता गेडा फल्ने, प्रायः स्त्रीजातिले हातखुट्टा रँगाउन प्रयोग गर्ने एक बोट वा त्यसका पातको झोल; तैरिणी; मेन्धी।
73969 मेहनत ना. १. परिश्रम; मिहिनेत; श्रम।
73970 मेहनत ना. २. प्रयास; कोसिस; उद्योग।
73971 मेहनताना ना. मिहिनेत गरेबापत दिइने ज्याला; पारिश्रमिक; मजदुरी।
73972 मेहनती वि. मेहनत गर्ने; परिश्रमी।
73973 मेहमान ना. १. अतिथि; पाहुना; आगन्तुक; अभ्यागत्।
73974 मेहमान ना. २. खानपानका लागि बोलाइएको व्यक्ति; भोजमा निम्त्याइएको व्यक्ति।
73975 मेहमानी ना. १. मेहमान हुने क्रिया वा अवस्था।
73976 मेहमानी ना. २. भोज।
73977 मेहरबान वि. दयालु; कृपालु।
73978 मेहरबानी ना. कृपा; दया; निगाह।
73979 मेहरो ना. १. बादलको पङ्क्ति; मेघमाला।
73980 मेहरो ना. २. बर्सेको पानीको झोक्का |
73981 मेहले ना. एक प्रकारको जङ्गली जनावर।
73982 मेहेरी ना. क्रमैमा आएको पालो।
73983 मेहेरी छोपाइ ना. मौकाअनुसार काम गर्ने क्रिया।
73984 मैगाँठो ना. धागो वा डोरीका दुई छेउ जोल्ट्याएर पारिएको गाँठो; सुर्काउनी नपारी बनाइएको गाँठो।
73985 मैझारो ना. कामको समाप्ति; टुङ्ग्याउनी।
73986 मैझारो ना. विप. खेवारा।
73987 मैतालु वि. १. माइत धेरै बस्ने (स्त्री)।
73988 मैतालु वि. २. विवाहउपरान्त पहिलोपल्ट दुलहीले माइतमा लैजाने ( विभिन्न परिकार)।
73989 मैतालु वि. ३. पतिलाई छोडी माइतैमा बसोबास गर्ने (स्त्री)।
73990 मैतालु वि. ४. पतिको घरबाट माइतमा आएकी (स्त्री)।
73991 मैतालु मैयाँ ना. धेरै दिन माइत बसेकी दुलही।
73992 मैत्र वि. मित्रसँग सम्बन्धित; मित्रको।
73993 मैत्री ना. आपसमा हुने मित्रभाव; मित्रता; दोस्ती।
73994 मैत्रीपूर्ण वि. मित्रताको भावनाले भरिएको।
73995 मैत्रीसङ्घ ना. दुई देशका बिच आपसी सहयोग तथा घनिष्ठता बढाउने उद्देश्यले स्थापित गरिने सङ्घ (जस्तो- नेपालभारत मैत्रीसङ्घ, नेपाल- चीन मैत्रीसङ्घ आदि)।
73996 मैत्रेय ना. १. एक भविष्यत् बुद्ध।
73997 मैत्रेय ना. २. सूर्य।
73998 मैत्रेय ना. ३. एक ऋषि।
73999 मैत्रेय ना. वि. ५. मित्र वा साथीसँग सम्बन्ध राख्ने।
74000 मैथिल वि. १. मिथिला देशसम्बन्धी; मिथिला देशका निवासी।