Dictionary

All Word

74001 मैथिल वि. ना. २. मिथिलाका राजा जनक।
74002 मैथिली ना. १. मिथिला देशको भाषा।
74003 मैथिली ना. २. सीता।
74004 मैथुन ना. १. स्त्रीपुरुषको यौनसमागम; रतिक्रीडा; सम्भोग; स्त्रीप्रसङ्ग।
74005 मैथुन ना. २. विवाह।
74006 मैथुन ना. ३. मिलाप।
74007 मैथुन ना. ४. जोडी; युगल।
74008 मैथुनिक वि. १. मैथुन गर्ने।
74009 मैथुनिक वि. २. मैथुनसम्बन्धी।
74010 मैथुन वि. मैथुन गर्ने।
74011 मैदल ना. लामा काँडा हुने एक जातको सानो रुख।
74012 मैदले ना. मैदल पाइने वा मैदलका रुख भएको ठाउँ।
74013 मैदा ना. १. मसिनो पिठो; चूर्ण; पिष्ट; आँटा।
74014 मैदा ना. वि. २. मिही; मसिनो; मिहिन।
74015 मैदान ना. १. खुला र फराकिलो समथर भूभाग; चउर; फाँट।
74016 मैदान ना. २. तराई।
74017 मैदान ना. ३. खेल, परेड आदि खेल्न बनाइएको समतल; टुँडिखेल।
74018 मैदान ना. ३. अखाडा।
74019 मैदान ना. ४. दिसापिसाब गर्ने ठाउँ।
74020 मैदान ना. ५. व्यापक (उखान - एक कान, दुई कान मैदान)।
74021 मैदाल ना. काँडैकाँडा भएको र नासपातीका जस्ता पात हुने एक वृक्ष; डम्फर।
74022 मैदीताल ना. कास्की जिल्लामा पर्ने एक प्रसिद्ध ताल |
74023 मैन ना. १. मौरीको चाकाबाट मह निकालिसकेपछि बचेको नरम, चिल्लो र पहेँलो पदार्थ; मौरीको बिलाउनी; मइन।
74024 मैन ना. २. मटीतेल तयार गर्दा निस्कने चिल्लो पदार्थबाट बनाइने, बग्ने र पग्लने नरम वस्तु।
74025 मैन ना. ३. भिजेको कुरो कुटीपिँधी साह्रै मसिनो वा नरम पारिएको वस्तु।
74026 मैन कपडा ना. वैज्ञानिक प्रक्रियाबाट छालाजस्तो बनाइएको, पानी नछिर्ने एक प्रकारको कपडा (रेक्सिन)।
74027 मैनकर ना. उद्योगका रूपमा मौरी पाल्दा वा भिरमौरीको मह काढ्दा महको उत्पादन गरेबापत तिरिने तिरो।
74028 मैनफल ना. फुस्रा रङका पात हुने, पहेँलो फूल फुल्ने, काँडादार एक बोट र त्यसैमा फल्ने, औषधीमा प्रयोग गरिने तथा तरकारी खाइने, ओखरजस्तो एक फल; मैदल; मैनगेडी; मदनफल।
74029 मैनबत्ती ना. मैनबाट तयार पारिएको; बिचमा वारपार लामो धागो हाली डोलो पारिएको बालिने बत्ती; मइनबत्ती।
74030 मैनसिल ना. हल्का पहेँलो एक खनिज द्रव्य; नेपाली; दिव्यौषधी।
74031 मैना ना. सारौँजस्तो कालो रङ हुने, मानिसको झैँ बोली निकाल्न सक्ने, घरमा पिँजडामा राखी पालिने एक प्रसिद्ध चरो; सारिका।
74032 मैनाको बोली ना. साह्रै प्यारो वा मिठो बोली।
74033 मैनाक ना. पुराणअनुसार हिमालय र मेनकाको छोरो मानिएको एक पर्व।
74034 मैन्हा ना. हे. महिना।
74035 मैन्हामारी वि. मैन्हा पूरा हुँदा पाइने वा भेटिने (तलब आदि)।
74036 मैन्हामारी वि. - वारी- ना. महिनामारी |
74037 मैमत्त वि. अभिमानले पूर्ण; मदमत्त; अहङ्कारी; मैमत्ता; मइमत्।
74038 मैमत्ता वि. मैमत्त; अहङ्कारी।
74039 मैयाँ ना. १. राजकन्या; राजकुमारी; मैयाँसाहेब |
74040 मैयाँ ना. २. छोरीचेलीलाई स्नेहपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
74041 मैयाँसाहेब ना. मैयाँलाई आदरपूर्वक सम्बोधन गरिने शब्द; मैयाँ।
74042 मैरी ना. सानो हाते घन; कीला आदि ठोक्ने मुङ्ग्रो; नँमुग; (ह्यामर )।
74043 मैरेय ना. एक प्रकारको मादक पेय पदार्थ; धयेँराको फूल, चाकु, अमला र बर्रोबाट तयार पारिने एक प्रकारको रक्सी।
74044 मैरो ना. १. मझेरी; छिँडी।
74045 मैरो ना. २. चौको।
74046 मैल ना. हे. मयल |
74047 मैला ना. १. फोहोर; कसिङ्गर।
74048 मैला ना. २. विष्ठा; गुहु।
74049 मैला ना. ३. दाग; धब्बा।
74050 मैलिनु अ.क्रि. १. मैलो हुनु; मलिन हुनु; कालो हुनु; फोहोर लाग्नु।