Dictionary

All Word

74151 मोनाल ना. जिउमा खैरो भुईंमा छिर्केमिर्के रङ हुने डाँफेजस्तो एक जातको सुन्दर पक्षी।
74152 मोनोग्राम ना. एक वा एकभन्दा बढी अक्षरहरूको सङ्क्षिप्त साङ्केतिक चिह्न; गुम्फाक्षर।
74153 मोनोटाइप ना. पगालिएको सिसा मेसिनमा ढलान भई आफैँ लहरमा कम्पोज हुँदै जाने, छाप्ने अक्षर।
74154 मोनोटाइप मेसिन ना. मोनोटाइप ढाल्ने यन्त्र।
74155 मोफसल ना. १. नगर वा मुख्य सहरदेखि बाहिरको ठाउँ; जिल्ला; प्रान्।
74156 मोफसल ना. वि. २. फैलिएको; सविस्तार।
74157 मोफसल ना. ३. राजधानीभन्दा बाहिरको।
74158 मोबिल ना. कलपुर्जाहरूलाई गतिशील बनाउन तथा चिल्लो पारिराख्नका लागि हालिने गाढा तेलविशेष |
74159 मोम ना. हे. मैन; मइन।
74160 मोमबत्ती ना. मैनबत्ती।
74161 मोरङ ना. नेपालको कोसी अञ्चलअन्तर्गत पर्ने तराईखण्डको एक जिल्ला।
74162 मोरङ्गे वि. १. मोरङमा पाइने; मोरङको।
74163 मोरङ्गे वि. ना. २. मोरङको रैथाने।
74164 मोरङ्गे तिल ना. लाम्चा, गाढा, हरिया पात हुने, पहेँला फूल र कालजिराजस्ता दाना हुने एक प्रकारको तिल; झुसेतिल।
74165 मोरचा ना. हे. मोर्चा |
74166 मोरी ना. स्त्रीहरूलाई प्यारो गरेर, झर्को देखाएर वा गालीका रूपमा प्रयोग गरिने शब्द; 'मोरो'को स्त्री रूप।
74167 मोरो ना. १. मुर्दा; लास; शव।
74168 मोरो ना. २. लोग्नेमानिसलाई गाली गर्दा वा भित्र माया भए तापनि बाहिर रिस देखाउँदा प्रयोग गरिने शब्द |
74169 मोर्चा ना. १. सेना वा किल्लाको रक्षाका निम्ति वरिपरि खनेर वा अरू प्रकारले गरिएको बन्दोबस्ती।
74170 मोर्चा ना. २. फौजलाई बलियो पार्ने किसिमले मिलाएर बनाइएको व्यूह; मोरचा।
74171 मोर्चा ना. ३. विपक्षी सेनाका साथ गरिने प्रतिस्पर्धाका निम्तिको बलियो तयारी।
74172 मोर्चा ना. ४. त्यस्तो तयारीका साथ शत्रुसँग गरिने सामना |
74173 मोर्चा ना. ५. ताल्चा लगाउने एक साधन।
74174 मोर्चाबन्दी ना. विरोधी पक्षको सामना गर्न मोर्चा बनाउने काम।
74175 मोल्नु स.क्रि. कुनै चिजबिचको मोलतोल गर्नु; भाउ निश्चित गर्नु; दर तोक्नु।
74176 मोल ना. कुनै वस्तुको मूल्य; भाउ; दर; दाम; किम्म।
74177 मोलतोल ना. सरसामान किनमेल गर्दा मोल घटाउने वा मिलाउने काम; भाउ गर्ने काम।
74178 मोलमोलाइ ना. मोलतोल।
74179 मोलम्बा ना. हे. मुलम्मा।
74180 मोलाइनु क.क्रि. मोल्न लाइनु।
74181 मोलाउनु प्रे. क्रि. मोल्न लाउनु; दर वा भाउ किटाउनु।
74182 मोलामोल ना. परस्परमा गरिने मोलतोल; भाउको कसाकसी; भाउताउ।
74183 मोलाहिजा ना. मुलाहिजा; मोलाइजा।
74184 मोलिनु क.क्रि. मोलतोल गरिनु; भाउ तोकिनु।
74185 मोस्तु स.क्रि. १. एउटाको हक मारेर अर्कालाई दिनु; खोस्नु।
74186 मोस्तु स.क्रि. २. पाउनुपर्ने अंश वा भाग नदिनु; हकभाग नलाउनु।
74187 मोस्तु स.क्रि. ३. ठग्नु; वञ्चित गर्नु।
74188 मोसम/मोसमी/मोसम्बी ना. चाक्सीका छाँटको, पातलो गुलिया केसा हुने एक प्रकारको तागतिलो फल।
74189 मोसाइ ना. मोस्ने भाव, क्रिया वा प्रक्रिया |
74190 मोसाइनु क.क्रि. मोस्न लाइनु।
74191 मोसाउनु प्रे.क्रि. मोस्न लाउनु; ठगाउनु।
74192 मोसिनु क.क्रि. हकभाग नलाइनु; वञ्चित गरिनु; ठगिनु।
74193 मोसो ना. धुवाँका कालाकाला कण जमेको धुलो; ध्वाँसो।
74194 मोह ना. १. अविद्या; अज्ञान; निर्बुद्धि।
74195 मोह ना. २. आध्यात्मिक दर्शनका अनुसार देह र सांसारिक वस्तुलाई नै सर्वस्व मान्ने काम; सांसारिक जञ्जाल वा प्रपञ्चको आसक्ति।
74196 मोह ना. ३. भ्रान्ति; भ्रम।
74197 मोह ना. ४. लट्ठिने खालको प्रेम; व्यामोह।
74198 मोह ना. ५. झुक्यान; भुल; त्रुटि।
74199 मोह ना. ६. भय, चिन्ता, आतुरता, अत्यास आदिबाट सुद्धीबुद्धि हराउने काम; बेहोसी; मूर्च्छा।
74200 मोहक वि. मोह गर्ने; मोहित पार्ने।