Dictionary

All Word

74201 मोहजाल ना. मायाको बन्धन; मोहको जाल।
74202 मोहडा ना. १. अनुहार; चेहरा।
74203 मोहडा ना. २. सामुन्नेको भाग; मुडा।
74204 मोहडा ना. ३. घोडाका टाउकामा लगाइने लगाम आदि साज।
74205 मोहन ना. १. कसैलाई मोहित पार्ने वा लठ्याउने काम।
74206 मोहन ना. २. बेहोस वा मूर्च्छित पार्ने तान्त्रिक विधि; मोहनी, मुहुनी।
74207 मोहन ना. ३. कामदेवका पाँच बाणमध्ये एक।
74208 मोहन ना. ४. कृष्ण।
74209 मोहन आकाशवाणी ना. नेपालमा सं. २००६ - मा राणा प्रधानमन्त्री मोहनशमशेरका पालामा स्थापना गरिएको पहिलो आकाशवाणी केन्द्र।
74210 मोहनचोक ना. काठमाडौँको हनुमानढोका दरबारभित्रको एक प्रसिद्ध चोक।
74211 मोहनमाला ना. खास गरेर कुमालजातिले लाउने, तिलहरीजस्तो लाम्चो गहना।
74212 मोहन शमशेर ना. राणाकालका अन्तिम र वि.सं. २००७ को परिवर्तनपछि गठित सरकारको प्रथम प्रधानमन्त्री।
74213 मोहनास्त्र ना. शत्रुपक्षलाई मोहका वशमा पार्ने र मूर्च्छित तुल्याउने प्राचीन कालको एक अस्त्र।
74214 मोहनिद्रा ना. १. मोह वा अज्ञानको वशमा परेर आउने निद्रा वा बेहोसी।
74215 मोहनिद्रा ना. २. मोहमा परी निश्चेष्ट वा संज्ञाहीन हुने क्रिया वा स्थिति।
74216 मोहनी ना. १. अरूलाई आफ्नो वशमा पार्ने वा लठ्याउने तान्त्रिक मन्त्र वा विद्या; वशीकरण विद्या; टुना; मुहुनी।
74217 मोहनी ना. २. विष्णुका चौबिस अवतारमध्ये एक।
74218 मोहनी ना. ३. मोहित पार्ने शक्ति; माया।
74219 मोहनीय वि. मोहित पार्न लायक; मोहित पार्ने खालको।
74220 मोहपाश ना. मोहजाल; मायाजाल।
74221 मोहर ना. १. पचास पैसाको नेपाली सिक्का।
74222 मोहर ना. २. चाँदीको मुद्रा।
74223 मोहर ना. ३. अक्षर, चिह्न आदि छाप्ने साधन; टक; छापा।
74224 मोहर ना. ४. त्यस्तो साधनद्वारा छापिएको चिह्न।
74225 मोहर रुपियाँ ना. धातुका मुद्रा वा सिक्का; मो. रु)।
74226 मोहरनु स.क्रि. हे. मोहोर्नु।
74227 मोहरा ना. बुद्धिचाल वा चेस खेलका गोटी।
74228 मोहराइ ना. मोहर्ने भाव, क्रिया वा प्रक्रिया।
74229 मोहराइनु क.क्रि. मोहर्न लाइनु।
74230 मोहराउनु प्रे. क्रि. मोहर्न लाउनु।
74231 मोहरिनु क.क्रि. मोहर्ने काम गरिनु।
74232 मोहरिया वि. हे. मोहोरिया।
74233 मोहशास्त्र ना. मोह वा अज्ञानमा अल्झाउने विद्या; मोहनी विद्या।
74234 मोहित वि. १. जडता, मोह अथवा अज्ञानमा भुलेको; मुग्ध।
74235 मोहित वि. २. आस देखाइएको; लोभ्याइएको लुब्ध।
74236 मोहित वि. ३. कसैको रूप, गुण, विशेषता आदि देखेर आकर्षित भएको; प्रेममा फसेको।
74237 मोहिनी वि. १. मुग्ध तुल्याउने वा मोहमा अल्झाउने (स्त्री)।
74238 मोहिनी वि. ना. २. एक अप्सराको नाम।
74239 मोहिनी वि. ३. एक प्रकारको चमेलीको फूल |
74240 मोहिनी वि. ४. मोहिनी विद्या; वशीकरण मन्त्र।
74241 मोहिया ना. १. मोहीको काम; किसानी।
74242 मोहिया ना. २. मोहीको काम गर्ने मानिस।
74243 मोहियानी वि. १. मोहीसम्बन्धी; मोहीको २. मोहीले पाउने अधिकार वा हक)।
74244 मोहियानी हक ना. जग्गा कमाएबापत कानुनअनुसार मोहीले पाउने आंशिक अधिकार।
74245 मोही १ ना. १. मोहित पार्ने।
74246 मोही १ ना. २. मोह भएको।
74247 मोही १ ना. ३. लुब्ध; लोभी।
74248 मोही २ ना. कुत तिर्ने सर्त वा कबुलमा अर्काको जग्गा कमाउने व्यक्ति; मोहिया।
74249 मोही नाइके ना. मोहीहरूसँग कुत वा तिरोभरो उपर गर्ने जग्गाधनीको सिपाही।
74250 मोही निष्कासन ना. भूमिसम्बन्धी कानुनबमोजिम जग्गाधनीले मोहीलाई मोहियाबाट खोस्ने काम।