Dictionary

All Word

73701 मृण्मूर्ति ना. माटाले बनाइएको मूर्ति।
73702 मृत वि. १. सास गएको; मृत्यु भएको; प्राणहीन।
73703 मृत वि. २. मारण वा भस्म गरिदिएको (धातु)।
73704 मृत वि. ३. गतिशीलता, उपयोगिता, जीवनशक्ति आदि केही नभएको।
73705 मृतऋण ना. ऋण असुल गर्ने कानुनी म्याद नहुनाले असुल गर्न नसकिने ऋण।
73706 मृतक ना. १. मुर्दा; लास।
73707 मृतक ना. वि. २. मरेको; मृ।
73708 मृतकर्म ना. मृतक व्यक्तिको सद्गतिका निम्ति गरिने पारलौकिक कार्य; अन्त्येष्टि।
73709 मृतप्रायः वि. सास मात्र झुन्डिएको; मरेजस्तो, मृततुल्य।
73710 मृतभर्तृका वि. १. लोग्ने मरेकी; विधवा; राँडी।
73711 मृतभर्तृका वि. ना. २. विधवा स्त्री।
73712 मृतभाषा ना. कुनै समयमा बोलिने भए तापनि वर्तमान समयमा नबोलिने र प्रायः लुप्त भइसकेको भाषा।
73713 मृतमातृक वि. टुहुरो; मातृहीन।
73714 मृतरेखा ना. त्यसभन्दा पछिको कार्यसम्पादन गर्न नसकिने वा नमिल्ने आधिक सीमान्त विन्दु (डेडलाइन)।
73715 मृतवत्सा वि. १. बालबच्चा मरेर निःसन्तान भएकी (स्त्री.)।
73716 मृतवत्सा वि. २. जन्मेका बाच्छाबाच्छी नबाँच्ने (गाई)।
73717 मृतसञ्जीवनी वि. १. मरेकालाई वा मर्न लागेकालाई बचाउने (मन्त्र वा औषधी)।
73718 मृतसञ्जीवनी वि. ना. २. मुर्दालाई पनि बिउँताउने भनी प्रसिद्ध विद्या वा बुटी।
73719 मृतसञ्जीवनी वि. ३. धेरै पौष्टिकका रूपमा लिइने आसव वा सुरा।
73720 मृतसूतक ना. मृतकका सगोत्री वा नातेदारलाई निश्चित अवधिसम्म लाग्ने आशौच; मरणाशौच।
73721 मृतस्नान ना. आशौच लाग्ने नातेदार मर्दा शुद्धिका लागि गरिने स्नान; खल्को।
73722 मृतात्मा ना. १. मरेका प्राणीहरूको आत्मा; प्रेतात्मा।
73723 मृतात्मा ना. वि. २. हुती हराएको; उत्साह, जाँगर, हौसला आदि मरिसकेको (व्यक्ति)।
73724 मृताशौच ना. मृतकको सूतक; मरणाशौच।
73725 मृतास्थि ना. १. मुर्दाको हाड; अस्तु।
73726 मृतास्थि ना. २. शरीरको काम नलाग्ने हाड।
73727 मृति ना. मृत्यु; मरण।
73728 मृत्तिका ना. १. माटो; मट्टी।
73729 मृत्तिका कला ना. माटाबाट भाँडाकुँडा आदि बनाउने कला वा सिप; मृण्मयकला।
73730 मृत्तिका तरङ्ग ना. असल खालको माटाको विभिन्न आकारका पातला टुक्राहरूलाई आगोमा पोली तयार पारिएको जलतरङ्ग जस्तै बाजा।
73731 मृत्तिका तरङ्ग ना. (यो बाजा सङ्गीतशिरोमणि यज्ञराज शर्माद्वारा निर्माण गरिएको हो, हाल यो बाजा ने. रा. प्र. प्र. मा चालु छ)।
73732 मृत्तिका पुत्र ना. खेतीकमाइ गर्ने व्यक्ति; खेतीवाल; माटीकोरे; किसान; कृषक |
73733 मृत्यु ना. १. देहावसान; निधन; मरण।
73734 मृत्यु ना. २. यमराज; काल।
73735 मृत्यु ना. ३. ब्रह्मा।
73736 मृत्यु ना. ४. विष्णु।
73737 मृत्यु ना. ५. माया।
73738 मृत्यु ना. ६. कलि।
73739 मृत्यु ना. ७. कामदेव।
73740 मृत्युकर वि. १. मृत्यु गराउने; मारक।
73741 मृत्युकर वि. ना. २. कुनै व्यक्ति मर्दा त्यसका सम्पत्तिमा लाग्ने सरकारी शुल्क वा कर।
73742 मृत्युकर वि. ३. मुर्दा जलाउनका लागि लाग्ने दस्तुर।
73743 मृत्युकाल ना. प्राण निस्कने बेला; मरणको समय।
73744 मृत्युञ्जय वि. १. मृत्युलाई जित्ने।
73745 मृत्युञ्जय वि. ना. २. शिव।
73746 मृत्युञ्जय वि. ३. अकालमृत्युको निवारण गर्ने शिवको स्तोत्र वा मन्त्र।
73747 मृत्युदण्ड ना. ज्यानसजाय; प्राणदण्ड।
73748 मृत्युदर ना. जनसङ्ख्याको औसतमा हुने मृत्युको प्रतिशत; आनुपातिक मृत्युक्रम।
73749 मृत्युपाश ना. मृत्युको पासो; कालको फन्दा।
73750 मृत्युलोक ना. १. मर्त्यलोक; भूलोक।