Dictionary

All Word

73551 मूर्तिकुण्ड ना. काठमाडौँ उपत्यकाको उत्तर दिशामा रहेको शेषशायी नारायण (बुढानीलकण्ठ) सुतेको पोखरी।
73552 मूर्तिपूजक वि. मूर्ति वा प्रतिमाको पूजाआराधना गर्ने; हिन्दु धर्मको अनुयायी।
73553 मूर्तिपूजा ना. मूर्ति वा प्रतिमामा देव - देवीको भावना राखेर पूजाआराधना गर्ने काम; प्रतिमाको पूजा।
73554 मूर्तिभञ्जक वि. मूर्तिहरू तोडफोड गर्ने वा भाँच्ने- बिगार्ने; प्रतिमा टुटाउने फुटाउने।
73555 मूर्तिमान् वि. १. शरीरधारी; मूर्ति वा रूप लिएर देखा परेको।
73556 मूर्तिमान् वि. २. साक्षात्; प्रत्यक्ष।
73557 मूर्तिमान् वि. ३. मूर्।
73558 मूर्द्धन्य वि. हे. मूर्धन्य।
73559 मूर्द्धा ना. हे. मूर्धा।
73560 मूर्धन्य वि. १. मूर्धास्थानबाट उच्चरित हुने; मूर्धस्थानी (देवनागरी वर्णमालाका ॠ, र, ष तथा टवर्गका वर्ण)।
73561 मूर्धन्य वि. २. मूर्धासँग सम्बन्धित; मूर्धासम्बन्धी।
73562 मूर्धन्य वि. ३. अतिश्रेष्ठ; सर्वोत्तम; प्रमुख; मूर्द्धन्य।
73563 मूर्धन्य वर्ण ना. मूर्धास्थानबाट उच्चरित हुने अक्षर (ॠ, र ष तथा टवर्ग)।
73564 मूर्धन्यीभवन ना. छिमेकी मूर्धन्य ध्वनिको प्रभाव वा अन्य मूर्धन्यस्थानमा परिवर्तन हुने प्रक्रिया (जस्तो- दाहा > डाहा, पत्न > पट्टन > पाटन आदि)।
73565 मूर्धस्थानी वि. हे. मूर्धन्य।
73566 मूर्धा ना. १. शिर; टाउको; मस्तक।
73567 मूर्धा ना. २. मुखभित्रको कठोर तालु र कोमल तालुबिचको भाग।
73568 मूर्धा ना. ३. चुचुरो; शिखर।
73569 मूर्धा ना. ४. शिखा।
73570 मूर्धा ना. ५. नेता।
73571 मूर्धाभिषिक्त वि. १. वैदिक मन्त्रको उच्चारणका साथ अभिषेक गरिएको; शिरमा अभिषिक्।
73572 मूर्धाभिषिक्त वि. ना. २. राजा।
73573 मूर्धाभिषिक्त वि. ३. क्षत्रिय।
73574 मूर्धाभिषेक ना. राज्यारोहण गर्दाको समयमा राजामहाराजाहरूलाई मन्त्रोच्चारणका साथ गरिने अभिषेक |
73575 मूल ना. १. रुखपात, लहरो, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड वा भाग; जरो; जड।
73576 मूल ना. २. तरुल, भ्याकुर, पिँडालु, मुला आदिको जमिनमुनि फल्ने वस्तु वा कन्द।
73577 मूल ना. ३. पैदा भएको ठाउँ; आरम्भ हुने ठाउँ; मुहान।
73578 मूल ना. ४. बोटबिरुवाको ठिक जमिनमाथि रहेको भाग; फेद।
73579 मूल ना. ५. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र।
73580 मूल ना. वि. ६. सर्वोत्तम; सर्वश्रेष्ठ।
73581 मूल ना. ७. प्रधान; प्रमुख; मुख्य (मूल कार्य, मूल कर्तव्य इ.)।
73582 मूल ओछ्यान ना. अगेनानेरको ओछ्यान; मुख्य ओछ्‌यान।
73583 मूलक वि. १. कुनै नामवाचक शब्दका पछिल्तिर जोडिई उत्पत्तिको कारण जनाउने वा त्यसबाट उत्पन्न भएको भन्ने अर्थ दिने विशेषणबोधक शब्द (विज्ञानमूलक, जीवनमूलक इ.)।
73584 मूलक वि. २. मुला।
73585 मूलक वि. ३. तरुल, भ्याकुर आदि खान हुने कन्द |
73586 मूलकाजी ना. चार काजीमध्ये मुख्य काजी |
73587 मूलकार ना. मूलग्रन्थका रचयिता वा लेखक; मूल पाठका निर्माता।
73588 मूलकारिका ना. सूत्रात्मक ग्रन्थको क्रमबद्ध विवृत्ति।
73589 मूलखर्के ना. वर्षायाममा उम्रने एक झार, चित्लाङे; खुर्सानि।
73590 मूलग्रन्थ ना. ग्रन्थकार स्वयंद्वारा रचित मूल कृति वा रचना; मूल पाठ; सूत्रग्रन्।
73591 मूलघर ना. कुलको बुढोपुरानो घर; वंशको जेठो मानिस बसेको घर।
73592 मूलचट्टान ना. जमिनको सतहमनिको सबभन्दा तल्लो भागमा सुरक्षित रहेको कडा चट्टान; प्रारम्भिक चट्टान।
73593 मूलचोक ना. १. मुख्य चोक।
73594 मूलचोक ना. २. भक्तपुर दरबारको एक प्रसिद्ध चोक |
73595 मूलच्छेद/च्छेदन ना. जरैसमेत उखेलेर मास्ने काम; समूल नाश; पूर्णविनाश |
73596 मूलजरो ना. बिच वा कलमीबाट आउने रुखको सीधै तल्लोपट्टि जाने, पहिलो र मुख्य जरो।
73597 मूलढोका ना. घरभित्र आवतजावत गर्न राखिएको मुख्य दैलो; मूलद्वार।
73598 मूलतः क्रि.वि. १. मूल रूपमा; खासमा; मुख्यतः।
73599 मूलतः क्रि.वि. २. प्रथमतः; सुरुमा।
73600 मूल तत्त्व ना. १. आधारभूत मुख्य सिद्धान्त; केन्द्रीय दृष्टिकोण |