Dictionary

All Word

73451 मुसे पाली ना. सानो पछि गाँसिएको अर्को पाली।
73452 मुसो ना. १. दुलोभित्र बस्ने, लुगाफाटो, कागजपत्र आदि काट्ने, अन्न आदि र मासु पनि खाने, ज्यादै चनाखो चारखुट्टे जन्तु; धानचरी; मूषक; मूसो।
73453 मुसो ना. २. मानिसका हातखुट्टातिर निस्कने मासुको सानो र साह्रो डल्लो वा फोको।
73454 मुस्काउनु अ.क्रि. प्राय: दाँत नदेखिने गरी मुसुक्क हाँस्नु।
73455 मुस्कान ना. मन्द हँसाइ; मुस्कुराउने काम; मुस्कुराहट; मुस्क्यान।
73456 मुस्किल वि. कठिन; दुःसाध्य; दुष्कर; दुर्बोध; अप्ठ्यारो; साह्रो; गाह्रो।
73457 मुस्कुराइ ना. मुस्कुराउने भाव, क्रिया वा प्रक्रिया |
73458 मुस्कुराइनु अ.क्रि. मुसुक्क हाँसिनु।
73459 मुस्कुराउनु अ.क्रि. मुसुक्क हाँस्नु; मुस्कान छाड्नु।
73460 मुस्कुराहट ना. मुस्कुराउने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
73461 मुस्क्यान ना. हे. मुस्कान।
73462 मुस्ताङ ना. नेपालको धवलागिरि अञ्चलअन्तर्गत उत्तरी भेगमा रहेको एक जिल्ला।
73463 मुस्ताङ हिमाल ना. मुस्ताङ जिल्लामा पर्ने २१,२४५ फिट अग्लो एक हिमाल।
73464 मुस्तेर ना. एक स्थान |
73465 मुस्तेर ना. ~मानव- ना. नृतत्त्वशास्त्रअनुसार फ्रान्सको मुस्तेर भन्ने ठाउँमा पाइएको मानव; नियण्डस्थल मानव।
73466 मुस्ताङ शैली ना. प्रागैतिहासिक पुरातत्त्वअनुसार मुस्तेरमानवले प्रयोग गर्ने गरेको पाषाण उपकरणको प्रकार।
73467 मुस्तैद वि. १. तयार; तत्पर; कटिबद्ध; तम्तयार।
73468 मुस्तैद वि. २. तन्दुरुस्त; सद्दे; कसिकसाउ; ठिकठाक; मुस्तेज।
73469 मुस्तैदी ना. तयारी; तत्परता; तन्दुरुस्ती।
73470 मुस्लिनु अ.क्रि. १. मुस्लोजस्तो हुनु।
73471 मुस्लिनु अ.क्रि. २. धुवाँको मुस्लो निस्कनु।
73472 मुस्लिम ना. १. मुसलमान।
73473 मुस्लिम ना. वि. २. मुसलमानसम्बन्धी; मुसलमानको।
73474 मुस्ली ना. मुसलले जस्तै ओखलमा कुट्ने हतियार।
73475 मुस्लो ना. १. आगाको बाक्लो ज्वाला; राँको; लप्को; लपट।
73476 मुस्लो ना. २. बादल, कुहिरो, धुवाँ आदिको लहर।
73477 मुस्लो ना. ३. दर्केका पानीको ठुलो धारो।
73478 मुस्लो ना. ४. मुला, डुकु आदि काँचै खाँदा नाकबाट निस्कने राग।
73479 मुस्लो ना. ५. सुन्निएर वा अन्य कुनै प्रकारले शरीरका कुनै भागमा उठेको मासुको पिण्ड वा लोला।
73480 मुस्लो ना. ६. एकोहोरिँदै आएको बतासको मोहरी।
73481 मुस्लो ना. ७. क्रोध वा रिसको वेग।
73482 मुहम्मद ना. इस्लाम धर्मका एक प्रसिद्ध महापुरुष; हजरत मुहम्मद (वि. सं. ६२७-६७९)।
73483 मुहान ना. १. नदीनाला, खोलो, धारो आदिको पानी उम्रने वा निस्कने ठाउँ; मूल।
73484 मुहान ना. २. खोलाको पानी कुलोतिर जाने ठाउँ; निकास; मोहडा।
73485 मुहान ना. ३. आम्दानीको स्रो।
73486 मुहान ना. ४. मुख्य ठाउँ; उद्‍गमस्थल।
73487 मुहार ना. १. मुखको पूर्ण आकृति; अनुहार; मुख।
73488 मुहार ना. २. विशिष्ट वा मान्यजनको मोहडा।
73489 मुहाली ना. सनहीजस्तो मुखले फुकेर बजाइने एक प्रकारको बाजा।
73490 मुहावरा ना. घुमाउरो पाराले अर्थ बुझिने वाक्पद्धति; लक्षणा वा व्यञ्जनाद्वारा अर्थ बुझिने वाक्यांश; हे. वाग्धारा; टुक्का।
73491 मुहुटी ना. १. मुहुडा; मोहडा।
73492 मुहुटी ना. २. अघिल्लो पङ्क्ति; अगाडिको ताँती (सेनाको मुहुटी, यात्रीको मुहुटी आदि)।
73493 मुहुटी ना. ३. आयस्रो।
73494 मुहुडा ना. १. अनुहार; मोहडा; चेहरा।
73495 मुहुडा ना. २. कुनै वस्तुको अघिल्लो भाग; सामुन्नेको रूप।
73496 मुहुडा ना. ३. घोडाका टाउकामा कसिने छालाको साज; शिरद्वार।
73497 मुहुनी ना. १. वशीकरण गर्ने मन्त्र; मोहनी।
73498 मुहुनी ना. २. झुकाउ; आसक्ति।
73499 मुहूर्त ना. १. अठचालिस मिनेट वा दुई घडीको समय।
73500 मुहूर्त ना. ३. ज्योतिषशास्त्रका अनुसार यात्रा, विवाह, व्रतबन्ध आदि कार्यका निम्ति तोकिएको शुभ वा अशुभ काल; साइत; लगन।