Dictionary

All Word

73601 मूल तत्त्व ना. २. मूल वस्तु; मुख्य पदार्।
73602 मूल तत्त्व ना. ३. कुनै कुराको निर्माणमा मुख्य रूपले उपयोग हुने तत्त्व वा पदार्।
73603 मूलथाम ना. घर बनाउँदा सुरुमा राखिएको मझेरीका माझको थाम; मुख्य थाम।
73604 मूलधन ना. मुख्य पुँजी; साउँ; सावाँ।
73605 मूलधनी वि. १. मूलधन लगाउने पुँजीपति।
73606 मूलधातु ना. व्याकरणअनुसार कृदन्तव्युत्पादित शब्दमा गाँसिएका "प्रत्ययलाई अलग्याउँदा बाँकी रहन जाने वा सो व्युत्पादित हुनुभन्दा पूर्वको रूप; प्रारम्भिक धातुरूप ( गर्, भन्, पढ्, हु आदि)।
73607 मूलपाठ ना. ग्रन्थकार स्वयंद्वारा रचित मूल भाग।
73608 मूलपानी ना. मूलबाट निस्केको पानी; आफैँ उम्रेर बगेको पानी वा त्यस्तो पानी भएको ठाउँ।
73609 मूलपुरुष ना. १. कुनै वंश वा कुलको आदिप्रवर्त्तक व्यक्ति; मुख्य पुरुष।
73610 मूलपुरुष ना. २. ईश्वर।
73611 मूलपुरोहित ना. पुरोहितहरूमध्येका मुख्य पुरोहि।
73612 मूलप्रकृति ना. १. सत्त्वगुण, रजोगुण र तमोगुणको साम्यावस्था; निर्विकार स्थिति।
73613 मूलप्रकृति ना. २. संसारको आद्यशक्ति वा बीजशक्ति।
73614 मूलबाटो ना. १. चौडाइ धेरै भएको ठुलो र फराकिलो बाटो; राजमार्ग; सडक; राजप।
73615 मूलबाटो ना. २. कुनै अनुसरण गर्न योग्य वा अँगाल्नुपर्ने जीवनको निश्चित बाटो वा पद्धति।
73616 मूलबाटो ना. ३. मुख्य उद्देश्य; मूल लक्ष्य।
73617 मूलभूत वि. प्रमुख आधार वा तत्त्वसँग सम्बन्धित; मूल आधाररूप; आधारभूत; वास्तविक।
73618 मूलमन्त्र ना. मुख्यचाहिँ मन्त्र; प्रमुख मन्त्र।
73619 मूलमन्त्र ना. २. मुख्य रायसल्लाह।
73620 मूलमन्त्र ना. ३. मुख्य कुरो।
73621 मूलविषय ना. १. शिक्षार्थीहरूका लागि अध्ययनको मुख्य क्षेत्र बनेको, विशिष्टीकरणका लागि पूर्वावश्यक पाठ्यांशहरूका रूपमा पढाइने र ऐच्छिक क्षेत्रभित्र पर्ने रोजेको पाठ्य विषय।
73622 मूलविषय ना. २. खास वा प्रमुख विषय |
73623 मूलसमिति ना. कुनै सङ्घ, संस्था आदिका खास कार्यसम्पादनका निम्ति परिमित सदस्यहरू भएको एक मुख्य समिति; कार्यकारी समिति।
73624 मूलस्थान ना. १. मूल थलो पुख्र्यौली थलो।
73625 मूलस्थान ना. २. कुनै चिज सर्वप्रथम प्राप्त भएको ठाउँ।
73626 मूला ना. हे. मुला।
73627 मूलाधार ना. १. हठयोगका अनुसार षट्चक्रमा पहिलो अर्थात् गुदद्वार र लिङ्गको बिच भागमा कल्पित एक चक्र।
73628 मूलाधार ना. २. मूल आधार; मुख्य आधार।
73629 मूली वि. हे. मुली |
73630 मूल्य ना. १. कुनै मालसामान खरिद गर्दा त्यसको बदलामा दिइने धन वा पैसा; मोल; दाम; किम्म।
73631 मूल्य ना. २. परल; पर्ता; साउँ।
73632 मूल्य ना. ३. गुण वा व्यक्तिको महिमा।
73633 मूल्य ना. ४. उपयोगिताको मापक तत्त्व; मान।
73634 मूल्य अभिवृद्धि कर ना. उपभोक्ताले तिर्ने अप्रत्यक्ष कर; भ्याट।
73635 मूल्य तालिका ना. सरकारद्वारा नियन्त्रण गरिएको बजारमा प्रत्येक मालसामानको मूल्य अङ्कित गरी झुन्ड्याइने सूची; मूल्यसूची।
73636 मूल्य देय ना. हुलाक आदि कुनै साधनद्वारा पठाइएको मालसामान पाउनेले पठाउनेलाई लेखिएबमोजिमको मूल्य चुक्ता गरेपछि मात्र पाउन सकिने वस्तु (भी. पी. पार्सल)।
73637 मूल्य निर्धारण ना. कुनै वस्तुको विक्रय मूल्य निर्धारित गर्ने काम; दाम तोक्ने काम; भाउ कायम राख्ने काम।
73638 मूल्य निर्धारण समिति ना. मूल्य तोक्ने आधिकारिक समिति।
73639 मूल्यवान् वि. धेरै मोल पर्ने; बहुमूल्य; दामी; किम्मती।
73640 मूल्यहीन वि. कुनै मूल्य नै नभएको; विनामूल्यको; महत्त्वहीन; तुच्छ ; निकम्मा।
73641 मूल्यह्रास ना. कुनै चिजको दाम घट्ने काम; महत्त्व घट्ने काम।
73642 मूल्याङ्कन ना. १. कुनै रचना, वस्तु वा मालसामानको मोल आँक्ने काम; भाउ राख्ने वा मूल्य तोक्ने काम।
73643 मूल्याङ्कन ना. २. उपयोगिताका आधारमा गरिने महत्त्व, विशेषता आदिको निर्धारण।
73644 मूल्याङ्कन ना. ३. परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको अङ्कद्वारा स्तर तय गर्ने काम।
73645 मूल्याङ्कन ना. ४. कर्मचारीहरूका कार्य, योग्यता, विशिष्टता आदिको तौलाइ।
73646 मूल्याङ्कन शाखा ना. कुनै कार्यालयअन्तर्गत सम्बन्धित विषयको मूल्याङ्कन गर्ने कामका निम्ति खडा गरिएको शाखा।
73647 मूल्याङ्कित वि. मूल्याङ्कन गरिएको।
73648 मूल्यानुपाती वि. १. मालसामानको लागत वा परल।
73649 मूल्यानुपाती वि. २. कुनै मालको मोलअनुसार भन्सार निर्धारित गरिने (कर वा शुल्क)।
73650 मूषक ना. १. मुसो।