Dictionary

All Word

73501 मुहूर्त ना. ३. नियत समय।
73502 मूक वि. १. उमेर पुगेपछि पनि बोली नफुटेको; लाटो; ग्वाँगे; ग्वाँजे; लठेप्रो।
73503 मूक वि. २. मौकामा बोल्न नसक्ने; निमुखा।
73504 मूकदर्शक वि. हेरी मात्र रहने; केही नबोल्ने; रमिते।
73505 मूगा ना. हे. मुगा।
73506 मूठी ना. हे. मुठी |
73507 मूढ वि. १. मूर्ख; मन्दबुद्धि; जड।
73508 मूढ वि. २. मोहित; मुग्ध।
73509 मूढ वि. ३. भ्रमपूर्ण; भ्रान्।
73510 मूढगर्भ ना. मरेको वा बिग्रेको गर्भ।
73511 मूढबुद्धि/मति वि. मूर्ख बुद्धि भएको; नासमझ; जड।
73512 मूढाग्रह ना. नचाहिँदो आग्रह; जिद्दी ; ढिपी।
73513 मूढात्मा वि. मूढ; मूर्ख |
73514 मूढे बल ना. हे. मुढे बल।
73515 मूढे वि. हे. मुढे।
73516 मूत ना. हे. मु।
73517 मूत्र ना. पिसाब; मु।
73518 मूत्रकृच्छ्र ना. रोकिईरोकिई थोरथोरै पिसाब हुने र पिसाब गर्दा ज्यादै दुख्ने एक रोग; मूत्रक्षरण।
73519 मूत्रज ना. युरिया; नाइट्रोजन मल।
73520 मूत्रनली ना. मिर्गौलाबाट मूत्राशयसम्म जाने एक नली; मूत्रवाही।
73521 मूत्र परीक्षण ना. रोगविज्ञानका अनुसार प्रयोगशालामा पिसाब जाँच्ने काम।
73522 मूत्रवाही ना. मूत्रनली।
73523 मूत्रस्राब ना. पिसाबफेराइ; मुत्ने काम।
73524 मूत्रस्रावी ना. पिसाबको थैलीबाट पिसाब बाहिर फ्याँक्ने नली।
73525 मूत्राशय ना. पिसाबको थैली |
73526 मूत्रेन्द्रिय ना. प्राणीको पिसाब फेर्ने अङ्ग (लिङ्ग वा योनि)।
73527 मूर्ख ना. १. साह्रै कम बुद्धि भएको वा बुद्धि नै नभएको; निर्बुद्धि; नासमझ; बेबकुफ; मूढ।
73528 मूर्ख ना. २. लेखपढ गर्न नजान्ने; अशिक्षित; अपढ।
73529 मूर्खता/त्व ना. मूर्ख हुनाको भाव वा अवस्था; मुख्र्याइँ।
73530 मूर्खमण्डल/मन्डली ना. मूर्खहरूको जमा।
73531 मूर्ख अधिराज (मूर्खाधिराज) ना. एक नम्बरको मूर्ख; सिल्पट।
73532 मूर्च्छना ना. १. सङ्गीतका सातै स्वरको आरोह र अवरोह हुने क्रम; कुनै स्वरबाट उठान गरी क्रमशः स्वरहरूको उतार वा चढाव गर्ने प्रक्रिया।
73533 मूर्च्छना ना. २. मूर्च्छा।
73534 मूर्च्छा ना. १. शोक, भय, रोग आदिबाट प्राणीमा हुने निश्चेष्ट अवस्था; बेहोसी; अचेतनता।
73535 मूर्च्छा ना. २. बेहोसी हुने रोग; छारेरोग।
73536 मूर्च्छा रोग ना. मूर्च्छा हुने रोग; छारेरोग।
73537 मूर्च्छित वि. मूर्च्छा परेको; बेहोस भएको; अचे।
73538 मूर्त वि. १. भौतिक; पार्थिव।
73539 मूर्त वि. २. रूप धारण गरेको; शरीरधारी; साकार; मूर्तिमान्।
73540 मूर्त वि. ३. कडा; ठोस।
73541 मूर्त वि. ४. संज्ञाहीन; मुर्दा।
73542 मूर्तता ना. मूर्त हुनाको भाव, स्थिति वा अवस्था।
73543 मूर्तरूप ना. साकार वा प्रत्यक्ष रूप।
73544 मूर्ति ना. १. प्राणीको शरीर; जिउ।
73545 मूर्ति ना. २. कल्पित वा परम्परामान्य आकारका अनुरूप स्थापना गरिएका देवदेवीका आकृति; प्रतिमा; प्रतिमूर्ति।
73546 मूर्ति ना. ३. पुतला।
73547 मूर्ति ना. ४. तस्बिर; चित्र; छाया।
73548 मूर्ति ना. ५. अनुहार; चेहरा।
73549 मूर्ति ना. ६. साधु, सन्न्यासीको गन्ती गर्दा प्रयोग हुने आदरवाची शब्द।
73550 मूर्ति ना. ७. वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्राको आठ गुना बराबरको नाप; तूणी, वसु वा लोक बराबरको नापो।