Dictionary

All Word

73351 मुलाङ्खरे ना. मुलन्धरे; मुल्याहा।
73352 मुलायम वि. कमलो; नरम; कोमल।
73353 मुलाहिजा ना. न्याय वा नियम छाडी कसैको ओड लिने काम; मोलाहिजा ; पक्षपात; पनपक्ष; पनपच्छे; मुलाइजा।
73354 मुली वि. १. मुख्य; प्रधान; प्रमुख |
73355 मुली वि. ना. २. घरको मुख्य मानिस; माउ।
73356 मुली वि. ३. थकाली।
73357 मुलुक ना. १. देश; राज्य; राष्ट्र।
73358 मुलुक ना. २. प्रदेश; प्रान्।
73359 मुलुक ना. ३. संसार; लोक।
73360 मुलुकमारा वि. मुलुकलाई मार्ने; सबैलाई सोस्ने; लुटाहा।
73361 मुलुक हनाइ ना. अर्काको देशमा गरिने चढाइ वा आक्रमण।
73362 मुलुकी वि. मुलुकसम्बन्धी; मुलुकको।
73363 मुलुक अड्डा ना. राणाकालमा गृह तथा साधारण प्रशासनसम्बन्धी कार्य गर्ने वा तत्सम्बन्धी बन्दोबस्त मिलाउने अड्डा।
73364 मुलुक ऐन ना. लोकव्यवस्थाका निमित्त बनेको र मुलुकभरि लागु हुने देशको कानुन।
73365 मुलुकखाना ना. राणाकालमा देशभरको आय जम्मा हुने अड्डा वा ढुकुटी।
73366 मुलुक्क क्रि.वि. एकै छिनका निम्ति मात्र देखा पर्ने गरी मिलिक्क; झुलुक्क।
73367 मुलेठी ना. जेठीमधु; हे. मरहट्टी।
73368 मुल्किनु अ.क्रि. मुलुक्क देखा पर्नु; झट्ट देखिनु; झुल्किनु।
73369 मुल्को ना. पानी, धुवाँ आदिको पहिलो भुल्को।
73370 मुल्क्याइ ना. १. मुल्किने भाव, क्रिया वा प्रक्रिया।
73371 मुल्क्याइ ना. [मुल्क्याउ+आइ] २. मुल्क्याउने भाव, क्रिया वा प्रक्रिया।
73372 मुल्क्याइनु क.क्रि. मुलुक्क देखाइनु।
73373 मुक्ल्याउनु अ.क्रि. १. मुलुक्क देखा पर्नु; मुल्किनु।
73374 मुक्ल्याउनु अ.क्रि. स.क्रि. / प्रे.क्रि. २. मुलुक्क हेर्नु वा देखाउनु; झुल्क्याउनु।
73375 मुल्क्यान ना. क्षणभर मात्र देखा पर्ने काम; मुलुक्क देखापराइ।
73376 मुल्क्याहट ना. मुल्किने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
73377 मुल्क्याहा वि. मुल्किने स्वभावको।
73378 मुल्तबी ना. हे. मुलतबी।
73379 मुल्याहा वि. १. मूल नक्षत्रमा जन्मेको।
73380 मुल्याहा वि. २. अरूलाई पीडा दिने वा पिर्ने; पिराहा।
73381 मुल्याहा वि. ३. मुलन्धरे।
73382 मुल्ला ना. १. अरबी-फारसी भाषाका ठुला ज्ञाता।
73383 मुल्ला ना. २. बालबालिकालाई पढाउने मुसलमान शिक्षक।
73384 मुशली ना. १. हलेदोको जस्तो जरा हुने एक बुटी; मुसली।
73385 मुशली ना. २. शिवजी।
73386 मुशली ना. ३. बलराम।
73387 मुशलीकन्द ना. लामालामा पात हुने र सेता फूल हुने एक बुटी वा त्यसको कन्द।
73388 मुष्टि ना. मुठी।
73389 मुष्टिदान/भिक्षा ना. भिक्षार्थीलाई दिइने मुठीभर अन्न।
73390 मुसमुन्द्रे वि. १. कपटी चालले र थाहा नपाउने गरी भित्रभित्रै अरूको बिगार गर्ने।
73391 मुसमुन्द्रे वि. २. बुझ पचाउने खालको; पेटाहा।
73392 मुसमुन्द्रो वि. मुसमुन्द्रे।
73393 मुसमुन्द्रो वि. स्त्री. मुसमुन्द्री।
73394 मुसमुस क्रि.वि. १. मन्द गतिमा मिठो बास्ना आउने गरी; सुगन्ध फैलिने किसिमले; मगमग।
73395 मुसमुस क्रि.वि. ना. २. मानिसका शरीरको गन्ध।
73396 मुसमुसाइ ना. मुसमुसाउने भाव, क्रिया वा प्रक्रिया।
73397 मुसमुसाइनु क.क्रि. मुसमुस बास्ना आउने होइनु।
73398 मुसमुसाउनु अ.क्रि. मुसमुस बास्ना आउनु।
73399 मुसमुसे वि. १. मुसमुस बास्ना आउने; हल्का र मधुर गन्ध फैलिएको।
73400 मुसमुसे वि. ना. २. टाढैबाट थाहा पाइने मानिसको शरीरको जस्तो मिठो गन्ध (दन्त्यकथाका राक्षसको भनाइमा प्रचलित)।