Dictionary

All Word

73201 मुद्रायन्त्र ना. १. बिजुलीबाट चल्ने छपाइ यन्त्र।
73202 मुद्रायन्त्र ना. २. मुद्रा वा सिक्का ढाल्ने यन्त्र।
73203 मुद्राविज्ञान ना. मुद्रातत्त्व; मुद्राशास्त्र।
73204 मुद्राशास्त्र ना. पुराना मुद्रा वा सिक्काद्वारा ऐतिहासिक कालक्रमको निरूपण वा विवेचना गर्ने शास्त्र; मुद्रातत्त्व।
73205 मुद्रास्फीति ना. क्रयशक्तिका दृष्टिले मुद्राको मूल्य कम र त्यसका अनुपातमा वस्तुको मूल्य धेरै हुने गरी असाधारण रूपले बढी मुद्रा प्रचलनमा आउने स्थिति; मुद्राबाहुल्य।
73206 मुद्रिका ना. १. नाम कुँदिएको, छाप लगाउने औँठी; छाप।
73207 मुद्रिका ना. २. तर्पण आदि गर्दा लगाइने कुशको औँठी।
73208 मुद्रिका ना. ३. सिक्का।
73209 मुद्रित वि. १. मुद्रण भएको; छपाइएको वा छापिएको।
73210 मुद्रित वि. २. औँठी वा रबर छाप लगाइएको (कागतपत्र)।
73211 मुनक्का ना. ठुलो खालको किसमिस वा सुकाइएको अङ्गुर; दाख; मनक्का।
73212 मुना ना. बोट, बिरुवा, लहरा आदिमा निक्लेको कमलो मुन्टा वा पालुवा; मञ्जरी; मुनु; टुसो; पिपिरो।
73213 मुनाफा ना. मालसामान खरिदबिक्री गर्दा आर्थिक दृष्टिबाट लागतभन्दा बढ्ता हुने लाभ; फाइदा; नाफा।
73214 मुनाल ना. पहाडी भेगमा हुने, जिउभरि बुट्टा, घाँटीमा राम्रो कण्ठा र शिरमा कल्की हुने एक सुन्दर चरो; मोनाल।
73215 मुनासिब वि. मनासिब; उचित; ठिक।
73216 मुनि १ ना.यो. पिँधपट्टि; तल; मुनि; उँधो।
73217 मुनि २ ना. १. वास्तु वा मूर्तिकलामा मात्रा वा अङ्गुलको सात गुना बराबरको नाप; दृष्टि; पाताल, धातु वा अब्धि बराबरको नाप।
73218 मुनि २ ना. २. कुनै विषयवस्तुको मनन गर्ने व्यक्ति; मननशील व्यक्ति; ऋषि; तपस्वी; महात्मा; सन्त; भक्त; सन्न्यासी।
73219 मुनि २ ना. ३. गहिरिएर विचार गर्ने स्वभाव भएको व्यक्ति।
73220 मुनि २ ना. ४. अङ्गिरा, पुलस्त्य, भृगु, कर्दम आदि।
73221 मुनि २ ना. ५. बुद्ध।
73222 मुनि २ ना. ६. व्यास।
73223 मुनि २ ना. ७. सातको सङ्ख्या।
73224 मुनित्रय ना. पाणिनि, कात्यायन र पतञ्जलि।
73225 मुनिपुङ्गव ना. महान् वा प्रमुख ऋषि।
73226 मुनिम ना. व्यक्तिगत संस्था, कोठी आदिको हिसाबखाताको काम गर्ने कर्मचारी।
73227 मुनिमी ना. १. मुनिमको काम वा पद।
73228 मुनिमी ना. २. मुनिम हुनाको भाव वा स्थिति।
73229 मुनियाँ ना. गाढा खैरो रङको शरीरमा थोप्लाथोप्ला हुने फिस्टोजत्रो एकजातको राम्रो चरो।
73230 मुनिव्रत ना. मुनि वा ठुला योगी महात्माहरूको प्रतिज्ञा; तपस्या।
73231 मुनी ना. भेडाबाख्राको माउ वा पाठो।
73232 मुनीन्द्र/मुनीश्वर ना. १. धेरै ठुला ऋषि; मुनिहरूमा श्रेष्ठ।
73233 मुनीन्द्र/मुनीश्वर ना. २. गौतम बुद्ध।
73234 मुनीन्द्र/मुनीश्वर ना. ३. शिव।
73235 मुनु ना. टुसो; पिपिरो; मुना।
73236 मुन्टामुन्टी ना. धेरै मुन्टाको समूह।
73237 मुन्टिनु अ.क्रि. १. कसैले घचेट्दा वा रिँगटा लाग्दा टाउकाले नै टेक्न पुग्नु; मुन्टाले टेक्नु; मन्टिनु; टाउकाको भर पर्नु।
73238 मुन्टिनु अ.क्रि. २. ठ्याक खानु; घोक्रिनु; निकालिनु।
73239 मुन्टिनु अ.क्रि. ३. बाउँटिनु; टेढिनु; भाँडिनु।
73240 मुन्टे वि. मुन्टो निहुरेको; मुन्टिएको।
73241 मुन्टे ठिँगुरो ना. १. मुन्टो अडिने गर्दनको हाड।
73242 मुन्टे ठिँगुरो ना. २. सजाय दिँदा अपराधीलाई गर्दनमा हालिने एक प्रकारको ठिँगुरो।
73243 मुन्टो ना. १. शरीरको सबभन्दा माथिल्लो अवयव; टाउको; माथ; शिर।
73244 मुन्टो ना. २. मुना; मुन्टा।
73245 मुन्टो ना. ३. स्तन वा थुनको अग्रभाग वा टुप्पो; चुचुक।
73246 मुन्ट्याइ ना. मुन्टिने भाव, क्रिया वा प्रक्रिया।
73247 मुन्ट्याइनु क.क्रि. मुन्ट्याउने काम गरिनु; मुन्टाले टेक्ने पारिनु; मन्ट्याइनु; घोक्य्राइनु।
73248 मुन्ट्याउनु स.क्रि. /प्रे.क्रि. १. कापे हातले गर्धन अँठ्याई हुत्त्याउनु; घोक्याउनु; ठ्याक खुवाउनु; घोक्रेछुत्ती लाउनु।
73249 मुन्ट्याउनु स.क्रि. /प्रे.क्रि. २. मुन्टाले टेकाउनु; मुन्टाको भर पार्नु।
73250 मुन्डा वि. १. कपाल नभएको; खुइले; मुडुलो।