Dictionary

All Word

73051 मुड २ ना. २. सन्तान; छोराछोरी; घर-जहान।
73052 मुडगन्ती ना. १. हरेक व्यक्तिको गणना; प्रत्येक व्यक्तिको गन्ती; जनगन्ती।
73053 मुडगन्ती ना. क्रि.वि. २. व्यक्तिपिच्छे; जनही; प्रत्येक।
73054 मुडाइ ना. १. मुड्ने वा मुण्डन गरिने क्रियाप्रक्रिया; मुण्डनगराइ।
73055 मुडाइ ना. २. मुड्ने वा फर्किने क्रियाप्रक्रिया; फर्काई; दोब्राइ।
73056 मुडाइनु क.क्रि. १. मुड्न वा कपाल खौरन लाइनु।
73057 मुडाइनु क.क्रि. २. फर्काइनु।
73058 मुडाउनु प्रे.क्रि. १. मुड्न वा कपाल खौरन लाउनु; जोगी बनाउनु।
73059 मुडाउनु प्रे.क्रि. २. मुड्ने वा फर्कने पार्नु; फर्काउनु।
73060 मुडिनु क.क्रि. १. मुण्डन गरिनु; जोगी बनिनु।
73061 मुडिनु क.क्रि. २. फर्किनु; दिशा बदलिनु।
73062 मुडिलो ना. खण्डखण्ड परेका बाटुला र ठुला पात हुने, निलो फूल फुल्ने र खैरो रङको फल फल्ने बुटी वा त्यसैको फल।
73063 मुडी ना. कुहनादेखि मुठीका टुप्पासम्मको भाग; मुठी।
73064 मुडी हात ना. सोही परिमाणको नापो।
73065 मुडुला ना. हे. मुडुलो।
73066 मुडुलामुडुली ना. १. धेरै मुडुलाको समूह।
73067 मुडुलामुडुली ना. २. मुडुला र मुडुली।
73068 मुडुली ना. १. मृगको पोथी; पोथी मृग।
73069 मुडुली ना. वि. २. कपाल खौरेकी, झरेकी वा खौराएकी (स्त्री.)।
73070 मुडुली माउ ना. कपाल झरेकी वा खौराएकी भिक्षुणी अथवा विधवा।
73071 मुडुले वि. १. मुडुलो; मुण्डित; मुण्डा।
73072 मुडुले वि. ना. २. (उपेक्षाको अर्थमा) जोगी; सन्न्यासी।
73073 मुडुले जौ ना. टुँडो नुहुने एक जातको जौ।
73074 मुडुलै क्रि.वि. मुडुलो भएर; टोपी नै नलाईकन।
73075 मुडुलैठुँडुलै क्रि.वि. कपाल पनि खौरी टोपी पनि नलाईकन।
73076 मुडुलो वि. १. कपाल खौरेको; शिरखुइले; मुडुले।
73077 मुडुलो वि. २. टोपी नलगाई शिर खाली भएको; सिङ नभएको।
73078 मुडुलो गहुँ ना. टुँडो नहुने एक प्रकारको गहुँ।
73079 मुडुलोठुँडुलो वि. कपाल खौरेको र टोपी पनि नलगाएको; सिङपुच्छर केही नभएको।
73080 मुडुवा वि. मुडिएको; मुडिने।
73081 मुडेलो ना. टाउकामा घुम अड्याउनका निमित्त लगाइने डोरी।
73082 मुड्किनु अ.क्रि. मुड्की खाइनु; मुड्कीले कुटिनु।
73083 मुड्किनु अ.क्रि. २. मुड्कीजस्तो हुनु।
73084 मुड्किलो ना. चुलो लोटाउने गोबर, घर पोत्ने माटो, पोतारी आदि राखनधरन गर्ने ठाउँ।
73085 मुड्की ना. घुस्सा हान्न वा कुट्न कस्सिएको मुठी |
73086 मुड्कीको भर ना. बाह्य शक्ति; गुण्डागिरी।
73087 मुड्की चिउरा / च्यूरा ना. पिटाइ; मुक्क्याइ; मुड्कीसास्ती।
73088 मुड्की सास्ती ना. मुड्की चिउरा; मुड्कीच्यूरा।
73089 मुड्के वि. मुड्कोजस्तो; मुड्कोका छाँटको; मुड्कोका ढाँचाको।
73090 मुड्को ना. काठआदिको छोटो र मोटो गिँड; मुढो।
73091 मुड्क्याइ ना. १. मुड्क्याउने क्रिया वा प्रक्रिया |
73092 मुड्क्याइनु क.क्रि. १. मुड्कीले हिर्काइनु; मुक्क्याइनु।
73093 मुड्क्याइनु क.क्रि. २. मुड्को पारिनु।
73094 मुड्क्याउनु स.क्रि. / प्रे. क्रि. १. मुड्कीले हान्नु; मुक्क्याउनु; डिम्क्याउनु।
73095 मुड्क्याउनु स.क्रि. / प्रे. क्रि. २. हतियारको धार कुँडिने पार्नु; भुत्ते तुल्याउनु।
73096 मुढ ना. मुढो।
73097 मुढ पेलाइ ना. अबुझ ढिपी।
73098 मुढन ना. उखुको पहिलो सालको बाली।
73099 मुढा ना. १. हे. मुढो।
73100 मुढा ना. २. बाँसका मसिना डन्डीहरू मिलाई छाला वा डोरीले बुनी बस्ने ठाउँतिर ढाकी बनाइएको डमरुका आकारको बस्ने साधन।