Dictionary

All Word

72901 मुख्याइ ना. मुख्याउने क्रिया वा प्रक्रिया।
72902 मुख्याइनु क.क्रि. खाइनु।
72903 मुख्याउनु स.क्रि. मुखमा हाल्नु; भोजन गर्नु; खानु।
72904 मुख्येली ना. मुखियाको दर्जा वा काम; तालुकदारी।
72905 मुगल ना. विक्रमको सोन्हौँ शताब्दीमा भारतमा शासन गर्ने तातार-देशनिवासी एक मुसलमान जाति।
72906 मुगलान ना. १. मुगलकालीन भारत; भारत; मोगलान।
72907 मुगलान ना. २. विदेश |
72908 मुगलानियाँ वि. मुगलानसम्बन्धी; मुगलानको; मोगलानियाँ।
72909 मुगलाने वि. मुगलानियाँ।
72910 मुगा ना. १. न्यानो समुद्रमा रहने एक प्रकारको किरा; मुगा।
72911 मुगा ना. २. त्यसै किराले तयार पारेको, गहना आदिमा जडिने र औषधीमा उपयोग गरिने एक प्रकारको रातो रत्न।
72912 मुगा ना. ३. नेपालको कोसी अञ्चलअन्तर्गत धनकुटा जिल्लामा पर्ने एक गाउँ।
72913 मुगा ढिस्को ना. समुद्रमा मुगाको हाडखोर जम्मा भएर बनेको ढिस्को (कोरल रिफ)।
72914 मुगा भस्म ना. असल औषधी बनाइने मुगाको भस्म वा खरानी।
72915 मुगाली ना. १. मुगा लगाउने।
72916 मुगाली ना. २. मुगामा बस्ने; मुगाको बासिन्दा।
72917 मुगिया ना. छिपाइद्वारा तयार हुने एक प्रकारको कपडा।
72918 मुगिया छिट ना. हरियो, भुईंमा रातो वा रातो भुईंमा हरियो थोप्ले बुट्टा हुने, पहाडिया महिलाहरूमा निकै प्रचलित एक प्रकारको कपडा।
72919 मुगी ना. मासका जस्ता पात हुने, पहेँला फूल फुल्ने र लामालामा कोसाभित्र मसिना दाना हुने एक अन्न, मुङ; मुँगी।
72920 मुगु ना. नेपालको कर्णाली अञ्चलअन्तर्गत पर्ने एक जिल्ला।
72921 मुगौतो ना. मुगा र पत्थरको मालामा सानो कैँडो झुन्ड्याई घाँटीमा लगाइने एक प्रकारको गहना।
72922 मुग्दल ना. मुगीको पिठोबाट बनाइएको लड्डु; मोतीचुर।
72923 मुग्ध वि. १. मोहमा परेको; मक्ख; मोहि।
72924 मुग्ध वि. २. होसहवास गुम भएको; मूर्छि।
72925 मुग्ध वि. ३. मूढ; मूर्ख; अज्ञानी; जड।
72926 मुग्ध वि. ४. सरल; सिधासाधा; सोझो।
72927 मुग्ध वि. ५. प्रणयोन्मत्।
72928 मुग्ध वि. ६. भुल गर्ने; भुलमा परेको।
72929 मुग्धबुद्धि वि. १. मूर्ख; जड; मूढ; मुग्धमति।
72930 मुग्धबुद्धि वि. २. सिधासाधा; सोझो।
72931 मुग्धा ना. १. कलिलो यौवनकी लज्जालु किसिमकी नायिका।
72932 मुग्धा ना. २. कुमारी युवती।
72933 मुग्री ना. एक प्रकारको माछो।
72934 मुङ्रे वि. हे. मुङ्ग्रे।
72935 मुङ्रे केरा ना. मुङ्ग्रेकेरा।
72936 मुङ्रे कोदो ना. मुङ्ग्रे कोदो।
72937 मुङ्ग्री ना. सानो मुङ्ग्रो।
72938 मुङ्ग्रीमारे ना. मुङ्ग्रीको मार वा चुटाइ; साफी चुटाइ।
72939 मुङ्ग्रे वि. १. मुङ्ग्रोजस्तो; मुङ्ग्रोका छाँटको; ठुलो।
72940 मुङ्ग्रे वि. ना. २. मुङ्ग्रो चलाउने मानिस।
72941 मुङ्ग्रे केरा ना. ठुलठुला र मोटा कोसा हुने एक जातको ठिक्कै खालको केरा।
72942 मुङ्ग्रे कोदो ना. बोट अलि सानो भई बाला ठाडो हुने एक जातको कोदो वा त्यसैको बोट।
72943 मुङ्ग्रेलो ना. ज्वानुका छाँटका काला गेडा हुने एक प्रकारको जिरो; कालो जरो; कलौँजी |
72944 मुङ्ग्रो ना. १. लुगा धुँदा पिट्ने वा कीला आदि ठोक्ने काठको हाते साधन।
72945 मुङ्ग्रो ना. २. छाडा गाईभैँसीका घाँटीमा अघिल्तिरका खुट्टा ठोकिएर कुद्न नहुने गरी बाँध्ने काठको डन्डी।
72946 मुङ्ग्रो ना. ३. एक खालको पुरानो हतियार; मुद्गर।
72947 मुङ्लेरी ना. विवाह आदि कार्यमा मङ्गलगीत गाउने आइमाई।
72948 मुङ्सिर ना. मङ्सिर; मार्ग।
72949 मुङ्सिरे ना. मङ्सिरमा दाइँ गर्दा गाइने एक लोकगीत; मङ्सिरे; राशिगी।
72950 मुचकुन्द/मुचुकुन्द ना. १. मान्धाताका पुत्र प्राचीन एक तपस्वी राजा।