Dictionary

All Word

72751 मुकुर ना. ४. एक वृक्षविशेष।
72752 मुकुरिनु अ.क्रि. १. उकुसमुकुस हुनु; ठेसमठेस हुनु।
72753 मुकुरिनु अ.क्रि. २. सानो भाँडामा धेरै अन्न पकाउँदा खाँदिएर पाक्न नसक्नु।
72754 मुकुरिनु अ.क्रि. ३. अररिनु।
72755 मुकुरिनु अ.क्रि. ४. सङ्कीर्ण हुनु।
72756 मुकुरिनु अ.क्रि. ५. असह्य हुनु।
72757 मुकुरो वि. हे. बुकुरो।
72758 मुकुऱ्याइ ना. १. मुकुरिने क्रिया वा प्रक्रिया।
72759 मुकुऱ्याइ ना. [मुकुऱ्याउ+आइ] २. मुकुऱ्याउने क्रिया वा प्रक्रिया।
72760 मुकुऱ्याइनु प्रे. क्रि. १. सकी नसकी धेरै खानु।
72761 मुकुऱ्याइनु प्रे. क्रि. २. सानो भाँडोमा खाँदिने गरी धेरै अन्न पकाउनु।
72762 मुकुऱ्याइनु प्रे. क्रि. ३. उकुसमुकुस पार्नु।
72763 मुकुऱ्याहट ना. मुकुरिने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
72764 मुकुल ना. १. फूलको कोपिला; मुना।
72765 मुकुल ना. २. कोपिला जस्तै कुनै चिज।
72766 मुकुल ना. ३. शरीर।
72767 मुकुल ना. ४. आत्मा; जीव।
72768 मुकुलित वि. १. कोपिला लागेको; टुसाएको।
72769 मुकुलित वि. २. केही फक्रेको वा फुलेको।
72770 मुक्का ना. कसैलाई हान्न बाँधिएको मुठी; मुड्की; मुक्की; घुस्सा; ढुस्सा।
72771 मुक्काबाजी ना. मुक्काले हिर्काउने काम; त्यस्तो झगडा वा कुस्ती; पिटापिट |
72772 मुक्कामुक्की ना. एक-अर्कामा मुक्काले हान्ने काम; मुक्काबाजी।
72773 मुक्किनु अ.क्रि. मुक्का खानु; घुस्सा खानु।
72774 मुक्की ना. मुक्का; मुड्की।
72775 मुक्केबाज वि. मुक्काको प्रयोग गरेर लड्ने; (बक्सर)।
72776 मुक्केबाजी ना. परस्परमा मुक्काले हान्ने प्रक्रिया वा त्यसरी खेलिने प्रतियोगितात्मक खेल।
72777 मुक्कोपिरा ना. एउटै भेट्नुमा जोडिएका संयुक्त पात हुने, टुप्पामा क्याप्सुल आकारका थुप्रै ससाना फूल फुल्ने एक लहरो।
72778 मुक्क्याइ ना. मुक्क्याउने क्रिया वा प्रक्रिया।
72779 मुक्क्याइनु क.क्रि. मुक्काले हिर्काइनु।
72780 मुक्क्याउनु स.क्रि. मुक्काले हान्नु; घुस्सी दिनु; डिम्क्याउनु; ढुस्याउनु।
72781 मुक्त वि. १. स्वतन्त्र गरिएको; फुक्का छोडिएको; बन्धनमा नपारिएको; खुला।
72782 मुक्त वि. २. परित्यक्त; त्यागिएको।
72783 मुक्त वि. ३. मोक्ष प्राप्त गरेको।
72784 मुक्त इलाका ना. स्वतन्त्र क्षेत्र।
72785 मुक्तक ना. १. पूर्वीय काव्यशास्त्रअनुसार समासरहित गद्य।
72786 मुक्तक ना. २. कथासूत्रमा आबद्ध नभएको, हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता।
72787 मुक्तक काव्य ना. मुक्तक कविता; टुक्रे कविता |
72788 मुक्तकण्ठ वि. खुला हृदयले बोल्ने वा प्रशंसा गर्ने; निःसङ्कोच।
72789 मुक्तक्षण ना. स्वतन्त्रतापूर्वक निर्धक्क भएर बिताइएको क्षण।
72790 मुक्तछन्द ना. १. मात्रा, अनुप्रास, चरण आदिको बन्धन नमानिने केवल गत्यात्मक लयलाई ध्यानमा राखेर लेखिने कविता (ब्ल्याङ्कभर्स)।
72791 मुक्तछन्द ना. २. रबड-छन्द।
72792 मुक्त परिवर्तन ना. ध्वनि अर्थभेदक नभईकन स्वतन्त्र रूपमा परिवर्तित हुने भाषावैज्ञानिक प्रक्रिया।
72793 मुक्त वाणिज्य / मुक्त व्यापार ना. विदेशबाट आफ्नो देशमा आउने मालमा बाधक कर नलगाइने नीति; कुनै देशका साथ विशेष कर नलाग्ने व्यापारनीति, मुक्त प्रकारको व्यापार नीति (फ्री ट्रेड); खुल्ला बेपार।
72794 मुक्तहस्त वि. ठुलो हात भएको; फुक्का मनको; उदार; दानी।
72795 मुक्तहृदय वि. उदार मन भएको; सफा हृदय भएको।
72796 मुक्ता ना. १. मोती।
72797 मुक्ता ना. २. वेश्या।
72798 मुक्ताक्षर ना. अन्त्यमा आउने वा आएको अक्षर।
72799 मुक्तात्मा वि. मोक्ष प्राप्त गरेको; आसक्तिरहित; जीवनमुक्।
72800 मुक्ताफल ना. मोती।