Dictionary

All Word

72701 मीठे वि. हे. मिठे |
72702 मीठो वि. हे. मिठो।
72703 मीड ना. एक सुरबाट अर्को स्वरको आवाज निकाल्ने तरिका; रेटेर वा पर्दामा रगडेर विभिन्न स्वरको आवाज निकाल्ने क्रिया।
72704 मीन ना. १. मत्स्य; माछो।
72705 मीन ना. २. बाह्रौँ राशिको नाम |
72706 मीनपचास ना. १. मङ्सिरको एक्काइस गतेदेखि माघको दश गतेसम्म पचास दिनको जाडाको याम।
72707 मीनपचास ना. २. शिक्षणसंस्थानहरूमा प्रायः सोही याममा दिइने बिदा; हिउँदे बिदा |
72708 मीनमेख ना. १. खोट लगाउने काम।
72709 मीनमेख ना. २. आनाकानी; नाइँनास्ति।
72710 मीम ना. हे. मिम।
72711 मीमांसक वि. मीमांसा गर्ने; मीमांसाशास्त्रको ज्ञाता वा पण्डि।
72712 मीमांसन ना. मीमांसा गर्ने काम वा भाव।
72713 मीमांसा ना. १. भारतीय छवटा मुख्य दर्शनशास्त्रमध्ये मूलतः पूर्व मीमांसा र उत्तर मीमांसा दुई भागमा बाँडिएको एक दर्शन।
72714 मीमांसा ना. २. अनुमान र तर्कवितर्कद्वारा कुनै विषयका मूल तत्त्व वा वास्तविकताको पत्तो लगाउने काम; सो सन्दर्भमा गरिने गम्भीर मनन वा विचार; तत्त्वनिर्णय; विवेचना।
72715 मीमांसाकार ना. मीमांसासूत्रका प्रणेता जैमिनि ऋषि।
72716 मीमांसामूलक वि. मीमांसाको प्रधानता रहेको; मीमांसाका दृष्टिले हेरिने वा अध्ययन गरिने।
72717 मीमांसित वि. मीमांसा गरिएको वा भएको।
72718 मीमांस्य वि. मीमांसा गर्न योग्य वा उचि।
72719 मीर ना. हे. मिर।
72720 मील ना. माइल |
72721 मीलन ना. बन्द गर्ने काम; चिम्लाइ (आँखा); खुम्चिने काम; खुम्चाइ (फूल आदि)।
72722 मीलित वि. १. बन्द गरिएको; चिम्लिएको।
72723 मीलित वि. २. खुम्चिएको; सङ्कुचित |
72724 मुँगी ना. हे. मुगी।
72725 मुअत्तल वि. १. लागेका अभियोगको किनारा नलागुन्जेल पद वा कामबाट हटाइएको (कर्मचारी); निलम्बि।
72726 मुअत्तल वि. २. खाली।
72727 मुअत्तली ना. मुअत्तल हुने काम; निलम्बन।
72728 मुआब्जा ना. कुनै वस्तुको बदलामा दिइने नगद वा वस्तु; क्षतिपूर्ति; हर्जाना; साटो।
72729 मुकदमा ना. झगडा; मुद्दा; कलह; मामिला।
72730 मुकर ना. निश्चय; निधो; टुङ्गो; ठेकान; मुक्कुर।
72731 मुकर्र वि. १. निश्चय गरिएको; टुङ्गो लगाइएको।
72732 मुकर्र वि. २. खटाइएको; नियुक्त |
72733 मुकाबला/मुकाबिला ना. १. डट्ने काम; सामना।
72734 मुकाबला/मुकाबिला ना. २. मुठभेड; द्वन्द्वयुद्ध; लडाइँ; भिडन्।
72735 मुकाबला/मुकाबिला ना. ३. विरोध; प्रतिरोध।
72736 मुकाबला/मुकाबिला ना. ४. कुनै विषयमा दुई थरी व्यक्ति वा वस्तुका बिचमा हुने बराबरीको भावना; दाँजो; तुलना।
72737 मुकाम ना. १. भ्रमण गर्दा बाटामा पर्ने बास; अस्थायी बसाइ।
72738 मुकाम ना. २. विश्राम; बिसाइँ।
72739 मुकुट ना. १. देवता वा राजाले पैहने श्रेष्ठतासूचक शिरोभूषण; श्रीपेच; शिरपेच; मुकुट; ताज।
72740 मुकुट ना. २. शिखा।
72741 मुकुट ना. ३. शिखर।
72742 मुकुटधमनी ना. मुटुमा रगतको सञ्चालन गर्ने नाडीहरू।
72743 मुकुन्द ना. १. विष्णु वा कृष्णको नाम।
72744 मुकुन्द ना. २. एक अमूल्य पत्थर।
72745 मुकुन्द ना. ३. एक प्रकारको ढोल।
72746 मुकुन्द ना. ४. कुबेरका नौ निधिमध्ये एक।
72747 मुकुन्द सेन ना. विक्रमको अठारौँ शताब्दीको चौथो चरणतिर पाल्पाप्रदेशमा राज्य गर्ने एक प्रसिद्ध सेनवंशी राजा।
72748 मुकुर ना. १. ऐना; दर्पण।
72749 मुकुर ना. २. फूलको कोपिला।
72750 मुकुर ना. ३. कुमालेको चक्र घुमाउने लट्ठी।