Dictionary

All Word

72551 मिलन ना. २. सम्पर्कमा आउने काम भेला; बटुलो।
72552 मिलन ना. ३. मिश्रण; मिलाइ।
72553 मिलन ना. ४. मुकाबिला; सामना।
72554 मिलनशील वि. सबैसँग मेलजोल राख्ने; मिलनसार।
72555 मिलन समारोह ना. विशेष गरेर विद्यालयहरूमा पुराना र नयाँ विद्यार्थीहरू भेला भई मनोरञ्जनका साथ मनाइने समारोह वा भेटघाटको रमाइलो कार्यक्रम |
72556 मिलनसार वि. मिलजुल गर्ने प्रकृतिको; सबैसँग मेल राख्ने; मिलनशील।
72557 मिलनसारी ना. मिलनसार हुनाको भाव वा अवस्था।
72558 मिलाइ ना. मिल्ने वा मिलाउने क्रियाप्रक्रिया।
72559 मिलाइनु क.क्रि. मिल्ने पारिनु।
72560 मिलाउनु स.क्रि. / प्रे.क्रि. १. दँजाउनु; दाँज्नु।
72561 मिलाउनु स.क्रि. / प्रे.क्रि. २. ठिकठाक पार्नु; व्यवस्था गर्नु।
72562 मिलाउनु स.क्रि. / प्रे.क्रि. ३. मिल्ने पार्नु वा गराउनु।
72563 मिलान ना. १. मेल; मिलाप।
72564 मिलान ना. २. मिश्रण; मिसाइ।
72565 मिलान ना. ३. तुलना; दँजाइ; भिडाउने काम; रुजु।
72566 मिलाप ना. १. मेल; संयोग; भेट।
72567 मिलाप ना. २. मित्रता; आत्मीयता।
72568 मिलाप ना. ३. मैत्री सम्बन्ध; हिमचिम।
72569 मिलापत्र ना. कुनै मुद्दाका वादी तथा प्रतिवादी दुवैले परस्पर मिली झगडा छोडेर अड्डामा आई लेखिने सम्झौताको कागज।
72570 मिलावट ना. १. मिलाउने काम; मिलान।
72571 मिलावट ना. २. राम्रानराम्रा अनेक थोक वा वस्तुको मिश्रण गरी बिगार्ने काम (जस्तो बेसारमा ढुटो, घिउमा चिउरीको तेल आदि); अपमिश्रण; छ्यासमिसेपन।
72572 मिलावट ना. ३. मिलाइने वस्तु; कसर।
72573 मिलिक ना. १. बिजुली चम्कँदाको वेग; झमिक।
72574 मिलिक ना. २. एकै छिन; निमेष; पलक।
72575 मिलिक ना. चुलोमाथि बनाइने फल्याकको टाँड।
72576 मिलिक भरमा क्रि.वि. १. पलकभरमा; एकै छिनमा।
72577 मिलिक भरमा क्रि.वि. २. साह्रै छिटोसँग; चालै नपाई।
72578 मिलिकमिलिक क्रि.वि. छिटछिटो बिजुली चम्कने वा ज्योति फाल्ने गरी।
72579 मिलिक्क क्रि.वि. १. एकै छिन वा क्षणभर मात्र देखा पर्ने गरी; एक्कासि झुल्किएर, देखा परेर तुरुन्तै हराउने गरी; झिमिक्क।
72580 मिलिक्क क्रि.वि. २. आँखा झिम्म पारेर।
72581 मिलिङ ना. धुनीमाथि दाउरा सुकाउनका निमित्त बनाइने टाँड।
72582 मिलिटरी वि. कथ्य मिल्ट्री।
72583 मिलिटरी वि. १. सैनिक; जङ्गी; फौजी |
72584 मिलिटरी वि. ना. २. सेना; फौजी।
72585 मिलित वि. १. एक ठाउँमा राखिएको वा आएको; जोडिएको; संयुक्।
72586 मिलित वि. २. मिलेको; मिश्रि।
72587 मिलित वि. ३. उस्तै वस्तु अर्कोमा दबिँदा हुने एक अर्थालङ्कार।
72588 मिलित दृष्टि ना. समान दृष्टि; केन्द्रित दृष्टि।
72589 मिलिनु अ.क्रि. मिल्ने होइनु।
72590 मिलिन्द ना. भमरो; भ्रमर; मधुमक्खी।
72591 मिलिसिया ना. १. सङ्कटकालीन स्थितिमा जङ्गी सेवामा लगाइने, नागरिकहरूमध्येबाटै सङ्गठन गरिएको वा अल्प समयमा प्रशिक्षित भएको सेना।
72592 मिलिसिया ना. २. जिल्लाजिल्लामा सुरक्षाका लागि तैनाथ, त्यस्तो फौजी तालिमप्राप्त सेना।
72593 मिलीजुली क्रि.वि. आपसमा मिलजुल गरी; मेलजोल राखेर; मिलोमतो गरी।
72594 मिलीभगत ना. प्रायः कुनै स्वार्थपूर्ण वा नराम्रो काममा मिलेमतो गरी वा साझेदारी भई लाग्ने स्थिति, काम वा प्रवृत्ति; गठबन्धन; गठजोड।
72595 मिलेमतो ना. १. परस्पर मिलेको वा मिलाएको मतो; आपसी मेल र कुराकानी; सरसल्लाह।
72596 मिलेमतो ना. २. कुनै गुप्त कुराको परामर्श; मतोजतो; षड्यन्त्र।
72597 मिल्कनु अ.क्रि. १. कुनै वस्तु नस्याहारी त्यसै अलपत्र रहनु; फालिनु; फ्याँकिनु।
72598 मिल्कनु अ.क्रि. २. हुत्तिनु; हुरिनु।
72599 मिल्कनु अ.क्रि. ३. त्याग्ने काम हुनु; छोडिनु।
72600 मिल्काइ ना. मिल्कने तथा मिल्काउने क्रिया वा प्रक्रिया |