Dictionary

All Word

72451 मिति ना. ३. परिमाण; मान।
72452 मिति छाप ना. साल, महिना, गते आदि भएको छाप।
72453 मिति पुऱ्याउनु टु. हद पुऱ्याउनु।
72454 मितिनी ना. १. आइमाईले मित लगाइएकी आइमाई; स्त्रीमित; मितेनी।
72455 मितिनी ना. २. आइमाईकी आइमाई साथी; सँगिनी।
72456 मितिनी ना. ३. मितकी पत्नी।
72457 मितिनी ना. ४. पत्नीले मित लगाएकी सखी।
72458 मितिनी बुहारी ना. मितिनीको बुहारी; बुहारीकी मितिनी।
72459 मितिबन्द ना. स्याहा स्रेस्ता आदिमा लेख्नुपर्ने बेहोरा लेखिसकेपछि आखिरमा मिति लेखी गरिने समाप्ति वा टुङ्ग्याइ।
72460 मितिरेखा ना. समाचारपत्र आदिमा मिति जनाउने पङ्क्ति (डेटलाइन)।
72461 मितु ना. हे. मिता।
72462 मितेनी ना. हे मितिनी।
72463 मितेरी/मित्यारी ना. मितको भाव; मित्रता; मैत्री; दोस्ती; मित्यारी।
72464 मितेरी साँघु ना. अरनिको राजमार्गमा कोदारीनजिकै पर्ने, नेपाल-चीन सिमानामा रहेको प्रसिद्ध पुल।
72465 मितेरी साइनु ना. मित्रताको सम्बन्ध; मित लगाएर भएको साइनु।
72466 मित्र ना. १. साथी; सखा; सँगी; दौँतरी; सँगाती।
72467 मित्र ना. २. सूर्य; आदित्य।
72468 मित्र ना. ३. सहयोगी; शुभचिन्तक।
72469 मित्रता ना. १. मित्रको भाव; मैत्री; दोस्ती; मितेरी।
72470 मित्रता ना. २. मित्रको भाव, धर्म वा अवस्था।
72471 मित्रद्रोह ना. मित्रलाई घृणा गर्ने काम।
72472 मित्रद्रोही वि. मित्रद्रोह गर्ने।
72473 मित्रभाव ना. मित्रताको भाव; मितेरी |
72474 मित्रभेद ना. मित्रताको छुटाइ।
72475 मित्रराष्ट्र ना. मैत्री सम्बन्ध रहेको देश; सहयोगी राष्ट्र।
72476 मित्रसम्मित वि. मित्रले जस्तो; मित्र बराबर।
72477 मिथिला ना. विदेह देशको राजधानीको नाम; जनकपुर।
72478 मिथुन ना. १. स्त्रीपुरुषको जोडी; दम्पती; जोईपोइ।
72479 मिथुन ना. २. बाह्र राशिमध्ये तेस्रो राशि।
72480 मिथुन ना. ३. समागम; मैथुन; सहवास।
72481 मिथुन गाई ना. जङ्गली गाई।
72482 मिथ्या वि. असत्य; ढाँट; झुटो; झुट; झुट्टो।
72483 मिथ्याचार ना. अनुचित आचरण; छलपूर्ण व्यवहार; गलत चाल।
72484 मिथ्याचारी वि. मिथ्याचार गर्ने।
72485 मिथ्याज्ञान ना. भ्रमपूर्णज्ञान; भ्रान्ति।
72486 मिथ्यादृष्टि ना. १. नास्तिकता।
72487 मिथ्यादृष्टि ना. २. मतविरोध।
72488 मिथ्यापवाद ना. झुटो आरोप; मिथ्याभियोग।
72489 मिथ्याभाषी वि. झुटो बोल्ने; असत्यवादी।
72490 मिथ्याभियोग ना. मिथ्यापवाद |
72491 मिथ्यावादी वि. झुटो बोल्ने; असत्यवादी; ढँटुवा।
72492 मिनट ना. हे. मिनेट।
72493 मिना ना. सुन, चाँदी आदिका गहनामा बुट्टा भर्ने एक प्रकारको रङ।
72494 मिनाकारी ना. मिना भर्ने काम।
72495 मिनार ना. स्तम्भका आकारमा बनेको उच्च इमारत; धरहरा।
72496 मिनाहा वि. १. माफ गरिएको वा छोडिएको; छुट।
72497 मिनाहा वि. २. घटाइएको; कम गरिएको।
72498 मिनाहा वि. ना. ३. असुलउपर गर्नुपर्ने रकमको छुट; त्यस्तो छुट दिने काम।
72499 मिनाहा मोजरा ना. आयव्ययको हिसाबमा केही रकम नपुग वा घटीबढी भएमा केही माफी दिने र केही कट्टा गर्ने काम।
72500 मिनिस्टर ना. मन्त्री; अमात्य।