Dictionary

All Word

72351 माहेश्वर वि. २. महेश्वरसम्बन्धी; महेश्वरको।
72352 माहेश्वर सूत्र ना. महेश्वरबाट पाणिनिले प्राप्त गरेका अइउण् आदि चौध सूत्र।
72353 माहेश्वरी ना. १. दुर्गा।
72354 माहेश्वरी ना. २. सप्त-मातृकामध्ये एक।
72355 माहेश्वरी ना. वि. ३. महेश्वरसम्बन्धी।
72356 मिक्स्चर ना. औषधालयमा विविध रासायनिक पदार्थको योगद्वारा तयार पारिएको झोलिलो औषधी।
72357 मिच्नु स.क्रि. १. शरीरमा हातले धेरै थिचेर तथा दलेर माड्नु; मल्नु; दाब्नु।
72358 मिच्नु स.क्रि. २. थिचोमिचो गर्नु; दमन गर्नु; दबाउनु।
72359 मिच्नु स.क्रि. ३. बेअदबी गर्नु; नटेर्नु; नमान्नु।
72360 मिच्नु स.क्रि. ४. साँधसीमाको उल्लङ्घन वा अतिक्रमण गर्नु; गिजोल्नु।
72361 मिचमाच ना. धमाधम मिच्ने र थिच्ने काम; किचकाच।
72362 मिचाइ ना. मिच्ने भाव, क्रिया वा प्रक्रिया।
72363 मिचाइनु क.क्रि. मिच्न लाइनु; मिचाइमा पारिनु।
72364 मिचाउनु प्रे. क्रि. मिच्न लाउनु; मिचाइमा पार्नु।
72365 मिचान ना. मिच्ने काम; मिचाइ।
72366 मिचामिच ना. १. धमाधम वा परस्परमा मिच्ने वा पेल्ने काम; पेलापेल; ठेलाठेल।
72367 मिचामिच ना. २. कामकाजको घचारो; धेरै मिचो।
72368 मिचाहा वि. १. अर्कालाई मिच्ने वा दबाउने स्वभाव भएको।
72369 मिचाहा वि. २. भनेको कुरा नटेर्ने; हेपाहा; अटेरी।
72370 मिचाहा वि. ३. पेलाहा; ठेलाहा।
72371 मिचाहा वि. ४. चलनचाँजोको अतिक्रमण गर्ने।
72372 मिचिनु क.क्रि. मिच्ने काम गरिनु; मलिनु; माडिनु।
72373 मिचो ना. १. कामको चटारो वा चापाचाप; कामको बोझ; कामको भिड।
72374 मिचो ना. २. घुइँचो; हुलमूल।
72375 मिचा ना. कान्छो छोरो।
72376 मिचा खान ना. भिर्कोटे राजा भूपाल रायका कान्छा छोरा अजयसिंहको स्थानीय प्रचलित नाम।
72377 मिच्छिनु अ.क्रि. १. पाहुनापाछा, केटाकेटी आदिसँग भिजिनु।
72378 मिच्छिनु अ.क्रि. २. लुगाफाटा, गरगहना आदिको लगातार प्रयोगबाट झर्कनु।
72379 मिच्छ्याइ ना. मिच्छ्नेि भाव क्रिया वा प्रक्रिया।
72380 मिच्छ्याइनु क.क्रि. मिच्छ्नेि पारिनु।
72381 मिच्छ्याउनु प्रे.क्रि. मिच्छिन लाउनु; मिच्छ्नेि पार्नु।
72382 मिजायसी वि. हे. मिजासिलो / मिजासी।
72383 मिजार ना. हे. मिझार।
72384 मिजारे ना. मिझारे।
72385 मिजास ना. १. राम्रो बोलीवचन र मिष्ट व्यवहार; शिष्टाचार।
72386 मिजास ना. २. बानीबेहोर; शीलस्वभाव; बानी; शील।
72387 मिजासिलो / मिजासी वि. राम्रो वा असल मिजास भएको।
72388 मिझार ना. १. सार्कीलाई शिष्टतापूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द; मिजार।
72389 मिझार ना. २. गाउँको एक प्रकारको मुखिया; तालुकदारभन्दा तल्लो दर्जाको तिरो उठाउने व्यक्ति; मिझारे।
72390 मिझारी ना. मिझारले गर्ने काम; मिझारको पद; मिजारी।
72391 मिझारे ना. मिझार; मिजारे।
72392 मिट ना. मासु।
72393 मिट बल भित्रपट्टि कुटेको वा थुङथुड्याएको मासु राखी बाहिर मैदाको आवरणले ढाकेर बनाइएको पकौडीका छाँटको डल्लो खानेकुरो।
72394 मिट मसला ना. मासुका परिकारमा हाल्न तयार गरिएको विशेष प्रकारको फुको मसला।
72395 मिटर ना. १. बिजुली, पानी आदिको गति तथा परिमाण नाप्ने र रेकर्ड गर्ने यन्त्र।
72396 मिटर ना. २. मोटर ( ट्याक्सी), टेम्पो, मोटरसाइकल आदिको भाडा आँक्ने यन्त्र।
72397 मिटर ना. ३. मेट्रिक प्रणालीअनुसार विस्तार वा लमाइ नाप्ने नापो।
72398 मिट्टी ना. माटो; मट्टी |
72399 मिठा वि. हे. मिठो।
72400 मिठा चपत ना. स्नेहले वा जिस्किएर हल्का तवरले दिइएको चपेटा वा लपटो।