Dictionary

All Word

72501 मिनिस्टरी ना. १. मन्त्रीको काम वा पद।
72502 मिनिस्टरी ना. २. मन्त्रिमण्डल; मन्त्रिपरिषद्।
72503 मिनी वि. सानो; छोटो; होचो।
72504 मिनी बस ना. सानो आकारको बस गाडी |
72505 मिनी स्कर्ट ना. स्वास्नीमानिसहरूले लगाउने छोटो लमाइ भएको एक पोसाक।
72506 मिनी मार्केट ना. सानो बजार।
72507 मिनेट ना. साठी सेकेन्डको समयावधि; एक घण्टाको साठी भागको एक भाग; मिनट।
72508 मिन्जालिका ना. आबर्जेमा खर्चको रकम वा सो खर्च भएको गोस्वारा बोली।
72509 मिन्ट ना. सिक्का बनाउने ठाउँ; टक्सार; टकशाला।
72510 मिम ना. १. सभ्य श्वेत स्त्री; मीम।
72511 मिम ना. २. तासको बाह्रौँ फुट्टी; मिसी।
72512 मिम पोसाक ना. युरोपेली स्त्रीहरूले लगाउने खास प्रकारको पोसाक; टाँक भएको ब्लाउज र फ्रक जोरेर बनाइएको एक प्रकारको जनाना पोसाक।
72513 मिमलहरी ना. बाक्ला हरिया पात हुने, बिचबिचमा टपका आकारको फूलको झुप्पा हुने एक लहरो वा त्यसको फूल।
72514 मिमियाँ ना. शरीरमा चोटपटक लागेमा सेवन गरिने एक औषधी।
72515 मियाँ १ ना. १. धानको नाथ्री।
72516 मियाँ १ ना. २. चामलमा मिसिने कनिकाजस्तो भुस।
72517 मियाँ २ ना. मुसलमानको आदरवाची शब्द।
72518 मियो ना. १. दाईं गर्न खलाका बिचमा बलियो गरी गाडिने लामो खम्बा।
72519 मियो ना. २. घर वा परिवारको मूली।
72520 मियो ना. ३. सङ्घ- संस्थाको प्रमुख व्यक्ति।
72521 मिर ना. १. सरदार।
72522 मिर ना. २. प्रधान; मुख्य व्यक्ति।
72523 मिर उमराउ ना. कार्याधिकारी पुरुषहरूका अगुवा; मुख्य सैनिकको एक पद।
72524 मिरगी ना. हे. मिर्गी।
72525 मिरजाब ना. नक्खी।
72526 मिरमिच्चे वि. छरितो; पातलो; ख्याउटे।
72527 मिरमिर क्रि.वि. १. भुईंमा उज्यालो खस्नखस्न खोज्ने गरी; अलिअलि उज्यालोका साथमा; रिमरिम; भुकभुक।
72528 मिरमिर क्रि.वि. ना. २. त्यस्तो उज्यालो हुने बिहानीपखको समय; झसमिस।
72529 मिरमिरे वि. मिरमिर भएको; थोरैथोरै (उज्यालो); भुकभुकाउँदो।
72530 मिरमुन्सी ना. पहिलेपहिले परराष्ट्रविभागको काम गर्ने मुख्य अधिकारी।
72531 मिरसुब्बा ना. सुब्बाभन्दा माथि र सरदारभन्दा मनिको एक उच्च निजामती दर्जा।
72532 मिर्ग ना. हरिण; मृग।
72533 मिर्गाई ना. मृगजस्तो देखिने एक थरी गाई; नीलगाई।
72534 मिर्गासन ना. सन्ध्यावन्दन आदि पवित्र कार्यमा प्रयोग गरिने मृगका छालाको आसन; मृगासन।
72535 मिर्गी ना. छारेरोग।
72536 मिर्गौलो ना. रगतबाट खराब तत्त्वहरू अलग गरेर पिसाबका रूपमा बाहिर निकाल्ने शरीरभित्र मेरुदण्डका दायाँ-बायाँ रहने जोडी अवयव।
72537 मिर्धा वि. १. बहादुर; नायक।
72538 मिर्धा वि. ना. २. नाइके हात्ती।
72539 मिल्नु ना. १. कुनै दुई वस्तु वा व्यक्ति एकै ठाउँ भेला हुनु; एकत्रित हुनु।
72540 मिल्नु ना. २. जोडिनु; गाँसिनु; टाँसिनु।
72541 मिल्नु ना. ३. भेट हुनु; भेटिनु।
72542 मिल्नु ना. ४. प्राप्त हुनु; पाउनु।
72543 मिल्नु ना. ५. बराबर हुनु; समान हुनु।
72544 मिल्नु ना. ६. ठिक हुनु।
72545 मिल्नु ना. ७. छ्यासमिस हुनु; गाभिनु; मिसिनु।
72546 मिल्नु ना. ८. वरबधूको चिन्हा-टिप्पनअनुसार ग्रहगति अनुकूल हुनु।
72547 मिल्नु ना. ९. मेल वा मिलाप हुनु; मित्रता हुनु।
72548 मिल ना. तेल वा विद्युत्शक्तिका सहायताले अन्न आदि पिँध्ने यन्त्र; कारखाना; घट्ट।
72549 मिलजुल ना. आपसको आत्मीयता तथा सहयोग; मेलजोल; मित्रता; मेलमिलाप; मिलेमतो।
72550 मिलन ना. १. सम्मिलित वा सम्मुख हुने काम; भेट; संयोग; मुलाका।