Dictionary

All Word

72401 मिठापानी ना. फलफूलको रसबाट तयार पारिएको ठन्डा पेय; एक प्रकारको सर्ब।
72402 मिठाई ना. गुलियो वा मिठो स्वादको रोटीविशेष; हलुवाई रोटी; मिष्टान्न।
72403 मिठास ना. मिठोपन; गुलियोपन; मधुरता; माधुर्य।
72404 मिठासे वि. स्वादे; जिबुल्के; मिठौरे; मिठोमिठो खान मन पराउने।
72405 मिठिनु अ.क्रि. १. अरूले मिठो खानेकुरा खाएको देखेर मुख रसाउनु।
72406 मिठिनु अ.क्रि. २. मिठो लाग्ने हुनु।
72407 मिठौरे वि. मिठो खान रुचाउने; स्वादे; मिठासे।
72408 मिठु ना. स्नेहले बोलाइने एक नाम।
72409 मिठे वि. मिठो हुने; मिठो।
72410 मिठे फापर ना. गुलियो स्वाद हुने एक जातको फापर।
72411 मिठो वि. १. मह, चिनी आदिको स्वादजस्तो; गुलियो; मधुर।
72412 मिठो वि. २. स्वादिलो; स्वादिष्ठ।
72413 मिठो वि. ३. मन पर्ने; प्रिय।
72414 मिठो वि. ४. राम्रो लाग्ने; रमाइलो |
72415 मिठो वि. ना. ५. गुलियो स्वाद।
72416 मिठो वि. ६. मनपर्दो स्वाद।
72417 मिठो वि. ७. स्वादिष्ठ खानेकुरो।
72418 मिठोमिठो ना. १. सामान्य प्रकारको खानेकुरो।
72419 मिठोमिठो ना. २. नमिठो बाहेकको खाना।
72420 मिठ्याइ ना. मिठिने भाव, क्रिया वा प्रक्रिया |
72421 मिठ्याइनु क.क्रि. मिठो वस्तु खाएर मुख मिठो पारिनु।
72422 मिठ्याउनु स.क्रि. १. मिठो वस्तु खाएर वा चाखेर मुख मिठो पार्नु।
72423 मिठ्याउनु स.क्रि. २. अरूले खाएको देखेर वा आफूले खान पाउने आशामा मिठो खाने कुराको अनुभव गर्नु; मिठो स्वाद सम्झेर जिभ्रो खेलाउनु।
72424 मिडिल वि. माध्यमिक (हाल निम्न माध्यमिक अर्थमा प्रचलित)।
72425 मिडिल स्कुल ना. निम्न माध्यमिक विद्यालय।
72426 मिडिया ना. माध्यम (सञ्चार क्षेत्रका)।
72427 मिडी ना. पिडौँलासम्म मात्र पुग्ने, घेरादार फुकेको फेर भएको, कम्मरपेटी जोडिएको र लम्बाइमै चोलीसमेत जडिएको, केटीहरूले लाउने कपडा।
72428 मित १ ना. कुनै दुई व्यक्तिका बिचमा विशेष औपचारिक विधिअनुसार पारस्परिक बन्धुभाव गाँसिएको हितैषी साथी मित्र।
72429 मित २ वि. १. थोरै; ठिक्क; अलिकति।
72430 मित २ वि. २. सीमाबद्ध; सीमित; परिमि।
72431 मित २ वि. ३. नापिएको; नाप लिइएको।
72432 मितछोरो ना. मितको छोरो।
72433 मितबुहारी ना. १. मितकी बुहारी; मितेनी - बुहारी।
72434 मितबुहारी ना. २. मितिनीकी बुहारी; मितिनीबुहारी |
72435 मितबोलाइ ना. मित लाउने वाचा वा बोली।
72436 मितभाषिता ना. मितभाषी हुनाको भाव |
72437 मितभाषी वि. कम बोल्ने; अल्पभाषी।
72438 मितलगाइ ना. विशेष विधिअनुसार मित लाउने काम।
72439 मितव्यय ना. आवश्यक काममा मात्रा पुऱ्याएर गरिने खर्च; कम खर्च; किफायत; फारु; फारो; बचाउ।
72440 मितव्ययिता ना. मितव्ययी हुनाको भाव; आवश्यक काममा मात्र खर्च गर्ने काम।
72441 मितव्ययी वि. कम खर्च गर्ने; चाहिनेभन्दा बढी खर्च नगर्ने; किफायती; कमखर्ची।
72442 मिता ना. १. मित्र; मि।
72443 मिता ना. २. सतारको आदरवाची शब्द |
72444 मितार्थ ना. छोटो चाहिँदो अर्थ; सीमित अर्।
72445 मितार्थक वि. मितार्थ भएको।
72446 मिताहार ना. १. परिमित तथा थोरै भोजन; स्वल्पाहार।
72447 मिताहार ना. वि. २. मिताहारी।
72448 मिताहारी वि. परिमित तथा थोरै भोजन गर्ने; स्वल्पाहारी।
72449 मिति ना. १. दिन तोक्नाका लागि लेखिने वा व्यवहार गरिने अवधि वा समय (साल, महिना, गते, वार आदि); तारिख।
72450 मिति ना. २. समयको सीमा वा हद; म्याद; आयु (जस्तो- मिति पुग्नु, मिति पुऱ्याउनु आदि)।