Dictionary

All Word

72251 मालिन्य ना. १. मलिन हुनाको भाव वा स्थिति; मलिनता; मैलोपन।
72252 मालिन्य ना. २. दुःख, कष्ट।
72253 मालिन्य ना. ३. कालिमा।
72254 मालिस ना. शरीरमा तेल, औषधी आदि मल्ने वा घस्ने काम; मर्दन; तेलारी।
72255 माली १ वि. १. माला लगाउने; माला पहिरने |
72256 माली १ वि. ना. २. बगैँचासम्बन्धी काम गरेर वा फूल बेचेर जीविका चलाउने जाति वा व्यक्ति; मालाकार।
72257 माली १ वि. ३. बागवान; बगैँचे।
72258 माली २ ना. १. मान्यजनका जिउमा घस्ने, चिल्लो हालिने काठको भाँडो; पौरो।
72259 माली २ ना. २. झालेमाले गाई।
72260 मालुम वि. १. थाहा भएको; ज्ञात; विदि।
72261 मालुम वि. २. प्रकट; स्पष्ट |
72262 माले १ वि. मालाकार बुट्टा भएको; टाटेपाङ्ग्रे; छिरबिरे; झालेमाले (बहर वा गोरु )।
72263 माले २ ना. मालदिभ्सको राजधानी।
72264 माले ३ ना. मार्क्सवादी-लेनिनवादीको सङ्क्षिप्त रूप; नेपालको एउटा वामपन्थी पार्टी।
72265 मालोपमा ना. साहित्यमा एक उपमेयलाई अनेक उपमानद्वारा वर्णन गरिने तथा प्रत्येक उपमानको भिन्नाभिन्नै धर्म हुने उपमा अलङ्कारको एक भेद।
72266 माल्का ना. चर्खाको चक्का र सुइरोमा फित्ताका रूपमा लगाइने मोटो धागो।
72267 माल्टा १ ना. भूमध्यसागरको एउटा टापु, रातो गुलियो र हुने मोसमका जातिको त्यस्तै फल तथा त्यसैको बोट।
72268 माल्टा २ ना. पाटन जिल्लाको दुर्गम र सुन्दर बस्ती।
72269 माल्य ना. १. माला; हार।
72270 माल्य ना. २. फूल।
72271 माल्यार्पण श्रद्धापूर्वक कुनै सम्मान्य पुरुष, प्रतिमा आदिमा माला चढाउने काम।
72272 मावल ना. मामाको घर; आमाको माइती; मावली।
72273 मावली ना. १. मामा र मामाका वंश।
72274 मावली ना. २. मामाको घर; मावल।
72275 मावली दाजु ना. मामाको आफूभन्दा जेठो छोरो।
72276 मावली बाजे ना. आमाको बाबु।
72277 मावली भाइ ना. मामाको आफूभन्दा कान्छो।
72278 माषपर्णी ना. वनमास।
72279 मास्नु स.क्रि. १. खर्च गर्नु; व्यय गर्नु; समाप्त पार्नु; सिद्ध्याउनु।
72280 मास्नु स.क्रि. २. ठुलो माल बिगारी सानो माल बनाउनु (जस्तो- फाली मासी करुवा / सियो)।
72281 मास्नु स.क्रि. ३. सटही गर्नु; भजाउनु; साट्नु।
72282 मास्नु स.क्रि. ४. दास बनाउनु; कमारो तुल्याउनु।
72283 मास्नु स.क्रि. ५. निर्मूल पार्नु; नाश गर्नु; मार्नु।
72284 मास १ ना. महिना; मैन्हा।
72285 मास २ ना. बाटुला किसिमका झुसिला पात हुने, पहेँला फूल फुल्ने र लामालामा कोसा फल्ने एक लहरो वा त्यसैका कोसाभित्रका दाल खाइने काला गेडा।
72286 मासगेडी ना. १. मासको नदलिएको सिङ्गो गेडा।
72287 मासगेडी ना. २. सोही गेडाजस्तो, अक्षरका दाहिनातर्फ दिइने सानो थोप्लो; ङ अक्षर चिनाउने शब्द; नाकाथोप्ली।
72288 मास छर्न जानु टु. मर्नु।
72289 मासतमास ना. सुस्तामा महिनाभरको काम वा विवरण; महिनाको अन्।
72290 मासमुसुरो ना. १. फलाहारमा नआउने तथा बर्त बस्दा खान नहुने दलहन; अन्न।
72291 मासमुसुरो ना. २. मास र मुसुरो।
72292 मासलहरी ना. लाम्चा पात हुने, साना हरिया फूल फुल्ने एक प्रकारको भुईंकार।
72293 मासा १ ना. आठ रत्तीको तौल वा परिमाण।
72294 मासा २ ना. मासको; महिने (जस्तो- चौमासा; बाह्रमासा)।
72295 मासान्त ना. मासको अन्तिम दिन; मसान्।
72296 मासिनु अ.क्रि. १. खर्च हुनु; सकिनु।
72297 मासिनु अ.क्रि. २. नष्ट हुनु।
72298 मासिनु अ.क्रि. ३. कम हुनु; घट्नु।
72299 मासिनु अ.क्रि. ४. जातिच्युत हुनु ( ऐति )।
72300 मासिनु अ.क्रि. क.क्रि. ५. खर्च गरिनु; नासिनु।