Dictionary

All Word

72201 मालदाम्लो ना. दाइँ गर्दा सबै गोरुलाई मियाको एउटै फेरोमा बाँध्नका निम्ति प्रयोग गरिने दाम्लो वा नारा।
72202 मालदार ना. १. धनवान्; धनी; महाजन।
72203 मालदार ना. वि. २. लुर्कन भएको (खसी, बोका आदि)।
72204 मालदार ना. ३. भनेजस्तो; काइदामाफिकको।
72205 मालदिभ्स/मालद्वीप ना. १. हिन्दमहासागरमा रहेको टापुदेश।
72206 मालदिभ्स/मालद्वीप ना. २. सार्क देशहरूमध्ये सबैभन्दा सानो देश।
72207 मालधनी ना. मालको स्वामी र हकदार; मालिक।
72208 मालनेटा ना. १. सल्यान जिल्लाको एक प्रसिद्ध बजारको नाम।
72209 मालनेटा ना. २. अदुवाका लागि प्रसिद्ध सोही ठाउँ।
72210 मालपुवा ना. गुलियो पदार्थ र मसलाहरू हाली घिउमा पकाइएको, गहुँको थेप्चो बाटुलो आकारको रोटीविशेष।
72211 मालपोत ना. सरकारमा बुझाइने जग्गा जमिनको तिरो; भूमिकर; मालगुजारी।
72212 मालपोत मिनाहा ना. मालपोतको छुट।
72213 मालबाँस ना. एक जातको बाँस।
72214 मालभूमि ना. १. पहाड वा पर्वतको फेदीको जमिन; बेँसी।
72215 मालभूमि ना. २. टार; सम्म जग्गा।
72216 मालभोग ना. १. असल जातको केरा।
72217 मालभोग ना. २. एक जातको गाढा पहेँलो धान वा त्यसको चामल।
72218 मालमदेस ना. खेतखेतै भएको मदेस।
72219 मालमदेस ना. (उदा.- हो हो बरदा, मालमदेसको सह ल्याऊ - दाइँगीत)।
72220 मालसिरी ना. हे. मालश्री।
72221 मालश्री ना. १. सङ्गीतशास्त्रका अनुसार सायङ्कालमा गाइने रागिनीको एक प्रकार।
72222 मालश्री ना. २. सोही रागमा रचिएको गीत; मालसिरी।
72223 मालश्री ना. ३. दसैँमा बिहानबेलुकी गाइने दुर्गादेवीको स्तुति भएको गी।
72224 मालसामान ना. मालमत्ता; मालताल; सरसामान।
72225 माला ना. १. फूल, दुबो आदि एउटै सूत्रमा उनेर लाउन वा चढाउन तयार पारिने वस्तु; सुवर्ण वा चाँदीको सूत्रमा जोडेर मणिमाणिक्य आदि जडी बनाइएको हार।
72226 माला ना. २. लहर; ताँती; पङ्क्ति; सिलसिला (पर्वतमाला, ग्रन्थमाला आदि)।
72227 माला ना. ३. समूह; समुच्चय।
72228 मालाकार ना. १. माली |
72229 मालाकार ना. वि. २. मालाका आकारको।
72230 मालादीपक ना. साहित्यशास्त्रका अनुसार पहिले भनिएका कुरा पछिपछि क्रमशः उत्कर्षका कारण हुँदै जाने दीपक अलङ्कारको एक भेद |
72231 मालामाल वि. १. प्रायः अकस्मात् भएको धनी; धनधान्यले परिपूर्ण; साह्रै धनी; सम्पन्न।
72232 मालामाल वि. क्रि.वि. २. प्रशस्त धनसम्पत्ति कमाएर वा माल जोरेर।
72233 मालिक ना. १. माल वा सम्पत्तिको स्वामी वा अधिकारी; मालधनी; धनी।
72234 मालिक ना. २. पति; खसम; लोग्ने।
72235 मालिक ना. ३. ईश्वर; ईश; अधिपति।
72236 मालिक ना. ४. अन्नदाता।
72237 मालिका ना. १. सानो खालको माला।
72238 मालिका ना. २. पङ्क्ति; लहर।
72239 मालिका ना. ३. कण्ठहार।
72240 मालिका ना. ४. एक प्रकारको चमेलीफूल।
72241 मालिका ना. ५. देवी; भगवती।
72242 मालिक्नी ना. १. मालिककी पत्नी।
72243 मालिक्नी ना. २. स्त्री मालिक।
72244 मालिक्याइँ ना. मालिक हुनाको भाव वा अवस्था; मालिकको अधिकार; स्वामित्व; स्वामिता; प्रभुत्व; प्रभुता।
72245 मालिङ्गो ना. लेकमा हुने; औँलाभन्दा केही ठुलो गोलाइ भएको, मेच, कुर्सी, मान्द्रा, भकारी आदि बुन्ने काममा प्रयोग गरिने बलियो खालको निगालो।
72246 मालिनी ना. १. दुई नगण, एक मगण र दुई यगण मिली बन्ने सातआठ अक्षरमा यति हुने, पन्ध्र अक्षरको चरण भएको एक वार्णिक छन्द।
72247 मालिनी ना. २. चम्पानगरीको नाम।
72248 मालिनी ना. ३. स्वर्गङ्गा।
72249 मालिनी ना. ४. दुर्गा।
72250 मालिनी ना. ५. माली जातकी स्त्री; मालीकी पत्नी।