Dictionary

All Word

72051 मायालु वि. माया पोखिने (पात्र); प्रेमी; प्रेमिका।
72052 मायालु ज्यान ना. एक जिउको प्रेमी; दिलेरी प्रिय।
72053 मायावाद ना. ब्रह्मलाई सत्य र अरू वस्तुलाई असत्य मान्ने पूर्वीय दर्शनको एक सिद्धान्त; अद्वैतवाद।
72054 मायावादी वि. मायावादको अनुयायी; वेदान्ती; अद्वैतवादी।
72055 मायाविनी वि. छलकपट गर्ने; मायावी (स्त्री)।
72056 मायावी वि. १. मायाका रूपमा रहने वा हुने; मायासम्बन्धी।
72057 मायावी वि. २. ठुलो कपटी वा धोकेबाज।
72058 मायावी वि. ३. अवास्तविक; भ्रामक।
72059 मायावी वि. ४. इन्द्रजाली; जादुगरी।
72060 मायावी वि. ५. चतुर; धुर्।
72061 मायावी वि. ना. ६. परमात्मा।
72062 मायिक वि. १. मायाद्वारा बनेको वा भएको; मायासम्बन्धी।
72063 मायिक वि. २. अवास्तविक भएर पनि वास्तविक जस्तै देखिने; जादुगरीका छाँटको।
72064 मायिक वि. ३. मायावी।
72065 मायी वि. १. माया गर्ने वा माया देखाउने; मायावी।
72066 मायी वि. ना. २. जादुगर; चटकी।
72067 मार १ ना. १. मार्ने काम; हत्या; वध।
72068 मार १ ना. २. आघात; चोट; प्रहार।
72069 मार १ ना. ३. हप्की; खप्की।
72070 मार १ ना. ४. पर्याप्तता; आधिक्य।
72071 मार १ ना. ५. कामको भिड वा चटारो (मारामार)।
72072 मार २ ना. १. कामदेव।
72073 मार २ ना. २. विष; बिख।
72074 मार २ ना. ३. बाधा; विघ्न।
72075 मारक वि. १. हत्या गर्ने; मार्ने; विनाशकर्ता।
72076 मारक वि. ना. २. कुनै घातक रोग; महामारी।
72077 मारक वि. ३. कामदेव।
72078 मारक वि. ४. बाज चरो।
72079 मारक दशा ना. जन्मकुण्डलीको द्वितीय, सप्तम र अष्टम स्थानका स्वामीको दशा भएको अवस्था; मारकेश-दशा।
72080 मारकाट ना. १. एकले अर्कालाई मार्ने र काट्ने काम; काटमार; काटामार।
72081 मारकाट ना. २. भयङ्करको झगडा वा युद्ध।
72082 मारकिन ना. १. एक प्रकारको छिपुवा जनाना धोती।
72083 मारकिन ना. २. खैरोखैरो सेतो रङको एक जातको बाक्लो सुती कपडा।
72084 मारकेश ना. लग्नकुण्डलीमा द्वितीय, सप्तम र अष्टम स्थानका स्वामी ग्रह |
72085 मारकेश दशा ना. मारक - दशा।
72086 मारङ्गी ना. हिमाली भेकतिर उम्रने, जरो तेलमा हाल्दा तेलै रातो हुने एक बुटी।
72087 मारण ना. १. मार्ने वा ज्यान लिने काम; हत्या; वध; विनाश।
72088 मारण ना. २. शत्रुलाई विनाश गर्न प्रयोग गरिने जादुटुनाको प्रयोग।
72089 मारण ना. ३. धातु आदिलाई भस्म पार्ने काम।
72090 मारताल ना. जुवाखेलमा मार्ने वा जित्ने दाउ लागिरहेको अवस्था।
72091 मारपिट ना. पिटापिट; झगडा; मारकाट; मारामार।
72092 मारमुङ्ग्री ना. १. पिटाइ; ठोकाइ; दनक।
72093 मारमुङ्ग्री ना. २. मारामार; मारपिट; मारकाट।
72094 मारवाडी ना. १. भारतको मारवाड अर्थात् वर्तमान राजस्थानको निवासी; तिनैको वर्ग वा जाति तथा बोली।
72095 मारवाडी ना. २. स्वास्नीमानिसले कानका लोतीमा लाउने मुन्द्राजस्तो बाटुलो र केही मोटो गहना।
72096 मारा ना. १. नामशब्दको पछिल्तिर जोडिएर मार्ने, खतम गर्ने आदि अर्थ बुझाउने शब्द (जस्तो- ज्यानमारा, वनमारा, भाइमारा, बगलीमारा इ.)।
72097 मारा ना. २. जुवा आदि खेलमा जितको भाव दर्साउन प्रयोग गरिने शब्द ; मारा |
72098 मारामार ना. १. आपसमा पिटापिट गर्ने काम; मारपिट।
72099 मारामार ना. २. मानिसहरूको अटाइनसक्नु घुइँचो; ठुलो भिड।
72100 मारामार ना. ३. कामकाजको चेपाचेप।