Dictionary

All Word

72001 मापाको वि. कडा मिजासको; रिसाहा; जङ्गी।
72002 माफ वि. १. माफी वा क्षमा दिइएको।
72003 माफ वि. ना. २. दोषी वा अपराधीलाई दिइने सजायको छुट; क्षमा।
72004 माफ वि. ३. लिनुपर्ने रकम छोड्ने काम; मिनाहा; छूट।
72005 माफा ना. गाउँघरतिर प्रचतिल पाल्कीजस्तो एक प्रकारको सवारी साधन।
72006 माफिक ना.यो. १. बमोजिम मुताबिक, अनुसार।
72007 माफिक ना.यो. क्रि.वि. २. निर्धारित स्थिति, परिमाण, गति आदिमा; मर्यादामुताबिक।
72008 माफिक ना.यो. वि. ३. विरुद्ध नभएको; अनुकूल; उपयुक्।
72009 माफिया ना. कानुन, राज्यव्यवस्थालाई हाँक दिने ठुलठुला अपराध कार्यमा संलग्न छद्म अपराधीसमूह।
72010 माफी ना. १. दण्डसजाय आदिबाट मुक्ति दिने काम; क्षमा; माफ।
72011 माफी ना. २. मिनाहा; मुक्ति।
72012 माफी ना. वि. ३. रकमकलम वा तिरोभरो केही नलाग्ने; मिनाहा हुने |
72013 माफी छाप ना. माफीबिर्ता।
72014 माफी बिर्ता ना. तिरोभरो गर्नु नपर्ने गरी दिइएको बिर्ता।
72015 माम ना. भा।
72016 मामकी ना. बौद्ध धर्मअनुसार पञ्चतारामध्ये एक; रत्नसम्भवकी पत्नी र रत्नपाणिकी आमा।
72017 मामलो ना. हे. मामिला।
72018 मामा ना. १. आमाका दाजु वा भाइ।
72019 मामा ना. २. प्रहरी (लाक्षणिक अर्थमा)।
72020 मामा घर ना. जेल।
72021 मामा चेलो ना. मामाको छोरो।
72022 मामिला ना. १. परस्परमा हुने कुनै काम वा व्यवहार; कामकारबाई; मामलो।
72023 मामिला ना. २. फैझगडा; मामला; मुद्दा |
72024 मामिला निक्सारी ना. राणाकालमा प्रधानमन्त्रीले मुद्दा सुनी निकासा दिने अड्डा; कम्यान्डर-इन- चिफको दलानमा रहने अड्डा।
72025 मामुली वि. १. सामान्य साधारण।
72026 मामुली वि. २. निम्न तहको; नगण्य; महत्त्वहीन |
72027 माम्री ना. भाँडामा डढेर खरो भएको भात, ढिंडो आदिको चाम्रो पाप्रो।
72028 माया ना. १. मोहवश कसैका प्रति हुने हार्दिकतायुक्त अनुराग, प्रेम वा स्नेहको भाव; प्यार; प्रीति; ममता; ममत्व।
72029 माया ना. २. कुनै प्रकारको भ्रमपूर्ण, अवास्तविक तथा मिथ्या धारणा वा आभास; धोका; छल; कपट।
72030 माया ना. ३. कुनै छलपूर्ण काम वा कुरा (जादु-टुना, इन्द्रजाल, चटक आदि)।
72031 माया ना. ४. वेदान्तका अनुसार सम्पूर्ण सृष्टि र प्रपञ्चको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति; लीला।
72032 माया ना. ५. अविद्या; अज्ञान।
72033 माया ना. ६. जीवनलाई बन्धनमा राख्ने मोहरूपी शक्ति।
72034 माया ना. ७. धन; सम्पत्ति; दौल।
72035 माया ना. ८. कूटनीति; दाउपेच |
72036 माया ना. ९. लक्ष्मी; दुर्गा।
72037 मायाजाल ना. १. मायारूपी जालो; मोहको बन्धन।
72038 मायाजाल ना. २. गृहस्थीको जन्जाल।
72039 मायादेवी ना. बुद्धकी माताको नाम।
72040 मायापाश ना. मायाजाल।
72041 मायापिर्ती/प्रीती ना. परस्परको अनुरागमय आकर्षण वा सम्बन्ध; माया र प्रेम।
72042 मायापुरी ना. मोक्षदायिनी सात पुरीमध्ये एक; हरिद्वार।
72043 मायामारी क्रि.वि. १. माया मारेर।
72044 मायामारी क्रि.वि. ना. २. माया मार्ने स्वभाव वा चाल।
72045 मायामोह ना. १. माया तथा मोह।
72046 मायामोह ना. २. स्नेह; प्रेम।
72047 मायामोह ना. ३. ईश्वरीय मायाबाट पैदा भएको मानिने सांसारिक वस्तुप्रतिको आसक्ति।
72048 मायामोह ना. ४. असुरहरूको अन्त गर्नका लागि विष्णुका शरीरबाट पैदा भएको पुरुष।
72049 मायायुद्ध ना. धोकापूर्ण युद्ध; छलपूर्वक गरिएको लडाइँ; इन्द्रजालपूर्ण युद्ध।
72050 मायालाग्दो वि. माया लाग्ने खालको; मायालु।